थारू समाचार

सांसद अरुण चौधरीलाई पक्राउ गरेपछि नागरिक उन्मुक्तिले भन्यो- सुदूरपश्चिममा विश्वासको मत दिने वातावरण छैन

कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई प्रदेशसभाबाट विश्वासको मत लिन सकस भएको छ। सत्ता गठबन्धनमा निर्णायक शक्तिको रूपमा देखिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिन नसकिने धारणा सार्वजनिक गरेपछि मुख्यमन्त्री रावललाई विश्वासको मत लिन सकस देखिएको हो।

थारुवान संबाददाता

पूर्वन्यायाधीश गिरिशचन्द्र लालले टीकापुर घटना अर्कै समूहको प्रवेशबाट भएको खुलासा गरेका छन्। कान्तिपुर टिभीसँग कुराकानी गर्दै लाल आयोगका संयोजकसमेत रहेका उनले अर्कै समूहले टीकापुर घटना घटाएको बताए। उनले आन्दोलनकारीबाट मारिएका दुई वर्षीय बालकको मृत्यु प्रहरीको गोलीबाट भएको बताए।

थारुवान संबाददाता

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले टीकापुर घटनामा पक्राउ परी जेल सजाय भोगिरहेका थारूहरूलाई जेलमुक्त गराएरै छाड्ने बताएका छन्। उनले रेशम चौधरीसहित थारूहरूलाई रिहाइ गरिछाड्ने बताए।

थारुवान संबाददाता

थारू कल्याणकारिणी सभा दक्षिण कोरियाले ब्रेन ह्यम्रेज भई उपचाररत अधिकारकर्मी सुशील चौधरीलाई आर्थिक सहयोग गरेको छ। थाकस दक्षिण कोरियाले चौधरीलाई ६४ हजार ९८८ रुपैयाँ सहयोग गरेको छ। थारू राष्ट्रिय साहित्य सम्मेलनमा थाकस दक्षिण कोरियाको तर्फबाट नेपालमा रहेका राजु चौधरीले उक्त रकम शेखर दहितलाई हस्तान्तरण गरेका थिए।

थारुवान संबाददाता

बाँकेको राप्ती सोनारी गाउँपालिकामा थारु राष्ट्रिय साहित्य सम्मेलन सुरु भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले भाषा संस्कृतिको जगेर्ना गर्न साहित्य सम्मेलनले ठूलो भूमिका खेल्ने बताए। मन्त्री मोदीले सरकारले सबै जातजातिको भाषा र संस्कृति संरक्षणमा चासो दिएको उल्लेख गरे।

थारुवान संबाददाता

एमाले नेता एवं मधेस प्रदेश सांसद राजकुमार लेखी मन्त्री बनेका छन्। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गर्दै शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन्। जसमा लेखी कानुन न्याया तथा प्रदेश मामिला मन्त्री बनेका छन्।

थारुवान संबाददाता

१३ वर्ष पुरानो आगजनीको घटनामा ६ महिना कैद सजाय सुनाइएका कैलाली-२ का सांसद अरुणकुमार चौधरी जेल चलान भएका छन्। बिहीबार बाँकेमा पक्राउ परेका उनलाई प्रहरीले शुक्रबार बिहानै जिल्ला अदालत कैलालीमा पेस गरेको थियो। अदालतबाट कैदी पूर्जी बुझेर चौधरी कारागार चलान भएका छन्।

थारुवान संबाददाता

प्रहरीले बिहीबार पक्राउ गरेको प्रतिनिधिसभा सदस्य अरुण चौधरीको मुद्दा १० वर्ष पहिले नै फिर्ता लिने सहमति भइसकेको थियो। २०६९ जेठ १० गते नेपाल सरकारको वार्ता टोली र तत्कालीन थरुहट संघर्ष समितिबीच शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा भएको सहमतिमा आन्दोलनमा क्रममा लगाइएका सबै मुद्दा फिर्ता लिने सहमति भएको थियो।

थारुवान संबाददाता

बाँकेबाट बिहीबार दिउँसो पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई काठमाडौंबाट धनगढी लगिँदैछ। कैलाली प्रतिनिधि सभा क्षेत्र नं. २ बाट निर्वाचित सांसद चौधरीलाई २०६६ सालमा ट्याक्टरमा आगजनी गरेको घटनामा अदालतबाट दोषी ठहर गर्दै दिएको सजाय भुक्तानका लागि पक्राउ गरिएको थियो।

थारुवान संबाददाता

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीले आफ्ना सांसद अरुण चौधरीको रिहाइ माग गर्दै सरकारलाई २४ घन्टे अल्टिमेटम दिएको छ। पार्टी प्रवक्ता दामोदर पण्डितले प्रेस विज्ञप्ति जारी गर्दै पक्राउको भर्त्सना गरेका छन्। थरुहट आन्दोलनकारी र सरकारबीच ३ भदौ २०६६ मा सबै प्रकारका मुद्दा खारेज गर्ने सम्झौता भएको स्मरण गराउँदै नागरिक उन्मुक्तिले...

थारुवान संबाददाता
1 63 64 65 66 67 171