थारू समाचार

रुपन्देहीमा थारू बौद्ध समाज गठन, राज चौधरी बने अध्यक्ष

थारु बौद्ध समाज केन्द्रीय समितिले मंगलबार रुपन्देहीमा पहिलो जिल्ला भेला सम्पन्न गरेको छ। रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नं. २, पडसरीमा अवस्थित थारु कल्याणकारिणी सभाको जिल्ला सभाहलमा सो भेला सम्पन्न भएको हो।

मनजीत चौधरी

नेपाल लोकतान्त्रिक पार्टीले कैलालीका पाँच वटै क्षेत्रमा प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारको टुंगो लगाएको छ। रेशम चौधरीको क्षेत्रसमेत रहेको कैलाली १ मा प्रेम चौधरीको नाम टुंगो लगाएको छ। उक्त क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले उम्मेदवारी घोषणा गरेकी छन्।

थारुवान संबाददाता

आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन ७६ दलले निवेदन दिएका छन्। निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगको निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न ७६ दलबाट ६८ निवेदन परेका छन्।

थारुवान संबाददाता

सुदूरपश्चिम प्रदेशसभाले ‘सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ बहुमतले पारित गरेको छ। सोमबार बसेको प्रदेशसभाको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए।

थारुवान संबाददाता

जेलबाटै पार्टी हाँकिरहेका रेशम चौधरीले भरपर्दो सारथीको रुपमा थारु अभियन्तासमेत रहेका सुरेन्द्र चौधरीलाई अघि सारेका छन‍्। नागरिक उन्मुक्त पार्टीले उनलाई केन्द्रीय राजनीतिक संयोजन गर्न संयोजकको जिम्मेवारी दिएको छ।

थारुवान संबाददाता

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवर बन्ने मापदण्ड खुकुलो बनाएको छ। एकपटक जितिसकेका व्यक्ति फेरि पनि प्रत्यक्षतर्फको चुनाव लड्नसक्ने निर्णय एमाले बैठकले गरेको छ।

थारुवान संबाददाता

चुनाव मिति घोषणा भएसँगै कुन क्षेत्रबाट कसले उम्मेदवारी दिने भन्ने विषय रोचक बन्दै गएको छ। सत्ता गठबन्धन दलले चुनावी गठबन्धन गर्ने तयारी गर्दै गर्दा कुन क्षेत्रबाट कसले उम्मेदवारी दिने भन्ने कुराको टुंगो लगाउन सकस भएको छ।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीका बरिष्ठ नेता सुरेन्द्र चौधरीले देउखुरीबाट चुनाव लड्ने घोषणा गरेका छन्। लमहीमा आयोजित भेलामा उनले देउखुरी क्षेत्रबाट उम्मेदवार भन्ने ठूला दलका नेताहरु थारुविरोधी भएको आरोप लगाए।

थारुवान संबाददाता

नेपाली कांग्रेसले अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित भएका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुलाई नदोहोर्‍याउने निर्णय गरेको छ। महामन्त्री गगन थापाले चार तहलाई गरेको परिपत्रमा समानुपातिकतर्फ ०७४ मा निर्वाचित व्यक्तिलाई पुनः समानुपातिकतर्फ नै उम्मेदवार बनाउन सिफारिस नगर्न निर्देशन दिएका हुन्।

थारुवान संबाददाता

टीकापुर घटनामा जेलबन्दी जीवन बिताइरहेका रेशम चौधरीले बर्दिया क्षेत्र नं २ बाट प्रतिनिधिसभा चुनाव लड्ने घोषणा गरेका छन्। बर्दियामा आयोजित कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले रेशम चौधरीको तर्फबाट उम्मदवारी घोषणा गरेकी हुन्। उनी रेशम पत्नीसमेत हुन्।

थारुवान संबाददाता