थारू समाचार

खानेपानी मन्त्री उमाकान्त चौधरीले आफन्तलाई दिए उपप्रमुखको टिकेट

नेपाली कांग्रेसका सहमहामन्त्री एवं खानेपानी मन्त्री उमाकान्त चौधरीले बाराको कोल्हबी नगरपालिकाको उपप्रमुखको टिकेट आफन्तलाई दिएपछि विवाद सुरु भएको छ। कांग्रेसको सक्रिय राजनीतिमा रहेका महिलाहरुलाई पाखा लगाउँदै

थारुवान संबाददाता

थारु गायक खेम चौधरीले आसन्न स्थानीय तह निर्वाचनमा स्वतन्‍त्र उम्मेदवारी दिएका छन्। थारु सांगीतिक क्षेत्रमा एक दसकदेखि सक्रिय रहेका उनले कपिलवस्तुको बाणगंगा नगरपालिका वडा २ को वडाध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन्।

थारुवान संबाददाता

जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख पदमा नेकपा एमालेको तर्फबाट सरस्वती देवी चौधरीले उम्मेदवारी दर्ता गराएकी छन्। एमालेका नेताकार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर चौधरीले उम्मेदवारी दर्ता गराएकी हुन्।

थारुवान संबाददाता

नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेशका सांसद दीपेश थारुले राजीनामा दिएका छन्। उनले बर्दियाको राजापुर नगरपालिकामा मेयरका उम्मेदवारका लागि राजीनामा दिएका हुन्। ‘माओवादीको तर्फबाट मेयर लड्न मैले राजीनामा दिएको हुँ। अब राजपुरको प्रमुख भएर यहाँको विकासका निम्ति खट्छु,’ उनले भने।

थारुवान संबाददाता

रेशम चौधरीको पार्टी नागरिक उन्मुक्त पार्टीले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ। आसन्न स्थानीय निर्वाचनमा कैलालीसहित पश्चिम तराईका जिल्लामा उम्मेदवारी दिएका रेशम चौधरीको पार्टीले स्वरोजगार अभियानलाई आत्मसात गरेका छन्।

थारुवान संबाददाता

कैलालीको कैलारी गाउँपालिका-७ बिपतपुर मुक्तकमैया शिविरमा आइतबार भीषण आगलागी भयो। आगो झण्डै ४ घण्टापछि नियन्त्रणमा आयो। आइतबार दिउँसो साढे १ बजेदेखि सुरू भएको आगलागी साँझ साढे ४ बजे मात्रै नियन्त्रणमा आएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

लखन चौधरी

नेपाली कांग्रेसले बारा जिल्लाका सबै स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ। आइतबार राति अबेरसम्म जनकपुरमा बसेको स्थानीय तह, जिल्ला र प्रदेश कमिटीको बैठकले उम्मेदवारको ‍टुंगो लगाएको हो।

थारुवान संबाददाता

जनता समाजवादी पार्टी (जसपा) बर्दियाका जिल्ला अध्यक्ष मोहन चौधरीले पार्टी परित्याग गरेका छन्। सामाजिक सञ्जालमार्फत् उनले पार्टी परित्यागको घोषणा गरेका हुन्। हालः स्वतन्त्र बस्ने बताए पनि उनको स्टाटसले उनी रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीमा आबद्ध हुने बताइएको छ।

थारुवान संबाददाता

नेकपा एमालेले घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीलाई दोहोर्‍याउने भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा शनिबार साँझ बसेको सचिवालय बैठकले नरुलाललाई दोहोर्‍याउने निर्णय गरेको हो। त्यस्तै तुलसीपुरको उपमेयरमा थारु उम्मेदवार चयन गरेको छ। एमालेले स्यानी चौधरीलाई उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ। त्यस्तै इटहरी उपमहानगरपालिकामा पनि उपमेयरको उम्मेदवार...

थारुवान संबाददाता

दुई दसक बढी पत्रकारितामा सक्रिय रहेका कैलाली टीकापुरका गणेश चौधरी राजनीतिमा होम्मिने भएका छन्। उनले टीकापुरसँगै रहेको जानकी गाउँपालिकामा अध्यक्ष पदमा उम्मेदवारी दिँदैछन्। उनले रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिन लागेका हुन्।

मदन चौधरी