थारू समाचार

पत्नी र बुहारीका लागि देउवा र प्रचण्डको रेशम चौधरीसँग बार्गेनिङ

रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीको चर्चा यतिबेला देशभरि छ। स्थानीय तह निर्वाचनमा कैलालीको चार पालिका जित्दै ठूलो दल बनेपछि आम निर्वाचनमा यो पार्टीले कस्तो मतपरिणाम ल्याउँला भन्ने चर्चा सर्वत्र रहेको छ।

थारुवान संबाददाता

वीरगन्जकाे प्रभु हस्पिटलमा एक महिलाले तीन जना शिशुको जन्म दिएकी छन्। पर्सागढी नगरपलिका वडा नंबर ९ का वृज चौधरी थारुकी पत्नी ललिता देवी थरुनीले ३ जना बच्चाको जन्म दिएकी अस्पतालले जनाएको छ।

थारुवान संबाददाता

चार वर्ष अगाडिसम्म तराईको मध्य क्षेत्रमा रहेका थारुहरुबीच परिचित नाम हो- केशवराज महतो। गीत, संगीत, गायक र मोडलको छबि बनाएका उनी एकाएक विदेशिए। त्यसपछि उनी गुमनाम बसे।

थारुवान संबाददाता

बाँकेको जानकी गाउँपालिका-३ मा सिकलसेल एनिमियाको सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्र निर्माण कार्य सुरु भएको छ।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीका संगठन विभाग प्रमुख लक्ष्मण जोगेठवा थारुले आउँदो संसदीय चुनावमा प्रतिनिधिसभातर्फ २५ सिट जित्ने दाबी गरेका छन्। एउटा टेलिभिजन अन्तर्वार्तामा उनले संघमा २५ र प्रदेशमा ५५ सिट जित्ने दाबी गरे।

थारुवान संबाददाता

पर्साको जीराभवानीकी अन्तिमा चौधरीलाई आजभोलि एकक्षण पनि फुर्सद छैन । उनी बिहानै उठेर जङ्गल जान्छिन र काँस लिएर आउँन्छिन् । त्यसलाई सुकाएर विभिन्न रङ्गीन नुइला, डलिया, सुप्पा, टोपीलगायतका सामग्री बनाए। उनले बनाएका ती सामग्री चाडवाड, बिहेवारी, सगुन सबै कार्यमा प्रयोगमा आउँछन् ।

माधुरी महतो

कांग्रेस र जसपाका सांसदले निर्वाचनअघि रेशम चौधरीको रिहाइ माग गरेका छन्। जसपा सांसद नरमाया ढकाल र कांग्रेस सांसद पार्वता डिसी चौधरीले थारु समुदायका होनाहार युवालाई थुनामा राखेर निर्वाचनमा जानु सही नभएको बताए।

थारुवान संबाददाता

सर्वोच्च अदालतले थारू समुदायका लागि ६.६ प्रतिशत कोटा छुट्याउन अन्तरिम आदेश जारी गरेको छ। थारु कल्याणकारिणी सभाका तर्फबाट महामन्त्री प्रेमीलाल चौधरी र अधिवक्ता श्रवणकुमार चौधरीले राष्ट्रिय परीक्षा बोर्ड, पूर्वाञ्चल विश्वविद्यालय र नेपाल सँस्कृत विश्वविद्यालयविरुद्ध दायर गरेको रिटमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो।

थारुवान संबाददाता

दाङ दङ्गीशरण गाउँपालिका-६ वागरका प्रदीप चौधरीले सिकलसेल एनिमियाको उपचारका लागि १७ लाख खर्च गरिसके। २१ वर्षीय उनी विगत आठ-नौ वर्षदेखि सिकलसेल पीडित छन्।

दीपक बोहोरा/रासस

बाराकी थरुहट नेतृ राधा चौधरीले नेपाली कांग्रेस परित्याग गरेकी छन्। उनले सामाजिक सञ्जालबाट आफूले कांग्रेसको साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएको उल्लेख गरेकी छन्।

थारुवान संबाददाता