थारु भाषाको चलचित्र ‘बिरा’ को छायाङ्कन सुरु

थारु भाषाको चलचित्र ‘बिरा’को छायाङ्कन मंगलबारदेखि सुरु भएको छ। कञ्चनपुरबाट बिराको छायाङ्कन सुरु भएको निर्माण टोलीले जनाएको छ।

पहिलो दिन कृष्णपुर नगरपालिका-६ को सिङ्पुरमा छायाङ्कन गरिएको चलचित्रका निर्देशक सुधराम दहितले जानकारी दिए । उनका अनुसार थारु समुदायका मौलिक संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले हमार म्युजिक बगियाको ब्यानरमा सो चलचित्र निर्माण गरिँदैछ।

चलचित्रमा वीर चौधरी, समु चौधरी, देवदास चौधरी, मोनिका चौधरी, विनय वैद्यको मुख्य भूमिका रहेको छ। थारु कलाकार मञ्चका अध्यक्षसमेत रहेका विनय भिलेनको भूमिका देखिने निर्देशक दहितले जानकारी दिए।

त्यसैगरी, फेरु चौधरी, आयशा चौधरी र सत्य नारायण ‘फेटारा’ को हाँस्य अभिनय रहने बताइएको छ। चलचित्रको कथा सुवेश कठरियाले लेखेका छन्। उनले लेखेको थारु भाषाका थुप्रै गीतहरु अत्यधिक रुचाइएका छन्।

यो चलचित्रको छायाङ्कन कैलाली, कञ्चनपुर र बर्दियामा गरिने निर्देशक दहितले जानकारी दिए। आउँदो नयाँ वर्षसम्म छायाङ्कनको काम सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए। प्रेम कहानीमा आधारित रहेको चलचित्रमा कमेडीको पनि मजा लिन पाइने जनाइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *