थारू समाचार

रञ्जिताको अर्को एक्सन- घनश्यामको जिम्मेवारी खोसेर कैलाशलाई बनाइयो दलका नेता

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीको जिम्मेवारी खोसेकी छन्। सभामुख भीमबहादुर भण्डारीलाई पत्र लेखेर उनले घनश्यामको जिम्मेवारी खोसेकी हुन्। पार्टीको निर्देशन पालना नगरेको भन्दै उनले घनश्यामलाई हटाएर कैलाश चौधरीलाई दलको नेताको जिम्मेवारी तोकेकी हुन्। कैलाश रञ्जिता पक्षकी सांसद हुन् भने घनश्याम रेशम...

थारूवान

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुख नजिर मियाँ समक्ष आज साँझ आफ्नो पदबाट राजीनामा दिएका छन्। प्रदेश प्रमुखको निवास पुगेर उनले राजीनामापत्र बुझाएका हुन्। यसअघि आजै आह्वान गरिएको सुदूरपश्चिम प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने कार्यसूची थियो। आह्वान गरिएको बैठकमा आफ्नो पक्षमा बहुमत जुट्ने सम्भावना नदेखिएपछि उनले...

थारूवान

लुम्बिनी प्रदेश स्थापना भएयता बनेको चौथो सरकार ढलेको छ। पछिल्लो ६ वर्षको अवधिमा प्रदेशले पाँचौ सरकार पाउँदै छ। राजनीतिक दलहरूबीचको जोड घटाउले प्रदेश सरकार पनि संघीय सरकार जस्तै अस्थिर बनेको हो। चौथो मुख्यमन्त्री बनेका डिल्ली बहादुर चौधरीले प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै राजीनामा दिएका छन्। उनले आफू प्रजातन्त्रवादी रहेकाले सरकारमा...

थारूवान

सरकारले रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा प्रा.डा. पशुपति चौधरीलाई नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सोही समितिको सदस्यमा वीरेन्द्रप्रसाद यादवलाई नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्। त्यस्तै बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानको सदस्यमा ज्ञानेन्द्रमान सिंह कार्कीलाई मनोनयन गरिएको मन्त्री शर्माले बताइन्।

थारूवान

नागरिक उन्मुक्ति पार्टीले नेपाली कांग्रेस नेतृत्वको लुम्बिनी प्रदेश सरकारले छाडेको छ। पार्टीबाट भौतिक पूर्वाधार विकास मन्त्री रहेका धर्मबहादुर चौधरीले बिहीबार राजीनामा दिएका छन्। उनले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई राजीनामा बुझाएका थिए। पार्टी अध्यक्ष रञ्जिताको निर्देशनले चौधरीले राजीनामा बुझाएको पार्टीका एक नेताले बुझाए। नागरिक उन्मुक्ति पार्टीले लुम्बिनीमा एमाले-माओवादी गठबन्धनलाई सघाउने बताइएको...

थारूवान

नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघले विद्यालय शिक्षा विधेयकसम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्न बनेको विधेयक र आदिवासी जनजातिको सवाल विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ। महासंघका अध्यक्ष चन्द्रप्रसाद चौधरी तथा प्रमुख अतिथि प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्तीको उपस्थितिमा कार्यक्रम गरिएको हो। कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका महासचिव दिवस राई, महिला महासंघका...

थारूवान

मधेस प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले डीजेलगायतका साउन्ड सिष्टमहरूले फैलाउने ध्वनि प्रदूषण नियन्त्रण गर्न निर्देशन दिएका छन्। प्रदेश सुरक्षा समन्वय समितिको मंगलबार जनकपुरधाममा बसेको बैठकमा मन्त्री लेखीले डीजेलगायतका साउन्डबाट पीडित भएको जनगुनासो आएकाले तत्काल नियन्त्रणमा लिन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका हुन्। जनताले गरेका गुनासाहरू सुनाँउदै...

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। सरकारमा जाने नजाने विषयले रेशम-रञ्जिताबीच विवाद भइरहेका बेला प्रधानमन्त्री दाहालले उनीहरूसँग छलफल गरेका हुन्। प्रधानमन्त्री सचिवालयका अनुसार प्रधानमन्त्री दाहालले रञ्जितासँग मंगलबार विहान बालुवाटार भेट गरेका थिए भने रेशमसँग प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भेट...

थारूवान

नागरिक उन्मुक्तिले गण्डकी र बागमती प्रदेश अध्यक्षलाई पार्टीबाट निष्कासित गरेको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले गण्डकीका अध्यक्ष राजन गुरुङ र बागमतीका अध्यक्ष दीपबहादुर योञ्जनलाई पत्र पठाएर निष्कासित गरेको जानकारी दिएकी छन्। पार्टी महासचिव गंगाराम चौधरीले कारबाहीको पत्र पठाएको पुष्टि गरे। संस्थापक सदस्य रमेश विक र टीकापुर नगरपालिकाका मेयरसमेत रहेका...

थारूवान

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफूलाई आत्महत्या गर्ने परिस्थितिमा पुर्‍याएको बताएका छन्। आफूलाई सधैं जेलमा राख्ने नियत बोकेकाहरूले ‘ज्यान मार्ने धम्की’ दिएको भ्रामक कुरा फैलाएको उनको आरोप छ। अनामनगरस्थित पार्टी कार्यालयमा सोमबार विहान सरकारमा जाने नजाने विषयमा सामान्य विवाद भएको उनले प्रष्ट पारे। ‘सरकारमा जाने नजाने विषयमा वादविवाद...

थारूवान