थारू समाचार

यो देशका शासकहरुलाई संसदीय चुनावमा परिणाम ल्याएर देखाउँछौं : सुरेन्द्र चौधरी

पहिचानको आन्दोलनलाई नेतृत्व गर्ने रेशम चौधरी र थरुहट आन्दोलनको बिगुल फुक्ने लक्ष्मण चौधरीको काँध आज जोडिएको छ। हामी यो देशको नागरिक हौं, यो देशको भूमिपुत्र हौं। हामीले विभिन्न माध्यमबाट आफ्नो माग मुद्दाका विषयहरु उठाउँदै आएका छौं।

सुरेन्द्र चौधरी

पार्टी प्रवेश कार्यक्रममा आउँदै गर्दा केही साथीहरुले भन्दैथिए- नजाउ, पुलिसले समात्छ। किन प्रकिन्छ भन्दा मुद्दा लागेको छ रे। सबैलाई थाहा हामीलाई जन्मकैदको फैसला छ। हामीले गल्ती नगरिकनै जन्मकैदको फैसला भोग्दैछौं। माननीय रेशम चौधरीसहित सात जना थारुहरु अहिले पनि जेलमा छन्। टीकापुर घटना के हो, किन बंग्याइन्छ वा न्याय दिँदैन?

लक्ष्मण चौधरी

थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारु र थारु अभियन्ता सुरेन्द्र चौधरसहित ५ दर्जन बढी रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्। काठमाडौंको रिपोर्टर्स क्लबमा आयोजित पार्टी प्रवेश कार्यक्रममा मोर्चाका संयोजकसहित ९ जना नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन्।

थारुवान संबाददाता

थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारु र थारु अभियन्ता सुरेन्द्र चौधरसहित ५ दर्जन बढी रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्। काठमाडौंको रिपोर्टर्स क्लबमा आयोजित पार्टी प्रवेश कार्यक्रममा मोर्चाका संयोजकसहित ९ जना नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन्।

थारुवान संबाददाता

रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले भोलि (आइतबार) पार्टी प्रवेश कार्यक्रम आयोजना गर्दैछ। भृकुटिमण्डपको रिपोर्ट्स क्लबमा १ बजे आयोजना हुने कार्यक्रममा विभिन्न पार्टीका थारु नेताहरु पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको एक नेताले बताए।

थारुवान संबाददाता

कैलालीको जानकी गाउँपालिकाले थारु समुदायलाई मात्र लाग्ने रोग सिकलसेल रोग पहिचान तथा निदानका लागि शिविर सञ्चालन गर्न २० लाख बजेट विनियोजन गरेको छ।

थारुवान संबाददाता

घोराही उपमहानगरपालिकाले थारु समुदायका लागि ४६ लाख बजेट विनियोजन गरेको छ। उसले आन्तरिकतर्फ २६ लाख र संघ सरकारबाट प्राप्त अनुदानबाट २० लाख गरी ४६ लाख बजेट विनियोजन गरेको हो।

थारुवान संबाददाता

युनिक नेपालको ३ वर्षे रणनीतिक योजना कार्यशालाआज सम्पन्न भएको छ। युनिक नेपालले आगामी ३ वर्षभित्र समुन्नत समाज निर्माणका लागिआर्थिक, सामाजिक, साँस्कृतिक क्षेत्रमा महत्वपूर्ण कार्य गर्ने उद्देश्य समेट्दै सो कार्यशाला सम्पन्न गरेको छ।

थारुवान संबाददाता

नेपालको लुम्बिनीमा हुने भनिएको अन्तर्राष्ट्रिय थारु महासभाको बैठक स्थगित भएको छ। गत ९ जेठमा भारतीय थारु कल्याण महासंघको स्वर्ण जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय महासभा गठन गरिएको थियो। गठनपश्चात् असार १८ गते लुम्बिनीमा बैठक आह्वान गरिएको थियो।

थारुवान संबाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले टीकापुर घटनाका राजबन्दी रिहाइ र थारु कलस्टरअन्तर्गत ६.६ प्रतिशत कोटा छुट्याउन सम्बन्धित निकायसँग विस्तृत छलफल गर्ने बताएका छन्।

थारुवान संबाददाता