थाकसको विस्तारित बैठक अमलटारीमा चल्दै, आन्दोलनको लागि साझा रणनीति तय गर्ने

थारु कल्याणकारिणी सभाको दुई दिने विस्तारित बैठक नवलपरासीको अमलटारीमा सुरु भएको छ। थाकस केन्द्रीय समिति र थरुहट थारुवान संयुक्त संघर्ष समितिको आयोजना रहेको बैठकमा थारुहरुका विभिन्‍न संघसंस्थाका पदाधिकारीहरुलाई समेत बोलाइएको छ।

बैठकमा थरुहट थारुवान राष्ट्रिय मोर्चाका पदाधिकारीहरुलाई समेत डाकिएको बताइएको छ। यसअघि थरुहट थारुवान संयुक्त संघर्ष समिति र थरुहट थारुवान राष्ट्रिय मोर्चाबीच नेतृत्वको सबालमा टसल हुँदै आएको थियो।

बैठकमा थारुहरुको माग मुद्दा सम्बन्धमा छलफल चलिरहेको थाकस महामन्त्री प्रेमीलाल चौधरीले जानकारी गराए। उनका अनुसार अगामी दिनमा थारुका माग मुद्दालाई कसरी अगाडि लैजाने र यसअघि सहमति भएका माग मुद्दालाई कसरी कार्यन्वय गराउने भन्ने विषयमा केन्द्रीत रहेर छलफल भइरहेको छ।

बैठकमा थाकसका केन्द्रीय अध्यक्ष धनिराम चौधरी भने अनुपस्थित रहेका छन्। उपाध्यक्ष कन्नुलाल चौधरीको अध्यक्षतामा बैठक भोलि आइतरबारसम्म चल्नेछ। बैठकले एउटा साझा धारणा बनाएर घोषणा पत्र जारी गरिने आयोजकले बताएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *