थारू समाचार

थारू हस्तकला सामग्रीको व्यावसायिक उत्पादन

परम्परागत सीपको प्रयोग गरी थारू समुदायले हस्तकलाका आकर्षक सामग्री बनाउँदै आएका छन्। दैनिक जीवनमा प्रयोग हुने हस्तकलाका सामग्रीलाई घरायसी प्रयोजनका लागि मात्रै सीमित राखिने गरिएको छ।

थारुवान संबाददाता

कैलालीको दक्षिणपूर्वी क्षेत्र जोशीपुर गाउँपालिका-७ मा गए राति से१च ८८७० नंको ट्रलीसहितको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी अन्य २६ घाइते भएका छन्।

थारुवान संबाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री दाहालले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा एक सय ७२ मत खसेको हो। मतदानमा दुई सय ६२ सांसद उपस्थित थिए।

थारुवान संबाददाता

चितवनको माडीमा रहेको माडी क्याम्पसको स्ववियू सभापतिमा एमाले निकटको अनेरास्ववियुका नेता राकेश चौधरी विजयी भएका छन्। आइतबार भएको मतदानमा चौधरीले नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, राप्रपाको विद्यार्थी संगठन र एकीकृत समाजवादीको अनेरास्ववियूसहितको गठवन्धनलाई १३ मतले पराजित गरेका हुन्।

थारुवान संबाददाता

जापानी नागरिक डा. युका नाकामुराले थारू समुदायमा लाग्ने सिकलसेल एनिमिया रोगको अध्ययन गर्न सुरु गरेकी छन्। दाङ तुलसीपुरमै मधुमेह रोगका बारेमा ‘शोधपत्र’ गरेर विद्यावारिधि पूरा गरेकी उनले सिकलसेलका बारेमा अनुसन्धान गर्न सुरु गरेकी हुन्।

थारुवान संबाददाता

बर्दियाको भुरीगाउँमा प्रथम अन्तर्राष्ट्रिय थारू सम्मेलन आजदेखि सुरु भएको छ। थारू अन्तर्राष्ट्रिय महासभाद्वारा आयोजित सम्मेलनमा नेपाल र भारतका थारू अगुवा, नेता तथा बुद्धिजीबीहरूको सहभागिता रहेको छ।

टिकाराम चौधरी

आठ दलीय गठबन्धनसँग नागरिक उन्मुक्ति पार्टीले प्रदेशहरूमा पावर सेयरिङ गर्नुपर्ने शर्त राखेको छ। पार्टीका संरक्षक रेशम चौधरीले सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्तिलेसमेत नेतृत्व गर्नुपर्ने शर्त राखेका छन्। वर्तमान नेतृत्वको सरकारमा दुई मन्त्रीसहित एक राज्यमन्त्री बनाउनुपर्ने उनको माग छ।

थारुवान संबाददाता

आठ दलीय गठबन्धनसँग नागरिक उन्मुक्ति पार्टीले उपप्रधानमन्त्रीसहित एक राज्यमन्त्री माग गरेको छ। राष्ट्रपतिका उम्मेदवारसमेत रहेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसहितका नेताहरूसँग नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीले पत्नी रञ्जिता श्रेष्ठलाई उपप्रधान एवं सहरी विकास मन्त्रालय दिनुपर्ने माग गरेका छन्।

थारुवान संबाददाता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भूराजनीतिक तनाव अन्त्यका लागि जी ट्वेन्टी सदस्य राष्ट्र एकताबद्ध हुनुपर्ने बताएका छन्। प्रधानमन्त्री मोदीले बिहीबार दिल्लीमा आयोजित जी ट्वेन्टी सदस्य राष्ट्रका विदेश मन्त्रीहरूको बैठकमा विद्यमान भूराजनीतिक तनाव समाधान गर्न सदस्य मुलुकहरूलाई एकताबद्ध हुन अपिल गरेका हुन्।

थारुवान संबाददाता

दुईजना नाबालिगलाई बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुरबाट चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। चिनको फुजियन जियामेन घर भई ललितपुर महानगरपालिका-२२ सोह्रखुट्टे बस्ने वर्ष ४९ का याङ लिमिङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर लतिलपुरले जनाएको छ।

थारुवान संबाददाता
1 59 60 61 62 63 171