थारू समाचार

नागरिक उन्मुक्तिको महाधिवेशन सर्‍यो, पहिले राष्ट्रिय भेला गर्ने

नागरिक उन्मुक्ति पार्टीले वैशाख मसान्तमा राष्ट्रिय भेला गर्ने भएको छ। बिहीबार र शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनलाई पछि सार्दै पहिले राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीबाट सुरेन्द्र चौधरी अलग भएका छन्। उनले शुक्रबार आफूले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। गत असार १२ गते नागरिक उन्मुक्ति प्रवेश गरेका उनी मंसिर ४ को निर्वाचनमा प्रतिनिधिसभाका लागि दाङ क्षेत्र नं १ बाट उम्मेदवारसमेत बनेका थिए।

थारुवान संबाददाता

चिनियाँ नागरिकको अवैध गतिविधि बढेपछि नेपाल चिन्तित बनेको छ । भर्खरै अनलाइन ठगीमा संलग्न पाँच महिलासहित नौ चिनियाँ नागरिक र १० जना नेपाली कामदारको गिरफ्तारी एउटा मुद्दा हो। संदिग्ध गतिविधिमा संलग्न १२२ चिनियाँ नागरिक पक्राउ परेको तीन वर्षपछि यो घटना बाहिर आएको हो ।

थारुवान संबाददाता

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्धारण भएको निर्वाचन कार्यक्रमअनुसार आज उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम तीन वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्णरूपमा सम्पन्न भएको छ।

थारुवान संबाददाता

थारू युवा सभाका अध्यक्ष एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको प्रमुख स्वकीय सचिव कानुनलाल चौधरी स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त भएका छन्।

थारुवान संबाददाता

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँसम्म घटाएको छ। सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेलमा प्रतिलिटर १० रुपैयाँ तथा मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ घटाउने निर्णय गरेको हो। घटेको मूल्य सोमबार राति १२ बजेपछि लागू हुनेछ।

थारुवान संबाददाता

नेकपा एकीकृत समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी चयन भएका छन्। सोमबार एकीकृत समाजवादीका संसदीय दलको नेता माधव कुमार नेपालले सांसद चौधरीलाई प्रमुख सचेतकमा मनोनयन गरेका हुन्।

थारुवान संबाददाता

नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व गृहराज्यमन्त्री मोहम्मद रिजवान अन्सारी नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बन्ने भएका छन्। उनी नागरिक उन्मुक्ति पार्टीबाट बारा क्षेत्र नं २ बाट उम्मेदवारी दिने भएका हुन्।

नागेन्द्र चौधरी

मनीष डाँगीको निर्णायक गोलप्रेरित नेपालले फाइनलमा लाओसलाई २-१ ले पराजित गर्दै प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको छ। सुरुआतमै १-० ले पछि परेको नेपालले उत्कृष्ट पुनरागमन गर्दै उपाधि उचाल्यो।

थारुवान संबाददाता

डाइनामाइट फुटबल क्लबले यसपटक पनि सिक्स ए साइड थारु फुट्सल प्रतियोगिता आयोजना गर्ने भएको छ। नाइटिङ्गेल कलेजको सहयोगमा प्रतियोगिता हुन लागेको विमल चौधरीले जानकारी दिए।

थारुवान संबाददाता
1 56 57 58 59 60 171