थारू समाचार

थरुहट आन्दोलनका दुई योद्धा डा. गोपाल दहित र योगेन्द्र चौधरीद्वारा उम्मेदवारी घोषणा

नेपाली कांग्रेस १४औँ महाधिवेशन आजदेखि सुरु भएको छ। महाधिवेशनको पूर्वसन्ध्यामा पूर्वमन्त्री एवं प्रभावशाली नेता डा. गोपाल दहितले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्। सबल कांग्रेस र सक्षम कांग्रेस नेतृत्वको लागि आफ्नो उम्मेदवारी रहेको उनले बताएका छन्। थरुहट आन्दोलनका एक योद्धासमेत रहेका दहित थरुहट तराई पार्टीको समेत नेतृत्व गरेका...

थारुवान संबाददाता

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा पदाधिकारीमा आउन थारु नेताहरुले लबिङ थालेका छन्। आ-आफ्नो गुटमा थारु नेताहरुले लबिङ थालेका हुन्। आरक्षणतर्फको थारु कोटामा एक जना सहमहामन्त्री निर्वाचित हुने प्रावधान छ।

थारुवान संबाददाता

नेपाली कांग्रेसको १४औं महाधिवेशन २४ मंसिरदेखि काठमाडौंमा सुरु हुँदैछ। कांग्रेसको महाधिवेशनमा समावेशी सिद्धान्त अख्तियारी गरिएको छ। जसमा थारु समुदायलाई पनि कोटा छुट्याइएको छ। संविधानअनुसार थारु कोटाका लागि कम्तिमा ७ प्रतिशत कोटाको व्यवस्था गर्नुपर्ने भए पनि कांग्रेसले करिब ४ प्रतिशत कोटा निर्धारण गरेको छ।

थारुवान संबाददाता

नेपाली कांग्रेसको १४औं महाधिवेशन २४ मंसिरदेखि काठमाडौंमा सुरु हुँदैछ। मुलुक संघीयतामा गएपछि कांग्रेसले पनि पार्टीको संरचना सोहीअनुसार ढालेको छ। कांग्रेसको केन्द्रीय कार्यसमिति एक सय ३४ सदस्यीय हुनेछ। कोषाध्यक्षबाहेक सबै निर्वाचित हुनेछन्।

थारुवान संबाददाता

सांसद तेजुलाल चौधरी नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। सप्तरी क्षेत्र नं ४ को क्षेत्रीय अधिवेशनबाट उनी महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन्। उनीसँगै अर्का सांसद नमिता कुमारी चौधरी पनि महाधिवेशन प्रतिनिधि चयन भएकी छन्।

थारुवानन्युज

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनबाट नयाँ पुस्ताका राजेन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित भएका छन्। त्यस्तै उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र रोशन कार्की निर्वाचित भए भने महामन्त्रीमा डा. धवलशमशेर राणा, भुवन पाठक र कुन्ती शाही विजयी भए।

थारुवान संबाददाता

विजय गच्छदार निकट मानिएकी प्रमिला गच्छदार प्रदेश १ को सहमहामन्त्री पदमा निर्वाचित भएकी छन्। आइतबार राति सम्पन्न प्रथम प्रदेश अधिवेशनमा उनले ८३७ मत ल्याई विजयी भएकी हुन्। यसअघि मोरङ सभापतिमा विजय गच्छदार निकट दिलीप गच्छदार पराजित भएका थिए।

थारुवान संबाददाता

रन्जिता श्रेष्ठ चौधरी आदरणीय बुद्धिजीबी वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरु । २०७२ भाद्र ७ गते टीकापुरमा घटित राजनीतिक घटना थारु विद्रोह बारेमा सबैलाई सर्वविदितै छ । सर्वप्रथमतः टीकापुर घटनामा सहिद हुने बालकसहित वीर प्रहरीहरुलाई श्रदाञ्जली अर्पण गर्न चाहन्छु । साथै सहिद परिवारलाई धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन्, यही...

रन्जिता श्रेष्ठ चौधरी

जेलमा रहेका सांसद रेशम चौधरी समर्थित कार्यकर्ताहरुले शुक्रबारदेखि दुई दिन राजनीतिक छलफल आयोजना गरेका छन्। अनामनगरस्थित तमु बौद्ध सेवा समाज हुने भनिएको कार्यक्रममा देशभरिबाट उनी समर्थित कार्यकर्ताहरु उपस्थित भएको बताइएको छ।

थारुवान संबाददाता

नेपाली कांग्रेसको जारी अधिवेशनमा बारा जिल्लाकै कान्छी उम्मेदवारले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएकी छन्। यसअघि कोल्बी नगरपालिकाको उपमेयरको उम्मेदवारसमेत रहिसकेका राधा चौधरीले कांग्रसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएकी छन्।

थारूवान