थारू समाचार

थारु युवा सभाका केन्द्रीय कोषाध्यक्षमाथि सांघातिक आक्रमण

थारु युवा सभाका केन्द्रीय कोषाध्यक्षमाथि सांघातिक आक्रमण भएको छ। युवा अगुवा मुक्ति थनेतका अनुसार सभाका कोषाध्यक्ष पिताम्बर महतोमाथि सांघातिक आक्रमण भएको हो।

थारूवान

टीकापुर घटनामा ३ वर्ष जेल सजाय काटेर रिहा भएका लक्ष्मण थारुलाई जन्मकैदको फैसला सुनाइएको छ। उच्च अदालत दिपायलले जिल्ला अदालत कैलालीको फैसला उल्ट्याउँदै ३ वर्ष कैद सजाय भुक्तान गरेका लक्ष्मण थारुलाई जन्मकैदको फैसला सुनाएको हो।

थारूवान

थारु समुदायको परम्परागत ज्ञान, सीप तथा प्रविधिहरु संरक्षण गर्ने उद्देश्यले आज थारु आयोगले चितवनको सौराहामा थारु गुरौहरु र स्थानीय जनप्रतिनिधिसँग अन्तरक्रिया सम्पन्न गरेको छ। थारु आयोगका अध्यक्ष विष्ण प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा चितवन लगायत पूर्वी नवलपुर र मकवानपुर जिल्लाका थारु गुरौहरुको सहभागिता रहेको थियो। सदियौंदेखि विभिन्न महामारी,...

कारी महतो/चितवन

कोरोना महामारीलाई छिचोल्दै कैलालीका आदिवासी थारु गुरुवाले सामूहिक तान्त्रिक शक्ति प्रदर्शन गरेका छन् । आजको आधुनिक समाजमा आफ्नो अस्तित्व कायम रहेको झल्को दिने गरी उनीहरु तान्त्रिक शक्ति प्रदर्शन गरका हुन् ।

लखन चौधरी/कैलाली

पाँच दिनदेखि बेपत्ता सुनसरी, दुहबी नगरपालिका-३ भीरगाउँका १७ वर्षीय सुजन चौधरीको शव हत्या गरिएका अवस्थामा फेला परेको छ।

थारुवान/काठमाडौं

इलाका प्रहरी कार्यालय, मालाखेतीका इञ्चार्ज डीएसपी भरतराज चौधरी सम्पर्कविहीन भएको प्रकरणपछि उनको ठाउँमा नयाँ प्रहरी नायब उपरीक्षक (डीएसपी) पठाइएको छ।

थारुवान/कैलाली

जंग्रार साहित्यिक बखेरीको १०औं वर्षगाँठको अवसरमा थारु भाषा, साहित्य र संस्कृतिमा उल्लेखनीय योगदान दिएको भन्दै पूवमन्त्री डा. गोपाल दहितलाई सम्मान गरिने भएको छ।

थारूवान

बर्दिया जिल्लाबाट सबैभन्दा बढी आयकर दाताको रुपमा युनिक नेपाललाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरिएको छ। बर्दियाको राजापुरमा प्रधान कार्यालय रहेको युनिक नेपाल नवौं राष्ट्रिय कर दिवसको अवसरमा सम्मानित भएको हो।

थारूवान

हिन्दी भाषाको त्योैहार शब्दबाट अपभ्रंश हुँदै नेपाली भाषामा तिहार हुन पुगेको भन्ने भनाइ छ। नेपालमा तिहार मनाउने आ-आफ्नै तरिका छ। कसैले यसलाई विशेष महत्व दिएर, कसैले मध्यम र कसैले कम महत्व दिएर मनाउँछन्। फेरि पनि धेरै नेपालीहरु यसलाई मान्ने गर्छन्।

दिलबहादुर चौधरी

कोरोना सम्बन्धी सचेतना जगाउने उदेश्यले रौतहटको चन्द्रपुर नगरपालिकाको कार्यालयमा शुक्रबारदेखि सहायता कक्षको स्थापना गरिएको छ । उक्त सहायता कक्षको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले उद्घाटन गरेका छन् ।

थारुवान/रौतहट