थारू समाचार

थारूवान डटकम संवाददातासहित दुईजना सम्मानित

थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले पूर्वी चितवनमा क्रियाशिल दुई जना पत्रकारलाई बुधबार सम्मान गरेको छ। खैरहनीमा आयोजना गरिएको नवौं खिचरा महोत्सव २०८० को समापनको अवसर पारेर जननिकास डटकमका सञ्चालक दिलिप डल्लाकोटी र थारुवान डटकमका चितवन संवाददाता कारी महतोलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो।

थारूवान

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले थारू संस्कृति गौरबको संस्कृति भएकोले प्रदेश सरकारले संरक्षण गर्ने बताएका छन् । थारू कल्याणकारणी सभाले मंगलबार आयोजना गरेको चौथो बर्जु माघी महोत्सवमा मुख्यमन्त्री कार्कीले थारू संस्कृति अतिक्रमित भइरहेकोले संरक्षण गर्दै अन्तर्राष्ट्रियकरण गर्नु आवश्यक भएको बताएका हुन् । ´थारू संस्कृतिलाई गौरवपूर्ण बनाऔं र यसको अन्तर्राष्ट्रियकरण...

थारूवान

युएई बस्ने थारुहरूले माघी कार्यक्रम मनाएका छन्। थारू कल्याणकारिणी सभा युएईको आयोजनामा माघी कार्यक्रम मनाइएको हो। कार्यक्रममा सोनु कुश्मी र प्रकाश माझीले सांगीतिक प्रस्तुती दिएका थिए। कार्यक्रमको उद्घाटन आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष विक्रम लिम्बुले गरेका थिए। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

थारूवान

कारी महताे/चितवन नवाैं खिचरा महाेत्सव परिसरमा विभिन्न प्रकार र डिजाइनका गरगहनाहरू बिक्रीका लागि राखिएकाे थारू गरगहना स्टलले खैरहनी नगरपालिकाका प्रमुख शशी कुमार खनियाँ र उपप्रमुख कविता उप्रेतीलाई समेत आकर्षित गरेकाे छ। उनीहरूले महाेत्सवकाे अवलाेकन गर्ने क्रममा थारू गरगहनाहरू निकै चासाेपूर्वक अवलाेकन गरे। त्यस स्टलमा थारू युवतीहरूकाे व्यापक भिडभाड रहने...

थारूवान

प्रतिनिधिसभा सदस्य आस्माकुमारी चौधरीलाई वर्षौंदेखि कमैया र कमलरी भएर बाँचेका थारु समुदाय जमिनदार भएको हेर्न मन छ । उनलाई लामो समयदेखि मालिकका घरमा काम गर्दै आएका कमैया र कमलरी आफ्नै जमिन भए कति खुसी हुन्थे होला भन्ने लाग्छ ।

थारूवान

पश्चिम तराईको थारू समुदायमा हरेक गाउँमा अहिले आागामी वर्षका लागि नयाँ नेतृत्व चयन गर्न भुरा खेल, ख्याल हुँदैछ। भुरा खेल र ख्याल एक किसिमको वर्षमा एकपटक गरिने गाउँको सबैभन्दा ठूलो आम भेला हो। यो खेलबाट प्रजातान्त्रिक पद्धतिद्वारा हरेक गाउँमा अगुवा वरघर, भलमन्सा, ककन्डार, प्रधान, गुरूवा, चौकीदार, चिरक्या चयन गरिन्छ।

थारूवान

तक्दीर अधिकारी/सिड्नी थारु समाज सिड्नीले भव्य रुपमा माघी पर्व मनाएको छ । १५ जनवरी अर्थात् सोमबार इन्द्रेणी फंक्सन सेन्टरमा विशेष कार्यक्रमको आयोजना गरी माघी भव्यरुपमा मनाइएको हो । विगतका वर्षहरुमा खुल्ला पार्कमा आयोजना गरिँदै आएको कार्यक्रम यसवर्ष भने मौसमका कारण ईन्द्रेणी फंक्सन सेन्टरमा गरिएको हो । यसमा छुट्टै अनुभव...

थारूवान

थारू कल्याणकारिणी सभा (थाकस) कतार च्याप्टरले भब्यरूपमा माघी कार्यक्रम मनाएको छ। ‘जातीय पहिचानको संरक्षण प्रवर्द्धन, शैक्षिक आर्थिक सामाजिक उत्थान हाम्रो समर्पण’ मूल नारासहित माघी कार्यक्रम आयोजना गरिएको थियो। संस्थाका सभापति श्यामलाल चौधरीको सभापतित्वमा आयोजित कार्यक्रममा थारू सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो। सभापति चौधरीले कार्यक्रम सफल पार्न भूमिका खेल्ने तमाम...

थारूवान

नवौं खिचरा महोत्सव परिसरमा महोत्सवद्वारा आयोजना भएको चित्रकला प्रतियोगितामा होली गार्डेन मोर्डन स्कुलका निरज चौधरी प्रथम भएको प्रतियोगिताका कार्यक्रम संयोजक मञ्जु चौधरीले जानकारी दिए। त्यस्तै स्काई राइडर स्कुलका आर्यन चौधरी द्वितीय र सैनिक आवासीय माविका त्रिसन आलेमगर तृतीय भएका छन्। ग्लोसाइन एकाडेमीका सयल नहर्की र श्री जनप्रीय पब्लिक स्कुलका...

थारूवान

यसवर्षको धुस्वाँ साय्मि सिर्जना पुरस्कार थारू भाषाका उपन्यासकार कृष्णराज सर्वहारी र गंकी धुस्वाँ वसुन्धरा पुरस्कार वरिष्ठ गायक एवं सङ्गीतकार योगेश वैद्यलाई प्रदान गरिएको छ। गंकी धुस्वाँ-वसुन्धरा प्रतिष्ठानले आज आयोजना गरेको समारोहमा जनकवि दुर्गालाल श्रेष्ठले उपन्यासकार सर्वहारी र गायक वैद्यलाई पुरस्कार प्रदान गरे। सो अवसरमा जनकवि श्रेष्ठले सम्मानित हुने बहुआयामिक...

थारूवान
1 30 31 32 33 34 171