थारू समाचार

७५ वर्षीया सितलीदेवी थरुनी ११ दिनदेखि बेपत्ता

घर नजिकैको धानखेत हेर्न निस्केकी ७५ वर्षीया वृद्धा पछिल्लो ११ दिनदेखि बेपत्ता भएकी छन् । १२ असोजको बिहान करिब साढे ७ बजेतिर घर नजिकैको खेत हेर्न जान्छु भन्दै निस्किएकी सिरहाको लहान नगरपालिका १५ ढोढना बानो गाउँकी ७५ वर्षीया सितलीदेवी थरुनी पछिल्लो ११ दिनदेखि बेपत्ता भएकी हुन् । ‘आफन्त, गाउँघर...

थारुवान/सिरहा

कोरोनाबाट संक्रमित भएपछि नेकपाकी सचेतक शान्ता चौधरी वीर अस्पतालमा आइसोलेसन बसेकी छन्। उनी डाक्‍टरको सल्लाहअनुसार अस्पतालमा आइसोलेसन बसेकी हुन्।

थारुवान/काठमाडौं

नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले रुपन्देहीमा विकासको गतिलाई राजधानी हुने र नहुने विषयले रोक्न नसक्ने बताएका छन्। राजधानीसँगै रुपन्देहीको विकासको संरचना, अन्तर्राष्ट्रिय विमानस्थल, भालुबाङ आए पो चित्त दुखाउन जायज हुने भन्दै उनले रुपन्देहीबासीलाई आश्वासन दिएका छन्।

थारुवान/दाङ

प्रदेश ५ को प्रदेशसभामा राजधानीको प्रस्तावमा भएको मतदानमा पार्टीले जारी गरेको ह्वीपलाई बेवास्ता गर्दै कांग्रेस सांसद डिल्ली बहादुर चौधरी पक्षमा मतदान गरेका छन्। मंगलबार बुटवलस्थित प्रदेशसभामा भएको मतदानमा उनीसहित ५ जनाले राजधानी दाङलाई बनाउने प्रस्तावमा मत खसालेका थिए।

थारुवान/बुटवल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार गरिएको पीसीआर परीक्षणमा चौधरीलाई संक्रमण पुष्टि भएको हो। उनले सामाजिक सञ्जालमार्फत् आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएकी छन्।

थारुवान/काठमाडौं

उदयपुरको बेलका नगरपालिका वडा नम्वर-२ बेल्हामा थारु संग्रहालयको स्थापना गरिएको छ। बेलका नगरपालिका वडा-२ बेल्हामा नगर स्तरीय थारु उत्थान विकास समितिको सक्रियतामा स्थापना भएको हो। बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीको पहलमा उक्त संग्रहालयको स्थापना भएको संग्रहालयका अध्यक्ष मिश्रीकान्त चौधरीले बताए।

थारुवान/उदयपुर

लामो समय शिक्षण पेशामा बिताएकी नेपालगञ्ज उपमहानगरपालिका–१२ की किरण आचार्यको तेस्रो कृति सँप रजुवाको सार्वजनिक भएको छ। थारु भाषामा लिखित सँप रजुवा (बट्कुही संग्रह–२०७७) सोमबार सार्वजनिक गरिएको हो। यसअघि उनको लघु कविता संग्रह–२०६१ र अस्तित्व (लघु कविता संग्रह–२०६५) प्रकाशित भएको छ।

थारुवान/बाँके

नेपाली कांग्रेसले प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङ देउखुरीको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ। कांग्रेस बुटवलमै राजधानी यथावत राख्ने पक्षमा छ।

थारुवान/दाङ

प्रदेश ५ को राजधानी दाङ देउखुरीको भालुवाङमा राख्ने प्रस्तावको कांग्रेसकै केही सांसदले विरोध गरिरहेका बेला त्यस क्षेत्रका आधा दर्जनभन्दा बढी केन्द्रीय सदस्यले भने स्वागत गरेका छन्।

थारुवान/दाङ

प्रदेश ५ को स्थायी राजधानी र नामबारे प्रदेश सरकारले राखेको प्रस्तावलाई अघि बढाउन सोमबार सुरु भएको प्रदेश सभामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै सांसदले अवारेध गरेकाका छन्।

थारुवान/बुटवल