थारू समाचार

लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे सडक र सदनबाट आन्दोलन थाल्ने रेशम चौधरीको घोषणा

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन्। सर्वोच्च अदालतले टीकापुर घटनासम्बन्धी आदेशको पूर्ण फैसला सार्वजनिक गर्दै घटनामा रेशम चौधरीको संलग्ता रहेको ठहर गर्दै राष्ट्रपतिबाट पाएको आममाफीप्रति प्रश्नसमेत गरेको छ।

थारूवान

टीकापुर घटनाको पूर्ण पाठ सार्वजनिक गर्दै सर्वोच्च अदालतले उक्त घटना ‘क्रूर अमानवीय र सभ्य समाजमा सोच्नै नसकिने खालको घटना’ भनी व्याख्या गरेको छ। २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा एक नाबालकसहित आठ जना प्रहरीको ज्यान जाने गरी भएको हत्याकाण्डबारे गएको जेठ २ गते न्यायाधीश आनन्द मोहन भट्टराई र नहकुल...

थारूवान

नागरिक उन्मुक्तिले मुद्दा बिर्सियो, थारुको पार्टी भनेर पहाडी पार्टी बनायो : रामजनम चौधरीनेपाली कांग्रेसका केन्द्रीय सदस्य रामजनम चौधरी नागरिक उन्मुक्ति पार्टीप्रति आक्रोश पोखेका छन्। थारूको पार्टी भनेर पहाडी पार्टी बनाएको भन्दै उनले आक्रोश पोखेका हुन्। बर्दियामा मंगलबार भएको अन्तर्क्रियामा बोल्दै उनले नागरिक उन्मुक्ति पार्टीमा सबै पदाधिकरी पहाडी रहेको बताए।...

थारुवान संबाददाता

बबई नदीमा दाउरा संकलन गर्ने क्रममा तीन युवक छुट्टाछुट्टै स्थानबाट डुबेर बेपत्ता भएका छन्। बगेर बेपत्ता हुनेमा गुलरिया-१२ भैसाहीका ३० वर्षीय बालकृष्ण थारु, गुलरिया-२ का अक्षय चौधरी र महेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए। बेपत्ताको खोजी कार्य जारी रहेको जिल्ला प्रशासन...

थारुवान संबाददाता

कैलाली क्षेत्र नम्बर २ का संघीय सांसद अरुण कुमार चौधरीले लम्कीचुहा नगरपालिका, बर्दगोरिया र जानकी गाउँपालिकामा रहेका खोला नदीले कटान प्रभावित ठाउँहरूको अनुगमन गरेका छन्। हरेक वर्ष आउने बाढीले जमिन कटान गर्नुका साथै तटीय क्षेत्रमा रहेका बस्तीहरू उच्च जोखिममा छन्। सांसद चौधरीसहितको टोलीले लम्की चुहा नगरपालिका वडा नम्बर १...

थारुवान संबाददाता

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। काठमाडौंमा उपलब्ध पदाधिकारी र मन्त्रीहरूको आइतबार बसेको बैठकले मोदीलाई सरकारबाट फिर्ता बोलाएर उक्त मन्त्रालय जनमत पार्टीलाई दिने निर्णय गरेको उपमहासचिव वर्षमान पुनले जानकारी दिए। जनमत पार्टीले यसअघि नै मन्त्रीको नाम सिफारिस गरिसकेको...

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीका नेता तथा प्रतिनिधि सभाका सांसद अरुण चौधरीले सरकारले संविधानको मर्म विपरीत कदम चालेको खण्डमा त्यसका विरुद्ध सडकमा जान बाध्य हुने चेतावनी दिएका छन्। सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा चौधरीले २०७२ को संविधानले थारुहरूको क्लास्टर छुट्टै राखिएको स्मरण गराएका छन्। उनले शिक्षा ऐन संसदमा पठाएर पारित भएको खण्डमा...

थारुवान संबाददाता

थारू कल्याणकारिणी सभाले संघीय शिक्षा ऐन संशोधन गर्नका लागि बनेको विधेयकमा थारुको पहिचानलाई समाप्त पार्न खोजेको भन्दै आपत्ति जनाएको छ। सभाका महामन्त्री प्रेमीलाल चौधरीले प्रेस विज्ञप्ति जारी गर्दै तराई मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी जनजाति, दलित, पिछडावर्ग वा अल्पसंख्यक मुसलमान समुदाय र थारुलाई समेत गरी २२ प्रतिशत आरक्षणको व्यवस्था...

थारुवान संबाददाता

संसद्मा पठाउन मन्त्रिपरिषद्बाट पारित भएको शिक्षा विधेयकप्रति थारु समुदायका अगुवाले आपत्ति जनाएका छन् । थारु, मधेशी, मुस्लिम, दलित आदि समुदायलाई अलग-अलग क्लस्टरमा सूचीकृत गरी आरक्षणको व्यवस्था गर्नुपर्ने संवैधानिक व्यवस्था रहे पनि सङ्घीय शिक्षा ऐन संशोधन गर्न बनेको विधेयकमा त्यस्तो नगरिएको भन्दै सो समुदायले आपत्ति जनाएको हो । मधेशी, आदिवासी...

थारुवान संबाददाता

सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी मन्त्री भएका छन्। नागरिक उन्मुक्ति पार्टीबाटै कैलाश चौधरी राज्यमन्त्री नियुक्त भएका हुन्। मुख्यमन्त्री कमलबहादुर शाहले उनीहरूलाई बुधबार नियुक्ति गरेका हुन्। दुवै जनाले आजै सपथसमेत लिएका छन्। मन्त्री बन्नका लागि रामेश्वर चौधरीले संसदीय दलको नेताबाट राजीनामा दिएका थिए। उनीहरूलाई भूमि व्यवस्था कृषि तथा...

थारुवान संबाददाता
1 47 48 49 50 51 171