थारू समाचार

कांग्रेस-एमालेका नेताहरु रेशम चौधरीको पार्टीमा प्रवेश, पूर्वमन्त्री रामजनम चौधरीलाई झट्का

कैलालीको नेपाली कांग्रेसका महासमिति सदस्य र नेकपा एमालेका जिल्ला नेतासहित दर्जनौं कार्यकर्ताहरु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्।

थारुवान संबाददाता

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा थारु समुदायबाट प्रमुख/अध्यक्ष पदमा ३१ जना निर्वाचित भएका छन्। त्यस्तै उपप्रमु/उपाध्यक्ष पदमा थारु समुदायका ५२ जना निर्वाचित भएका छन्। वडाध्क्षतर्फ भने ३५० जना निर्वाचित भएका छन्।

थारुवान संबाददाता

नेकपा एमाले संघीय संसदीय दलकी सचेतक शान्ता चौधरी बुधबार राति अमेरिका प्रस्थान गरेकी छन्। प्रवासी नेपाली मञ्च अमेरिकाले आयोजना गरेको कार्यक्रममा भाग लिन चौधरी अमेरिका प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ।

थारुवान संबाददाता

बर्दियाको मधुवनमा सोमबारदेखि वन्यजन्तु पीडितहरूले प्रदर्शनसँगै बन्द गरेको बजार खुलाइएको छ। गुलरिया, राजापुरसहित हुलाकी सडक खण्डको ओराली बजार बुधबारदेखि खुलाइएको हो। स्थानीय प्रदर्शनकारीले चक्काजाम र बन्दका कार्यक्रम पनि फिर्ता लिएका छन्।

थारुवान संबाददाता

नेकपा माओवादी केन्द्रका सांसद अमन लाल मोदीले जेलमा रहेका निलम्वित सांसद रेशम चौधरीको रिहाइ माग गरेका छन्। संसदको शून्य समयमा बोल्दै सांसद मोदीले थारुहरु अझै अन्यायमा परेको र अधिकारको लागि लडेकै भरमा टीकापुर

थारुवान संबाददाता

बर्दियाको मधुवन नगरपालिका स्थित ओराली बजारमा प्रहरीको गोली लागेर सोमबार नविना थारुको मृत्यु भयो। उनको शव गुलरिया अस्पतालमा राखिएको छ। बाघ आतंक नियन्त्रणको माग राखेर प्रदर्शन गर्दा भएको प्रहरी दमनबारे स्थानीय प्रशासनसँग सर्वपक्षीयरुपमा ५ बुँदे सहमति भएको छ।

थारुवान संबाददाता

टीकापुर नगर कार्यपालिकाकाे पहिलाे बैठकले विसं २०७२ सालको टीकापुर घटना राजनीतिक भएकाे निर्णय गरेकाे छ। पहिचानका लागि भएकाे आन्दाेलनकाे क्रममा भएकाे घटनालाई राजनीतिक रूपले समाधान गर्न बैठकले सरकारसँग मागसमेत गरकेो छ।

थारुवान संबाददाता

बर्दियाको ओराली बजारमा प्रहरीको गोलीबाट मारिएकी १८ वर्षीया नविना चौधरीको हत्यारालाई कानुनी कारबाही गर्न थारु आयोगले माग गरेको छ। आयोगका प्रवक्ता घनश्याम उपाध्यायले प्रेस विज्ञप्ति जारी गर्दे मृतकको परिवारलाई उचित राहत र क्षतिपूर्ति दिन सरकासँग मागसमेत गरेको छ।

थारुवान संबाददाता

गृहमन्त्री बालकृष्ण खाणले बर्दियामा सोमबार अवरुद्ध हुलाकी सडक खुलाउने सिलसिलामा भएको गोली प्रहारको घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको सदनलाई जानकारी गराएका छन्।

थारुवान संबाददाता

गृहमन्त्री बालकृष्ण खाणले बर्दियामा भीड नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर एक महिलाको मृत्यु भएपछि त्यस घटनाको छानबिन गरेर दोषीलाई कारबाही गरिने बताएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद बिमला विकले घटनाको बारेमा गृहमन्त्रीको जवाफ मागेपछि उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।

थारुवान संबाददाता