थारू समाचार

कांग्रेस महाधिवेशन: कैलालीको १३ पालिकामध्ये दुई पालिकाको सभापतिमा थारु विजयी

नेपाली कांग्रेस कैलालीले जिल्लाका सबै १३ स्थानीय तहको नेतृत्व चयन गरेको छ । ८ स्थानीय तहमा निर्वाचनमार्फत् र ५ मा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको हो।

थारुवान संबाददाता

उदयपुरमा दाजुबहिनीको प्रेमको प्रतीकका रूपमा मनाइने मौलिक पर्व समा चकेवाको रौनक छाएको छ । अहिले गाउँ–गाउँमा किशोरी समूह/समूह बनाएर समा चकेवा खेल्न थालेका छन् । उनीहरूले गोवद्र्धन पूजादेखि सामा चकेवा खेल्न थालेका हुन् ।

ईश्वर तामाङ/उदयपुर

पूर्वी नवलपरासीमा थारू समुदायको बाहुल्यता छ। थारू समुदायको आफ्नै मौलिक कला र संस्कृति छ। ती कला र संस्कृतिको जगेर्ना गर्न थारू समुदायका अगुवाले पहल गर्दै आएका छन्। यति गर्दागर्दै पनि उनीहरुको पुरानो मेडरी नाच लोप हुने अवस्थामा छ।

थारुवान संबाददाता

नेपालमा बिहीबारदेखि सुरु भएको १२औं राष्ट्रिय जनगणनामा थारु कल्याणकारिणी सभा (थाकस)ले थारुहरुको धर्ममा बौद्ध लेख्न आह्वान गरेको छ। उसले गत मंगलबार परिपत्र जारी गर्दै बौद्ध धर्म लेख्न आह्वान गरेको हो।

थारुवान संबाददाता

सप्तरीमा सहिद दिलिप स्मृति फुटबल प्रतियोगिता हुने भएको छ। सप्तरीको सप्तकोशी नगरपालिका-५ गंगाजलीको खेलमैदानमा कात्तिक २१ गतेदेखि प्रतियोगिता हुने आयोजकले जनाएको छ।

थारुवान संबाददाता

पश्चिम नवलपरासीमा थारु संग्रहालय बनाउनको लागि थारु मिलन केन्द्र भवन निमार्ण गरिएको छ। जिल्लाको सरावल गाउँपालिकाको वडा नं १ स्थित तुलसीनगरमा थारु संग्रहालय बनाउनको लागि थारु मिलन केन्द्र भवन निमार्ण गरिएको हो।

थारुवान संबाददाता

नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय सचिव नागेन्द्र चौधरीले संविधानको रक्षाको लागि प्रतिगमनको विरोधमा विद्रोह गरेको बताएका छन् । शनिबार वीरगन्जमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेकपा एमालेमा व्यक्तिवादी हाबी हुँदै गाएको

थारुवान संबाददाता

सुर्खेत वीरेन्द्रनगरमा रहेको गाटिकाँडा थारु होमस्टे। सहरको कोलाहल वातावरणबाट केही पर। खेतका हरिया आली गह्राहरु। निकै सुन्दर र मनमोहक देखिने ठाउँहरुमा एकैछिन सहरको कोलाहल वातावरणबाट शान्त ठाउँमा बस्नलाई पनि आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ।

थारुवान संबाददाता

नेपाली कांग्रेसको राजापुर नगर समितिले बाढीबाट पीडित भएका किसानलाई ३० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउनुपर्ने निर्णय गरेको छ। शुक्रबार बसेको नगर कार्यसमितिको बैठकले बाढीबाट पीडित भएका किसानहरुलाई प्रत्येक घरधुरीलाई ३० हजार रुपैयाँ राहत दिनुपर्ने र एक महिना पुगग्नेगरी खाद्यान्न उपलब्ध गराउनुपर्ने माग गरेको नगर सचिव सिताराम थारुले जानकारी...

थारुवान संबाददाता

नेकपा एमालेले देशभरका ७ लाख २१ हजार पार्टी सदस्यबाट दशौं राष्ट्रिय महाधिवेशनका लागि १५ सय ३६ प्रतिनिधि छान्ने भएको छ। तीमध्ये ५१ प्रतिशत समावेशी कोटाबाट आउनेछन् भने ३९ प्रतिशत खुला प्रतिस्पर्धाबाट आउने प्रवक्ता प्रदिप ज्ञवालीले बताए।

थारुवान संबाददाता