समाचार

जसपाले थरुहट थारुवान मोर्चालाई गर्‍यो ‘मर्जर’को प्रस्ताव

जनता समाजवादी पार्टी (जसपा) र थरुहट थारुवान राष्ट्रिय मोर्चाबीच काठमाडौंको बानेश्वरमा छलफल भएको छ। छलफलमा जसपाले मोर्चालाई ‘मर्जर’को प्रस्ताव गरेको छ। जसपका तर्फबाट अध्यक्ष महन्थ ठाकुर, नेताहरु बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र महतो सहभागी थिए।

थारुवान/काठमाडौं

नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो)ले राष्ट्रिय विज्ञान दिवस तथा विश्व अन्तरिक्ष सप्ताहको अवसरमा सञ्चालन गरेको राष्ट्रिय अन्तरिक्ष चित्रकला तथा अनलाइन वक्तृत्वकला प्रतियोगिताको नतिजा सार्वजनिक गरेको छ।

थारुवान/काठमाडौं

केही दिनअघि कोरोनाबाट संक्रमित भएकी नेकपाकी सांसद शान्ता चौधरी आइसीयुमा भर्ना भएकी छन्। वीर अस्पतालको आइसोलेसनमा रहेकी उनको स्वास्थ्यमा समस्या आएपछि आइसीयुमा भर्ना गरिएको उनका छोरा अनिल चौधरीले जानकारी दिएका छन्।

थारुवान/काठमाडौं

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड सदस्यमा थप ११ जना नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ९ जना र मन्त्री जगत विश्वकर्माको सिफारिसमा दुई जना गरी थप ११ जना बोर्ड सदस्यमा नियुक्त भएका हुन् ।

थारुवान/काठमाडौं

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ। शुक्रबार २ हजार ५९ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमित संख्या लाख नाघेको हो। स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारसम्म संक्रमितको संख्या १ लाख ६७६ पुगेको छ। जसमध्ये ७३ हजार २३ जना कोरोनामुक्त भएका छन्। शुक्रबार थप १६८० जना कोरोनामुक्त भएका थिए। त्यस्तै नेपालमा...

थारुवान/काठमाडौं

नेपाल नेत्रज्योती संघअन्तर्गत सञ्चालित लमही आँखा अस्पताल दाङमा एक वडाध्यक्षले भतिजाको स्मृतिमा प्रतिक्षालय निर्माण गरेका छन्। लमही नगरपालिका-२ का वडाध्यक्ष नेपालु चौधरीले भितजा स्वर्गीय सुशिल चौधरीको स्मृतिमा चार लाख ५० हजार लगानीमा निर्माण गरिदिएका हुन्।

थारुवान/दाङ

दाङको देउखुरी उपत्यकालाई राप्ती उपत्यका भनेर राजपत्रमा प्रकाशित भएपछि थारुहरु विरोधमा उत्रिएका छन्। थारुहरुले मौलिक शब्द डेउखरलाई देउखुरी बनाएर अहिले अहिले देउखुरी उपत्यकालाई राप्ती उपत्यका बनाएर हस्तक्षेप गरेको आरोप लगाएको छ।

थारुवान/काठमाडौं

घर नजिकैको धानखेत हेर्न निस्केकी ७५ वर्षीया वृद्धा पछिल्लो ११ दिनदेखि बेपत्ता भएकी छन् । १२ असोजको बिहान करिब साढे ७ बजेतिर घर नजिकैको खेत हेर्न जान्छु भन्दै निस्किएकी सिरहाको लहान नगरपालिका १५ ढोढना बानो गाउँकी ७५ वर्षीया सितलीदेवी थरुनी पछिल्लो ११ दिनदेखि बेपत्ता भएकी हुन् । ‘आफन्त, गाउँघर...

थारुवान/सिरहा

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रदेशका नाम जात, भाषाको पहिचानमा आधारमा नराखिएको भन्दै टिप्पणी गरेका छन्। उनले ट्वीटमार्फत प्रदेशका नाम नदी/भूगोलको पहिचानमा मात्र राख्न पर्ने तर विविध जाति/भाषाको पहिचानमा राख्न नहुने? भन्दै प्रश्न गरेका छन्।

थारुवान/काठमाडौं

कोरोनाबाट संक्रमित भएपछि नेकपाकी सचेतक शान्ता चौधरी वीर अस्पतालमा आइसोलेसन बसेकी छन्। उनी डाक्‍टरको सल्लाहअनुसार अस्पतालमा आइसोलेसन बसेकी हुन्।

थारुवान/काठमाडौं