थारू समाचार
सिकलसेल पीडितलाई खुसीको खबर, भारतमा परीक्षण भएको सिकलसेलको औषधि वितरण गर्ने प्रधानमन्त्रीको घोषणा
प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारतमा उत्पादन र परीक्षण भएको सिकलसेलको औषधि ल्याएर नेपालका बिरामीलाई वितरण गर्ने बताएका छन्। नेपालमा थारू समुदायमा यो रोग बढी देखिने गरेको छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३औँ दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले इमानदार र लगनशील भएर काम गरेमा सफलता प्राप्त हुने...
थारूवानथारू कल्याणकारिणी सभा (थाकस)को आसन्न २३औं महानधिवेशनमा सभापति बन्न सत्तारुढ दल नेपाली कांग्रेसका थारू नेताहरूबीच हानथाप भएको छ। थाकसको सभापति बन्न सांसदसमेतले तीव्र लबिङ गरिरहेका छन्। स्रोतका अनुसार थाकसको सभापति बन्न महामन्त्रीसमेत रहेका प्रेमीलाल चौधरी, लुम्बिनी प्रदेशका सांसदसमेत रहेका वरिष्ठ उपाध्यक्ष देवीप्रसाद चौधरी र कांग्रेसको बर्दिया जिल्ला समितिका सचिवसमेत...
थारूवानबीरगन्जमा अवस्थित थारु छात्राबासको अध्यक्षमा शेखर चौधरी चयन भएका छन्। शनिबार सम्पन्न साधारणसभाले चौधरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो। कार्यसमितिमा ललिता चौधरी उपाध्यक्ष, अमृतलाल चौधरी सचिव, हिर्दय नारायण चौधरी कोषाध्यक्ष तथा सदस्यहरूमा वेदमन दास थारु, कमल महतो थारु, दिपेन्द्र प्रसाद चौधरी, जगनारायण प्रसाद चौधरी, मिना...
थारूवानथारु महिला सभा उपत्यका समितिले यसपटक रुपन्देहीमा सामाचकेवा मनाउने भएको छ। थारू कल्याणकारिणी सभाको महाधिवेशनताकै मिति परेकाले यसपटक रुपन्देहीमा सामाचकेवा मनाउने निर्णय भएको समितिका अध्यक्ष ललिता चौधरीले बताइन्। थारू सांस्कृतिक पर्वको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले यसपटक रुपन्देहीमा सामाचकेवा मनाउन लागिएको उनको भनाइ छ। ‘हामीले नियमित काठमाडौंमा सामाचकेवा मनाउँदै...
थारूवानमधेस प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले प्रदेशमा आदिवासी जनजातिहरूको उत्थान र विकासका लागि छुट्टै निकाय गठन गर्न सकिने बताएका छन्। उनले प्रदेशसभाका आदिवासी जनजाति सांसदहरूले पहल गरेर विधेयक ल्याएर एउटा प्रदेशस्तरीय आदिवासी जनजाति विकास परिषद अथवा समिति बनाउन सकिने बताए। वीरगञ्जको रेशमकोठीमा रहेको थारु छात्रावासको चौथो साधारणसभाको...
थारूवानमहामन्त्री प्रेमीलाल चौधरी चौधरीले थारू कल्याणकारिणी सभाका सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। मंसिर १, २ र ३ गते रुपन्देहीको भैरहवामा हुने २३औं महाधिवेशनमा उनले सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। उनले आफू स्वतः सभापतिको हकदार भएको बताएका छन्। अध्यक्ष धनिराम चौधरी ‘भूमिगत’ अवस्थामा रहेपछि थाकसको सम्पूर्ण काम...
थारूवानथारू कल्याणकारिणी सभा (थाकस)को २३औं महाधिवेशनको उद्घाटन उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले गर्ने भएको छ। मंसिर १, २ र ३ गते रुपन्देहीको भैरहवामा हुने महाधिवेशनको उद्घाटन मन्त्री पौडेलले गर्ने महामन्त्री प्रेमीलाल चौधरीले बताए। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख अतिथिको निम्तो दिइए पनि कार्यक्रममा उपस्थित हुन नसक्ने जानकारी दिइएको महामन्त्री...
थारूवानथारू कल्याणकारिणी सभा (थाकस)ले २३औं महाधिवेशनको तयारी तीव्र पारेको छ। मंसिर १, २ र ३ गते रुपन्देहीको भैरहवामा हुने महाधिवेशनको तयारी तीव्ररूपमा भइरहेको महामन्त्री प्रेमीलाल चौधरीले बताए। उनका अनुसार प्रमुख अतिथि, अतिथि, प्रतिनिधि/पार्षद र पर्यवेक्षकहरूको नामावली तथा भैरहवामा उनीहरूको गास/बासको व्यवस्थापन तीव्ररूपमा भइरहेको छ। महाधिवेशनमा केन्द्रीय सरकारका मन्त्रीबाट उद्घाटन...
थारूवाननागरिक उन्मुक्ति पार्टीका आइटी प्रमुख जिवछ कुमार यादव जेल चलान भएका छन्। एमबीबीएसको प्रश्नपत्र लिक गरेको अभियोगमा दोषी ठहर भएपछि यादवलाई डिल्लीबजारस्थित कारागारमा चलान गरिएको हो यादवले नागरिक उन्मुक्ति पार्टीको आइटी प्रमुख भएर काम गर्दै आएका थिए। नागरिक उन्मुक्ति पार्टीको वेवसाइट र फेसबुक, युट्युब पनि उनैले हेर्दै आएका थिए।...
थारूवानसुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन (पहिलो संशोधन २०८०) मा थारु, रानाथारु समुदायको प्रतिनिधित्व सम्बन्धमा गठित सुझाव समितिले मुख्यमन्त्री कमलबहादुर शाहलाई आज प्रतिवेदन बुझाएको छ। समितिले सरोकारवाला सबै निकायसँग छलफल गरेर तयार पारेको प्रतिवेदन मुख्यमन्त्री शाहलाई बुझाएको हो । समितिका संयोजक एवम् नीति तथा योजना आयोगका उपाध्यक्ष गणेश विकले सो...
थारूवान
रेशम रन्जितालाई खुला पत्र