थारू समाचार

गोली लागेकी शर्मिला चौधरीको उपचारका क्रममा मृत्यु

काठमाडौँको महाराजगन्जमा गोली लागेर घाइते अवथामा भेटिएकी शर्मिला चौधरीको उपचारका क्रममा मृत्यु भएको छ। उनको त्रिवि शिक्षण अस्पतालमा बिहीबार मृत्यु भएको हो। यही असोज १० गते काठमाडौँ महानगरपालिका-४ पञ्चकन्यास्थित आफ्नै डेरामा गोली लागेको अवस्थामा भेटिएकी चौधरीलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको...

थारूवान

भूमि, व्यवस्था तथा सहकारीमन्त्री रञ्जिता श्रेष्ठले सरकारले संविधान दिवसको अवसरमा कैदीलाई आममाफी नदिएको बताएकी छन्। संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले आम माफी नभइ कैद कट्टामात्रै गरेको बताएकी हुन्। उनले आफूहरुले अपराधी राजनीतिक तवरबाट छुट्नुपर्छ नभनेको भन्दै यस पटक कसैलाई आममाफी नदिइएको र कैद कट्टा गरेर छुटाइएको बताइन्।

थारूवान

थारु कल्याणकारिणी सभा युएईले शनिबार दुबईमा जितिया कार्यक्रम आयोजना गर्ने भएको छ। थाकस युएईका अध्यक्ष भागरथी कुमार भगतले दुबईको अलकुद्रा पार्कमा जितिया कार्यक्रम आयोजना हुने बताए। कार्यक्रम राति १० बजे सुरु हुने आयोजकले बताएको छ।

थारूवान

थारु कल्याणकारिणी सभा कतार च्याप्टरले भोलि शुक्रबार दोहामा जितिया कार्यक्रम आयोजना गर्ने भएको छ। च्याप्टरका अध्यक्ष श्यामलाल चौधरीले दोहाको प्लाजा ग्राण्डमलस्थित वेलफ्यर रेस्टुरेन्टमा जितिया कार्यक्रम आयोजना हुने बताए। कार्यक्रम विहान ११ बजे सुरु हुने आयोजकले बताएको छ।

थारूवान

थारू कल्याणकारिणी सभा बाराको सभापतिमा पुन: रामप्रसाद चौधरी निर्वाचित भएका छन्। कोल्हबीमा आइतबार सम्पन्न  जिल्ला अधिवेशनले उननलाई पुन: नेतृत्व सुम्पेको हो। उनले जयप्रकाश चौधरीलाई पराजित गरेका हुन्। रामप्रसाद चौधरीले ३३९ मत पाउँदा जयप्रकाशले १५५ मत पाए।

थारूवान

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टीको सम्पूर्ण कार्यकारी अधिकार लिएका छन्। टीकापुरमा गत शुक्रबार र शनिबार बसेको केन्द्रीय कमिटी बैठकबाट उनले पार्टीको कार्यकारी अधिकार लिएका हुन्। पार्टीको अध्यक्ष उनको पत्नी रन्जिता श्रेष्ठ रहे पनि महाधिवेशन सम्पन्न नभएसम्म रेशमले कार्यकारी अधिकार लिएका हुन्।

थारूवान

नागरिक उन्मुक्ति पार्टीले पुसमा महाधिवेशन गर्ने निर्णय गरेको छ। टीकापुरस्थित पार्टी कार्यालयमा बसेको दुई दिने केन्द्रीय कमिटीको बैठकले पुस २६, २७ र २८ गते टीकापुरमा महाधिवेशन गर्ने निर्णय गरेको हो।

थारूवान

थारु कल्याणकारिणी सभा (थाकस) कैलालीको सभापतिमा वीरबहादुर चौधरी निर्वाचित भएका छन्। नागरिक समाजका अगुवा दिलबहादुर चौधरीलाई तीन मतले पराजित गरी उनी सभापतिमा निर्वाचित भएका हुन्। विजयी भएका चौधरीले १५३ र पराजित दिलबहादुर चौधरीले १५० मत प्राप्त गरे। सभापतिका अर्का उम्मेदवार देशराम चौधरीले दुई मत प्राप्त गरे। त्यस्तै, उपसभापतिमा १८७...

थारूवान

थारू कल्याणकारिणी सभा (थाकस) चितवनले थारू बाहुल्य क्षेत्रलाई समेटी अधिकारसहितको स्वायत्त संरक्षित वा विशेष क्षेत्र माग गरेको छ। भरतपुर घोषणा पत्र जारी गर्दै उसले चितवनका थारूहरूलाई विशेष अधिकार माग गरेको हो। राज्यको मूल धारमा आदिवासी थारूहरुको पहिचान पहुँच प्रतिनिधित्व कायम नभएको भन्दै उसले ध्यानार्षणसमेत गराएको छ।

थारूवान

प्रहरीको गोलीबाट मृत्यु भएकी नविना थारूको शालिक अनावरण गरिएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मधुवन नगरपालिकाको ओराली बजारमा नविनाको शालिक अनावरण गरेका हुन्। उनको पूर्ण कदको शालिक निर्माण गरिएको हो।

थारूवान
1 41 42 43 44 45 171