थारू समाचार
समानुपातिकतर्फ थारू नेतालाई बाइपास गर्दै ठूला दल
मंसिर ४ गते सम्पन्न निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएको छ। मतगणना सकिएसँगै निर्वाचन आयोगले ३ प्रतिशत थ्रेसहोल्ड कटाएर सात दलका लागि सिट बाँडफाँड गर्ने तयारी गरेको छ। प्रतिनिधिसभातर्फ रहेको ११० र प्रदेशसभातर्फ रहेको २२० सिटको बाँडफाँड केही दिनमा सकिने निर्वाचन आयोगले जनाएको छ।
थारुवान संबाददातानागरिक उन्मुक्ति पार्टीले मंसिर ४ गते सम्पन्न निर्वाचनमा चार सिट (एक स्वतन्त्र)सहित संघीय संसद्मा प्रवेश गर्दैछ। यो पार्टीले प्रदेशसभातर्फ ७ सिट जितेको छ। सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र मधेस प्रदेशमा यो पार्टीले थ्रेस होल्डसमेत कटाएको छ। निर्वाचन परिणामपछि विकसित राजनीतिक घटनाक्रम र सरकार गठनलगायत विषयमा पार्टीका संरक्षक रेशम चौधरीसँग...
थारुवान संबाददातासमानुपातिकतर्फको मतगणना आज सकिँदैछ। निर्वाचन आयोगले त्यसलगत्तै थ्रेस होल्ड कटाएका सात वटा दललाई सिट बाँडफाँड गर्ने भएको छ। मतपरिणामअनुसार एमालेबाट आश्मा कुमारी चौधरी, शान्ति चौधरी र लक्ष्मीदेवी दगोराको निर्वाचित हुने सम्भावना छ भने कांग्रेसबाट कल्पना चौधरी, विनाकुमारी थनेतको निर्वाचित हुने सम्भावना छ।
थारुवान संबाददाताएमाले नेतृ शान्ता चौधरी र पूर्वसांसद गंगा चौधरीबीच फेसबुकमा ‘वार’ परेको छ। गंगाले तुल्सीपुरका पूर्व नगरप्रमुख टीकाराम खड्कालाई फेसबुकमा जन्मिदनको शुभकामना दिएकी छन्। सोही पोस्टमा शान्ताले एमाले सिध्याउने खेलमा लागेकालाई एमाले नेताको माया लागेजस्ताो देखाउनुपर्ने रहेछ भन्दै कमेन्ट गरेकी छन्।
थारुवान संबाददातासप्तरीको सुरुङ्गा नगरपालिका आज मधेस प्रदेश र सप्तरीकै पहिलो बालविवाहमुक्त नगरपालिका घोषणा भएको छ। मधेस प्रदेशसमा बालविवाहविरुद्धको अभियान प्रभावकारी हुन नसकिरहेको परिप्रेक्ष्यमा सुरुङ्गा नगरपालिकाको सबै वडाले बालविवाहमुक्त वडा घोषणाको सूचक पूरा गरेसँगै बालविवाहमुक्त नगर घोषणा गरिएको हो।
थारुवान संबाददाता
रेशम रन्जितालाई खुला पत्र