थारू समाचार

प्रदेश २ लोकसेवा आयोगले थारु महिलाको लागि छुट्यायो कोटा

प्रदेश दुईको लोक सेवा आयोगले पाँचौं र चौथो तहअन्तर्गत पदको बढुवाको सूचना निकालेको छ। जसमा थारु महिलाहरुको कोटा छुट्याएको छ। प्रदेश लोक सेवा आयोगले पहिलोपटक थारु महिलाको लागि कोटा छुट्याएको हो। आयोगले पाँचौ तहअन्तर्गत सामान्य प्रशासनमा एक जना थारु महिला, रेन्जर, वन, जनरल फरेस्ट्रीतर्फ एक जना थारु महिलालाई कोटा...

थारुवान संबाददाता

त्रियुगा नगरपालिका–६ मोहनपुरकी १६ वर्षीया किशोरी क्रिष्टिला चौधरीको हत्यामा संलग्न रहेको आशङ्कामा जिल्ला प्रहरी कार्यालय उदयपुरले तीन जनालाई पक्राउ गरेको छ। यही साउन १३ गतेदेखि बेपत्ता भएकी क्रिष्टिलाको १९ गते मोहनपुरको राजदेवी सामुदायिक वनमा विभत्स अवस्थामा शव फेला परेको प्रहरीले बताएको छ।

थारुवान संबाददाता

थरुहट थारुवान राष्ट्रिय मोर्चाले काठमाडौंमा वृहत् अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ। टीकापुर थरुहट थारुवान विद्रोहको ६ वर्ष पुगेको भन्दै मोर्चाले अन्तर्क्रिया गरेको हो। ७ भदौ २०७२ मा कैलालीको टीकापुर घटेको घटनालाई थारुहरुले विद्रोहको रुपमा लिँदै आएको छ।

थारुवान संबाददाता

लाली जिल्लाको कैलारी गाउँपालिका-९ का वडाध्यक्ष खेमराज चौधरीसहित दुई जना हतियारसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी गस्ती टोलीले गौरीगंगा नगरपालिका-९, शंकरपुरस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको अवस्थामा सोमवार राति पक्राउ गरेको हो ।

थारुवान संबाददाता

८ दिन अघिदेखि हराएकी उदयपुर त्रियुगा नगरपालिका-६ की १६ वर्षीया क्रिष्टिला चौधरीको शव घरनजिकै मोहनपुर जंगलमा फेला परेको छ। उदयपुर जिल्ला प्रहरी प्रमुख शुभाषचन्द्र बोहोराले सडेको अवस्थामा शव फेला परेको जानकारी दिए।

थारुवान संबाददाता

देउखुरी मौरिघाटका धरमी प्रसाद चौधरी ३ मौजा जग्गा व्यवस्थापन गर्ने जिम्मा पाएका थिए। उनलाई तत्कालीन सरकारे जमिनदारी हक प्रदान गरिएको थियो। मुरली तथा शारदा शर्माका हजुरबुबा त्यतिखेर पहाडबाट डोकोमा फलफुल बेच्न तराई झरेर आफ्नो परिवार पाल्ने गर्थे।

थारुवान संबाददाता

जनता समाजवादी पार्टी (जसपा)ले महन्थ ठाकुरसहित १६ जनालाई केन्द्रीय कार्यकारिणी समितिबाट हटाएको छ। यससँगै ठाकुरको जसपा अध्यक्ष पद पनि गएको छ। तटस्थ बसेका रेशम चौधरीको पद भने कायमै रहेको छ।

थारूवान

आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष एवं थारु नेता राजकुमार लेखीले नेपालका उच्च ओहोदाका व्यक्तिहरुले संघीयतालाई गलत व्यख्या गरिरहेको आरोप लगाएका छन्। उनले संघीयतालाई विखण्डनको संज्ञा दिएर आम नागरिकलाई दिग्भ्रमित पारेको बताए।

थारुवान संबाददाता

थारु समुदायको उत्‍थानका लागि संविधानले दिएको अधिकारबमोजिम थारु आयोगको गठन भएको छ। हालसालै थारु आयोगको पाँच सदस्यीय पदाधिकारीले पूर्णता पाएको थियो। जसको अध्यक्षमा विष्णु चौधरी र सदस्यहरुमा भोलाराम चौधरी, सुबोध सिंह थारु, डा. उमाशंकर प्रसाद चौधरी र शान्ती मोदी रहेका छन्।

थारुवान/काठमाडौं

ओली सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग देउवा सरकारले खारेज गरेको विरोधमा नेपाल भुमिहिन सुकुम्वासी संगठनले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । संगठनकी अध्यक्ष शान्ता चौधरीले बिहीबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेकी हुन् ।

थारुवान संबाददाता