थारू समाचार

नागरिक उन्मुक्ति पार्टीबाट वडाध्यक्षमा निर्वाचित भइन् रेनु कुमारी चौधरी

कैलालीको जोशीपुर गाउँपालिकामा महिला वडाध्यक्ष निर्वाचित भएकी छन्। नागरिक उन्मुक्ति पार्टीकातर्फबाट वडा नं. ३ को वडाध्यक्षमा रेनु कुमारी चौधरी प्यानलसहित निर्वाचित भएकी हुन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनी ६१५ मत प्राप्त गरेर निर्वाचित भएकी हुन्।

थारुवान संबाददाता

स्थानीय तह निर्वाचनमा बाराको करैयामाई गाउँपालिकामा निवर्तमान अध्यक्ष कांग्रेसका भुनेश्वर धामी थारु पराजित भएका छन्। करैयामाईमा जनता समाजवादी पार्टी विजयी भएको छ। जसपका उम्मेदवार शम्भुप्रसाद यादवले ५,५९८ मत ल्याई विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी धामीले ३,४०० मत ल्याए।

थारुवान संबाददाता

रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले कैलालीको टीकापुर नगरपालिकामा अग्रता कायमै राखेको छ। ५ वटा वडाको मतगणना सकिँदा नागरिक उन्मुक्ति पार्टीका मेयर उम्मेदवार रामलाल डगौरा थारुले ४२१६ मतका साथ अग्रस्थानमा छन्।

थारुवान संबाददाता

अघिल्लो स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले जितेको बर्दियाको बारबर्दिया नगरपालिकामा यसपटक नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्। मेयर र उपमेयर दुबै पद कांग्रेसले जित्दा माओवादी केन्द्र भने तेस्रो भएको छ।

थारुवान संबाददाता

कञ्चनपुर : कञ्चनपुरको लालझाडी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले)का उम्मेदवार निर्मल रानाले चार हजार ५१६ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार मदनसेन बडायकले दुई हजार ८५८ मत प्राप्त गरे।

थारुवान संबाददाता

सर्लाहीको हरिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका गोपाल पजियार निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका सुनिल बुढाथोकीलाई ३ हजार ५१ मतले पछि पार्दै पजियार विजयी भएका हुन्। उनले ६ हजार ९३८ मत प्राप्त गर्दा बुढाथोकीले ३ हजार ८८७ मत पाए।

थारुवान संबाददाता

टीकापुर नगरपालिकामा रेशम चौधरी नेतृत्वको पार्टीले अर्को जित निकालेको छ। वडा ४ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार लालवीर चौधरीको प्यानल विजयी भएको छ। लालवीरले १२३० मत प्राप्त गरी विजयी भएका हुन्।

थारुवान संबाददाता

टीकापुर नगरपालिकामा रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले अग्रता कायमै राखेको छ। पछिल्लो मतपरिणामअनुसार नागरिक उन्मुक्ति पार्टीका मेयर उम्मेदवार रामलाल डगौरा थारुले २४३७ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नवराज रावलले १४६९ मत पाएका छन् भने एमालेका श्याम खत्रीले ९१७ मत पाएका छन्।

थारुवान संबाददाता

रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले जोशीपुरमा पनि खाता खोलेको छ। वडा १ मा नागरिक उन्मुक्ति पार्टीबाट रामचन्द्र चौधरीको प्यानल नै विजयी भएको छ। रामचन्द्रले ७७३ मत पाउँदा उनका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका फुलराम डंगौराले ४७१ मत पाए भने नेकपा एमालेका पुरन लाल डंगौराले ३११ मत पाए।

थारुवान संबाददाता

सप्तरीको सुरुङ्गा नगरपालिकामा कांग्रेसकी गीता चौधरीले अग्रता लिएकी छन्। उनले ७६७ मतका साथ अगाडि छिन्। उनका नेकपा एकीकृत समाजवादीका रामनारायण चौधरीले ७३४ मत ल्याएका छन्।

थारुवान संबाददाता