थारू समाचार

कर्णाली प्रदेशको पातलगंगामा खुल्यो थारु होमस्टे

कर्णाली प्रदेशमा थारु होमस्टे सञ्चालनमा आएको छ। प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-९ स्थित पातलगंगा सामुदायिक थारु होमस्टे सञ्चालनमा आएको हो। कर्णाली प्रदेशका उद्योग वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले होमस्टेको शुभारम्भ गरेका थिए।

थारुवान/सुर्खेत

बर्दिया जिल्ला अदालत बार एशोसिएसनको कार्यसमितिमा प्रजातान्त्रिक कानुन व्यवसायीहरुको प्यानल विजयी भएको छ। शनिबार भएको निर्वाचनमा प्रगतिशील प्यानललाई पराजित गर्दै प्रजातान्त्रिक प्यानलबाट १३ सदस्यीय कार्यसमिति निर्वाचित भएका हुन्।

थारुवान/बर्दिया

थारु पत्रकार संघ नेपाल शाखा रुपन्देहीले एक कार्यक्रमका बीच शनिबार बुटवलको सुख्खानगर स्थित स्पन होटलमा लक डाउनले समुदायमा परेको असर विषयक अन्तरक्रिया तथा विजया दशमी २०७७ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

कमल चौधरी/बुटवल

जनता समाजवादी पार्टी (जसपा) र थरुहट थारुवान राष्ट्रिय मोर्चाबीच काठमाडौंको बानेश्वरमा छलफल भएको छ। छलफलमा जसपाले मोर्चालाई ‘मर्जर’को प्रस्ताव गरेको छ। जसपका तर्फबाट अध्यक्ष महन्थ ठाकुर, नेताहरु बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र महतो सहभागी थिए।

थारुवान/काठमाडौं

नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो)ले राष्ट्रिय विज्ञान दिवस तथा विश्व अन्तरिक्ष सप्ताहको अवसरमा सञ्चालन गरेको राष्ट्रिय अन्तरिक्ष चित्रकला तथा अनलाइन वक्तृत्वकला प्रतियोगिताको नतिजा सार्वजनिक गरेको छ।

थारुवान/काठमाडौं

केही दिनअघि कोरोनाबाट संक्रमित भएकी नेकपाकी सांसद शान्ता चौधरी आइसीयुमा भर्ना भएकी छन्। वीर अस्पतालको आइसोलेसनमा रहेकी उनको स्वास्थ्यमा समस्या आएपछि आइसीयुमा भर्ना गरिएको उनका छोरा अनिल चौधरीले जानकारी दिएका छन्।

थारुवान/काठमाडौं

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड सदस्यमा थप ११ जना नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ९ जना र मन्त्री जगत विश्वकर्माको सिफारिसमा दुई जना गरी थप ११ जना बोर्ड सदस्यमा नियुक्त भएका हुन् ।

थारुवान/काठमाडौं

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ। शुक्रबार २ हजार ५९ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमित संख्या लाख नाघेको हो। स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारसम्म संक्रमितको संख्या १ लाख ६७६ पुगेको छ। जसमध्ये ७३ हजार २३ जना कोरोनामुक्त भएका छन्। शुक्रबार थप १६८० जना कोरोनामुक्त भएका थिए। त्यस्तै नेपालमा...

थारुवान/काठमाडौं

नेपाल नेत्रज्योती संघअन्तर्गत सञ्चालित लमही आँखा अस्पताल दाङमा एक वडाध्यक्षले भतिजाको स्मृतिमा प्रतिक्षालय निर्माण गरेका छन्। लमही नगरपालिका-२ का वडाध्यक्ष नेपालु चौधरीले भितजा स्वर्गीय सुशिल चौधरीको स्मृतिमा चार लाख ५० हजार लगानीमा निर्माण गरिदिएका हुन्।

थारुवान/दाङ

दाङको देउखुरी उपत्यकालाई राप्ती उपत्यका भनेर राजपत्रमा प्रकाशित भएपछि थारुहरु विरोधमा उत्रिएका छन्। थारुहरुले मौलिक शब्द डेउखरलाई देउखुरी बनाएर अहिले अहिले देउखुरी उपत्यकालाई राप्ती उपत्यका बनाएर हस्तक्षेप गरेको आरोप लगाएको छ।

थारुवान/काठमाडौं