थारू समाचार

राठौरको ठाडो हस्तक्षेपमा संसदीय समितिको निर्णय उल्टाएर जिससको सूचीबाट थारुको नाम हटाइयो

कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरको ठाडो हस्तक्षेपमा बर्दियाको जिल्ला समन्वय समितिमा जानबाट एक जना थारु वञ्चित भएका छन्। बाँसगढी वडा ९ बाट खुला सदस्यमा निर्वाचित मणिराम थारुलाई राठौरकै निर्देशनमा जिससको सूचीबाट नाम हटाइएको हो।

थारुवान संबाददाता

सरकासँग भएको ६ बुँदे सम्झौताको कार्यान्वय गर्नुपर्ने भन्दै थारु कल्याणकारिणी सभा (थाकस)ले मन्त्रीहरुलाई ज्ञापन पत्र बुझाएका छन्। थाकस पदाधिकारीहरुले सिंहदरवारमा कानुनमन्त्री गोविन्द बन्दी र सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका हुन्।

थारुवान संबाददाता

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले डिल्लीबजारस्थित कारागारमा रहेका रेशम चौधरीलाई भेटेका छन्। भेटका क्रममा चौधरीले टिकापुर घटनामा निर्दोष थारुहरुलाई फसाइएको गुनासो गरेका थिए।

थारुवान संबाददाता

टीकापुर घटना राजनीतिक घटना हो भनी संसदमा संकल्प पेस गर्न माग गरिएको छ। थरुहट अभियन्ता सुरेन्द्र चौधरीले संसदको यही अधिवेशनमा संकल्प प्रस्ताव दर्ता गर्न लोकतान्त्रिक समावादीका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईसँग माग गरेका हुन्।

थारुवान संबाददाता

नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले कांग्रेसमा न्याय खोज्नु मुर्खता भएको उल्लेख गरेका छन्। उनले कांग्रेस युवा नेतालाई सुझाव दिँदै उपाय खोज्नसमेत सुझाएका छन्।

थारुवान संबाददाता

पर्सा जिल्ला अदालतले ४ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेका देवशंकर चौधरीलाई जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश राजेशकुमार कटुवालको इजलासले चौधरीले मुलुकी अपराधसंहिता २०७४ को दफा २१९ (२) (ग) ले परिभाषित कसुर गरेको पुष्टि हुन आएकाले

थारुवान संबाददाता

कैलाली जिल्ला समन्वय समितिको निर्वाचनमा धनगढी उपमहानगरका मेयर गोपाल हमाल निर्णायक बन्दा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्। स्वतन्त्रबाट मेयर जितेका हमालले चुनावको अघिल्लो दिनसम्म आफू स्वतन्त्र रहने र कसैको पक्षमा मतदान नगर्ने बताएका थिए।

थारुवान संबाददाता

नेकपा एमालेकी सचेतक शान्ता चौधरीले राजनीतिमा लागेका थारुहरुलाई संरक्षण गर्नुपर्ने बताएकी छन्। अमेरिका भ्रमणमा रहेकी चौधरीले सिकागोल्यान्ड थारु सोसाइटीले आयोजना गरेको कार्यक्रममा बोल्दै जोकोही थारुहरु राजनीतिमा आउन नसक्ने भएकाले थारु नेताहरुको संरक्षण गर्नुपर्ने बताइन्।

थारुवान संबाददाता

थारु आयोगले दीगो विकास लक्षका मुख्य सूचकहरुका आधारमा थारु समुदायको समग्र अवस्थाको अध्ययन विषयक गोष्ठी आयोजना गरेको छ। सोमबार ललितपुरको पाटनढोकामा आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, मानवशास्त्र विभागका प्रा.डा. विनोद पोखरेलले अध्ययन प्रतिवेदनमाथि प्रस्तुती दिएका थिए।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले पार्टी सञ्चालन र कार्य विभाजन प्रस्ताव तयार परेका छन् । काठमाडौंको डिल्लीबजार कारागारमा जन्म कैदको सजाय भोगिरहेका चौधरीले जेलमै प्रस्ताव तयार पारेका हुन्।

थारुवान संबाददाता