एसपी शारदा प्रसाद चौधरी मानव बेचबिखन अनुसन्धान ब्युरोमा सरुवा

नेपाल प्रहरीका ३० जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ। प्रहरी महानिरीक्षकको निर्णय अनुसार भएको सरुवामा केही जिल्लाका प्रहरी प्रमुख पनि फेरिएका छन्।

सरुवा सूचीअनुसार शारदा प्रसाद चौधरी प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन अनुसन्धान ब्युरोमा सरुवा भएका छन्। यसअघि उनी बागलुङ जिल्ला प्रहरी कार्यालयमा रहेका थिए।

त्यस्तै बारामा दिपेन्द्र शाही, धनुषामा प्रकाश रानाभाट, पर्सामा बेलबहादुर पाण्डे, काभ्रेमा भुपेन्द्रबहादुर खत्री, धादिङमा महेन्द्र खड्का, बाग्लुङमा लोकेन्द्र श्रेष्ठ, रौतहटमा सिद्धिविक्रम शाह र मकवानपुरमा सोमेन्द्रसिंह राठौर गएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *