थारू समाचार

देशभरि २९ पालिकामा थारु उम्मेदवारले लिँदैछन् अग्रता (सूचीसहित)

देशभरि थारु समुदाय २९ जना उम्मेदवारले पालिका प्रमुखमा अग्रता लिएका छन्। तीमध्ये सबैभन्दा धेरै कांग्रेसबाट ११ पालिकामा अग्रता लिएको छ भने एमालेबाट १० र जसपा र रेशम चौधरीको पार्टीबाट ३ पालिकामा अग्रता लिएको छ। माओवादीबाट भने एक पालिकामा अग्रता लिएको छ।

थारुवान संबाददाता

टीकापुर नगरपालिकामा रेशम चौधरी नेतृत्वको पार्टीले‍ अग्रता कायम राखेको छ। नागरिक उन्मुक्ति पार्टीले दुई गुणा बढी मतले अग्रता लिएको हो। मेयर पदका उम्मेदवार रामलाल डंगौराथारुले १४९० मत प्राप्त गरेका छन्। उनलाई नेपाली कांग्रेसका नवराज रावलले ७८१ मतका साथ पछ्याएका छन् भने तेस्रोमा नेकपा एमालेका श्याम खत्रीले ६९६ मत पाएका...

थारुवान संबाददाता

टीकापुर नगरपालिका वडा नम्बर ५ मा नागरिक उन्मुक्ति पार्टीका वडाध्यक्षका उम्मेदवार बलबीर थारूको प्यानल विजयी भएको छ। वडाध्यक्षमा थारूले ८२० मत पाएका छन्।

थारुवान संबाददाता

पछिल्लो मतपरिणाम अनुसार कैलालीका २ पालिकामा रेशम चौधरीको अगुवाइमा स्थापना भएको नागरिक उन्मुक्ति पार्टीले आफ्नो अग्रता फराकिलो पार्दै गएको छ। जिल्लाको टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिकामा आफ्नो अग्रता कायमै राखेको छ।

लखन चौधरी

कारी महतो चितवन : खैरहनी नगरपालिका वडा नं. १२ मा वडा अध्यक्षको पदमा आफैँले पढाएका विद्यार्थीसँग कृष्णलाल चौधरी चुनावी प्रतिस्पर्धा गर्दैछन्। उनले नेकपा एमालेको तर्फबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। उनका चेला केदारनाथ पन्तले नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका छन्। २०४० देखि २०५४ सम्म कपिया माविमा शिक्षकको रूपमा अनुभव...

कारी महतो

काठमाडौं : स्थानीय तहको निर्वाचन वैशाख ३० गते सम्पन्न हुँदैछ। निर्वाचनका लागि ७२ घन्टे मौन अवधि आज राति १२ बजेपछि सुरु पनि हुँदैछ। आसन्न स्थानीय निर्वाचनमा थारु बाहुल्य रहेको पालिकामा कसले जित्ने भन्ने आम चासोको विषय बनेको छ।

थारुवान संबाददाता

कारी महतो चितवन : खैरहनी नगरपालिका वडा नं. ८ मा रहेको बाबा ग्याँस प्लान्टको पछाडिबाट बग्ने कुलोमा बग्ने पानीले हरेक वर्षको वर्षायाममा पर्सा बजारलाई नै डुबानमा पार्ने गरेको छ। वर्षभरि पानी बग्ने त्यस कुलोमा क्यानेइङ परियोजना आउने भएको छ।

कारी महतो

आसन्न स्थानीय तह निर्वाचनमा तीन जना थारु महिला पालिका हाँक्न उम्मेदवार बनेका छन्। नेकपा एमालेबाट सरस्वती चौधरीले जितपुर सिमरा उपमहानगरपालिकामा आफ्नो दाबेदारी पेश गरेकी छन्। यसअघि उपमेयरसमेत रहेकी सरस्वती चौधरीले विकसित पालिका बनाउने प्रतिवद्धता जनाएकी छन्।

थारुवान संबाददाता

कारी महतो चितवन : स्थानीय निर्वाचनमा खैरहनी नगरपालिकाको वडा नं. १० मा एमालेका तर्फबाट निकै अनुभवी मानिएका कारीराम चौधरीले दोस्रो कार्यकालका लागि वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। कारीराम चौधरीले २०७४ को निर्वाचनमा वडाअध्यक्ष पदमा विजयी हासिल गरी जनताको मनमस्तिष्कमा बसिसकेका छन्।

कारी महतो

बर्दियाको बारबर्दिया नगरपालिकालाई निवर्तमान मेयर दुर्गाबहादुर चौधरीले नमुना पालिकाको रुपमा अगाडि बढाए। थारु बाहुल्य क्षेत्र भएको पालिकामा थारु भाषा, कला र सँस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि अग्रपंक्तिमा रहेर काम गरे।

थारुवान संबाददाता