थारू समाचार

बाँकेको डुडुवामा नरेन्द्र चौधरी निर्वाचित

बाँकेको डुडुवा गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। गाउँपालिकाको अध्यक्षमा नरेन्द्र चौधरी निर्वाचित भएका छन्। अध्यक्ष पदमा उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।

थारुवान संबाददाता

पर्साको जिराभवानी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा नेपाली कांग्रेसका ३२ वर्षीय अनोज चौधरी र उपाध्यक्षमा रेखा चौधरी विजयी भएका हुन्।

थारुवान संबाददाता

मोरङको कटहरी गाउँपालिका अध्यक्षमा कांग्रेसका देवराज चौधरी र उपाध्यक्षमा एमालेकी सितादेवी राजवंशी निर्वाचित भएका छन् । गाउँपालिका अध्यक्षमा कांग्रेसले निरन्तरता पाएको हो । एमालेका उम्मेदवार शुभाषकुमार सरदारलाई ९ सय ८३ मतान्तरले पछि पार्दै चाैधरी अध्यक्षमा निर्वाचित भएका हुन् ।

थारुवान संबाददाता

दाङको लमही नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। मेयरमा जोगराज चौधरी र उपमेयरमा लक्ष्मी योगी विजयी भएका हुन्। चौधरी २ हजार ३२ मतान्तरले मेयरमा विजयी भएका छन्। उनले ९ हजार ३ सय १७ मत प्राप्त गरे।

थारुवान संबाददाता

बर्दियाको राजापुर नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका दिपेश थारु निर्वाचित भएका छन्। उनी ९ हजार ८०७ मत ल्याएर निर्वाचित भए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसक दीपकजंग शहले ९ हजार ७६० मत ल्याए।

थारुवान संबाददाता

कञ्चनपुरको बेलौरी नगरपालिकाकाे प्रमुख पदमा पुनः माओवादीका पाेतीलाल चाैधरी विजयी भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार कमला बोहरालाई २०८४ मत अन्तरले पराजित गरेका छन्।

थारुवान संबाददाता

सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। एमालेबाट अध्यक्ष पदमा दिनानाथ चौधरी र उपाध्यक्षमा कांग्रेसबाट कल्पना चौधरी निर्वाचित भएका हुन्।

थारुवान संबाददाता

चितवनको माडी नगरपालिकाको मेयर पदमा नेकपा एमालेकी ताराकुमारी काजी महतो विजयी भएकी छन्। ताराले सत्तारूढ गठबन्धनबाट उम्मेदवार रहेका माओवादी केन्द्रका उम्मेद्वार ऋषिराम काफ्लेलाई पराजित गरेकी हुन्।

थारुवान संबाददाता

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रामजनम चौधरीको प्रभाव क्षेत्रमा रेशम चौधरीको पार्टीबाट अर्का रामजनमको उदय भएको छ। पूर्वमन्त्री चौधरीको घर रहेको जोशीपुर गाउँपालिका-४ को वडाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीबाट रामजनम चौधरी निर्वाचित भएका छन्।

थारुवान संबाददाता

रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले कैलालीमा चार वटा पालिकामा अग्रता लिइरहेको छ। टीकापुरमा नगरपालिकामा मेयर उम्मेदवार रामलाल डगौरा थारुले ५६७८ मतका साथ निरन्तर अग्रस्थानमा रहेका छन्। उपप्रमुखमा पनि उल्कादेवी विश्वकर्मा ४५१९ मतका साथ अगाडि छिन्।

थारुवान संबाददाता