थारू समाचार
कर्णाली नदीका कारण दुई थारू बाहुल्य जिल्लाबीच सीमा विवाद, दुवै प्रदेशका मख्यमन्त्री जुटे छलफलमा
सुदूरपश्चिम र लुम्बिनी प्रदेशको सीमामा रहेको कर्णाली नदीका कारण बढ्दै गएको सीमा विवाद हटाउन दुवै प्रदेशका मुख्यमन्त्रीबीच छलफल भएको छ। छलफलपछि सीमा विवाद, कर्णाली नदीको नदीजन्य वस्तुको उपभोग संरक्षणमा उत्पन्न समस्या समाधान गर्न दुवै प्रदेशका मुख्य सचिव र संवाद समूहका वरिष्ठ सहजकर्तासहित तीन सदस्य टोली गठन भएको छ। टोलीले...
थारूवानबर्दियामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ। बार बर्दिया नगरपालिका-४ का ११ वर्षीय सुमित थारू बबई नदीमा नुहाउन गएका बेला शनिबार दिउँसो साढे १२ बजे जिरा सामुदायिक वन नजिकै बाटे बाघले आक्रमण गरी घाइते बनाएको थियो। उनलाई उपचारका लागि बर्दियाकै जयनगरस्थित आरसी थारु मेमोरियल अस्पताल लगिएकामा शनिबार दिउँसो...
थारूवानयुवराज पाण्डे/रासस सशस्त्र संघर्षका समयमा बेपत्ता भएका व्यक्तिको अवस्था यकिन नहुँदा परिवारका सदस्यको दैनिकी जटिल बन्दै गएको छ। परिवारका सदस्य अवस्थाबारे कानुनी एवं व्यवहारिक तवरले यकिन गर्न कठिनाइ भएकाले परिवारका अन्य सदस्यले सम्पत्ति हस्तान्तरण एवं बेचबिखन गर्न नपाएका हुन्। बाँके र बर्दियाका बेपत्ता परिवारले आफ्ना, आफन्तको अवस्था यकिन नहुँदा...
थारूवानकैलालीको धनगढी उपमहानगरपालिका-१६ मा रहेको भादामा थारु होमस्टे गाउँ भादा महोत्सव हुने भएको छ। थारु समुदायको संस्कृति, खानपान, भेषभूषा, सीपकला, प्राकृतिक सम्पदाको सदुपयोग र जगेर्ना गर्ने उद्देश्यले थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिले महोत्सव आयोजना गर्न लागेको हो। आगामी पुस १७ देखि २२ गतेसम्म महोत्सव आयोजना...
थारूवानधेरै वर्षपछि जति जति बेला चर्च ब्वाइजले लगातार ‘सी’ डिभिजनको छनोटदेखि ‘ए’ डिजिभन उक्लेको र उपाधि जितेको चर्चा हुनेछ, त्यति बेलाको दन्त्यकथाको एक मूल नायक हुनेछन्, आशिष चौधरी । शहीद स्मारक लिग ‘ए’ डिभिजन ०७९-०८० जितेर चर्च ब्वाइजले ऐतिहासिक उपलब्धी हात पारेको थियो । यस्तै उपलब्धी केही वर्ष अगाडिसम्म...
थारूवान-ईश्वर लुइँटेल/शिलापत्रबाट त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा एउटा भिन्न अनुहार पनि देखियो । राजनीतिशास्त्रमा स्नातकोत्तर गरेर दीक्षित हुँदा दुर्गाबहादुर थारू अरुभन्दा धेरै प्रफुल्ल देखिन्थे । नहोऊन् पनि किन ? जसले गरिबीका कारण विद्यालय छाड्नुपर्यो । कलिलै उमेरमा सशस्त्र संघर्षमा होमिएर लडाकु बने । जब माओवादी विद्रोहको शान्तिपूर्ण अवतरण भयो,...
थारूवानथारु समुदायको इतिहास, कला र संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्ने उद्देश्यले बाँकेमा थारु सङ्ग्रहालय बनाउन माग गरिएको छ। वैजनाथ गाउँपालिकामा थारु सङ्ग्रहालय बनाउन थारु समुदायका अगुवाहरूले गाउँपालिकासँग माग गरेका हुन्। थारु अगुवा चन्तराम थारुले गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीलाई भेटगरी थारु सङ्ग्रहालयको महत्वबारे जानकारी गराए। उनले वैजनाथ ५ छमनियाँस्थित जनप्रतिभा...
थारूवानप्रधानमन्त्री पुष्पकमल दाहाललाई थारू समुदायको परम्परागत विधिअनुसार निमन्त्रणा गरिएको छ। थारू कलाकारहरूको टोलीले प्रधानमन्त्री दाहाललाई बालुवाटार निवासमै पुगेर थारू विधिअनुसार प्रमुख अतिथिको निमन्त्रणा गरेको हो। थारू कलाकारहरूले थारू परम्परागत विधिअनुसार अन्दीको भात, घोङी, सिध्रा, झिङ्गे माछा र बंगुरको मासुको परिकार, बयरको चट्नी, केराउ र आलुको तरकारी, बर्या, ढिक्री र...
थारूवाननेकपा एमालेकी नेतृ तथा संघीय सांसद भगवती चौधरीले थारू समुदायको बृहत्तर हक अधिकार र उत्थानका लागि देशभरका थारू समुदाय एकजुट हुनुपर्ने बताएकी छन्। थारू कल्याणकारी सभाले समस्त थारू समुदायको वकालत गर्न र सक्षम नेतृत्व बनाउन लाग्नुपर्ने बताउँदै चौधरीले पुरानो संस्था भए पनि कमजोर रहेकोमा चिन्ता व्यक्त गरिन्। सुनसरीको गढी...
थारूवानकैलालीको घोडाघोडी नगरपालिका-१ घोडाघोडी मन्दिर परिसरमा तीन दिने लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव आजदेखि सुरुभएको छ । महोत्सवको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरे। महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री शाहले लवाङ्गी पूजा थारु समुदायको परम्परागत संस्कारसँग जोडिएको जनाउँदै यसलाई जोगाउन युवापुस्ताको जागरुकता रहेको बताए। उनले घोडाघोडी विश्व...
थारूवान
रेशम रन्जितालाई खुला पत्र