थारू समाचार

गच्छदार जितेर गए पनि संसद छिर्न पाउँदैनन् : केपी ओली

मंसिर ४ गते हुन लागेको निर्वाचनमा सुनसरी क्षेत्र नं.३ मा काँग्रेसका नेता बिजयकुमार गच्छदार सातौंपटक चुनावी प्रतिस्पर्धामा छन्। गच्छदारसँग चुनावी प्रतिस्पर्धामा सक्रिय रहँदा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तिखो कटाक्ष गर्दै बिजयलाई चुनाव जिताएर पठाएपनि कुनै अर्थ नहुने बताए।

थारुवान संबाददाता

सञ्चारकर्मी लक्ष्मी चौधरी यतिबेला सञ्चारकर्म छाडेर सुनसरीमा चुनाव प्रचारमा व्यस्त छिन् । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले उनलाई प्रदेश १ को सुनसरी ३ को ख बाट समानुपातिक तर्फ उम्मेदबार बनाएपछि उनी आजभोलि सुनसरीका गाउँटोलमा हातमा पर्चा बाेकेर मतदातासँग मत मागिरहेकी अवस्थामा भेटिन्छन् ।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवं कैलाली क्षेत्र नं १ की प्रतिनिधिसभा उम्मेदवार रञ्जित श्रेष्ठ चौधरीमाथि ढुंगामुढा भएको छ। आइतबार राति पार्टी टीकापुरस्थित पार्टी केन्द्रीय कार्यालयमा सुतिरहेको अवस्थामा अध्यक्ष चौधरीमाथि ढुंगामुढा भएको हो।

थारुवान संबाददाता

मधेस प्रदेश लोक सेवा आयोगले कानुनविपरित पदपूर्ति आह्वान गरेको छ। मधेस प्रदेश लोक सेवा आयोगले अप्राविधकर्तफ अधिकृत सातौं तहमा २३ जना र अप्राविधिकतर्फ अधिकृत सातौं तह, स्वास्थ्य सेवाअन्तर्गत अधिकृत सतौं तह र आठौं तह गरी कूल ५४ जनाका लागि पदपूर्ति आह्वान गरेको छ।

थारुवान संबाददाता

थारू आयोगले थारू समुदायका व्यक्ति तथा संस्थालाई सम्मान गर्ने भएको छ। आयोगले थारू रत्न, थारू गौरव र सम्मान तथा प्रोत्साहन पुरस्कार गरी तीन विधामा पुरस्कार प्रदान गर्ने जनाएको छ।

थारुवान संबाददाता

काठमाडौं-१ ‘क’ का नेपालका लागि नेपाली पार्टीकी प्रदेशसभा सदस्य उम्मेदवार शान्ति चौधरीले घोषणापत्र सार्वजनिक गरेकी छन्। नेपालका लागि नेपाली पार्टीले ठूला भ्रष्टाचारी र जघन्य अपराध गर्नेलाई मृत्युदण्डको व्यवस्था गर्ने, भ्रष्टाचारीहरुको जनताद्धारा गठित नागरिक आयोगबाट छानबिन गर्ने,

थारुवान संबाददाता

समाजसेवी कृष्णलाल चौधरीको संयोजकत्वमा १५१ सदस्यीय खिचरा महोत्सव मूल आयोजक समिति गठन गरिएको छ। आज बसेको बृहत बैठकबाट उक्त निर्णय गरिएको हो। महोत्सव २०७९ पुस २९ देखि माघ ९ गतेसम्म गर्ने निर्णय यसअघि नै गरिएको आयोजक संस्था थारु कल्याणकारिणी सभा चितवन

थारुवान संबाददाता

संघीय सहरी विकासमन्त्री मेटमणि चौधरीलाई आवश्यक कारबाही गर्न मधेसी आयोगले निर्वाचन आयोगलाई पत्राचार गरेको छ। मन्त्री चौधरीले एक टेलिभिजनबाट प्रसारित कार्यक्रममा मधेसी समुदायप्रति अपमानपूर्ण र जातीय विभेदमा केन्द्रित भाषण गरेको मधेशी आयोगको आरोप छ।

थारुवान संबाददाता

बिहानको ७ बज्दै थियो। मोरङको कटहरी-४ स्थित मुस्लिम बस्तीमा एउटा गाडी घ्याच्च रोकियो। मे१च ६८६८ नम्बरको सेतो स्कारपियोबाट क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अमनलाल मोदीसहित केही कार्यकर्ताहरू ओर्लिए।

राकेश कर्ण

नागरिक उन्मुक्ति पार्टीले समानुपातिक बन्दसूचीमा रहेका पाँच जना उम्मेदवारलाई कारबाही गर्ने भएको छ। पार्टीको विधि, पद्धति मिचेर अनधिकृत क्रियाकलाप गरेको भन्दै संघ र प्रदेशसभातर्फका पाँच जना उम्मेदवारलाई कारबाही गर्ने भएको हो।

थारूवान संबाददाता
1 85 86 87 88 89 171