समाचार

थारु समुदायले यसरी मनाए डस्या (दसैं) [फोटो फिचर]

थारु समुदायले डस्या (दसैं) मनाएका छन्। कोरोना महामारीका कारण अघिल्ला वर्षहरुजस्तो रौनक थारु गाउँहरुमा नभए पनि परम्पराअनुसार डस्या मनाएका छन्। हेर्नुस् केही तस्बिर:

थारुवान/काठमाडौं

नेपाल पत्रकार महासंघ सिराहाका सदस्य कृष्णमोहन चौधरीको उपचारको क्रममा मंगलबार निधन भएको छ। सुखीपुर नगरपालिका–८ स्थायी घर भएका ३५ वर्षीय चौधरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको नेपाल पत्रकार महासंघ सिराहा शाखाले जनाएको छ।

थारुवान/सिरहा

बर्दियामा पाटेबाघको आक्रमणबाट दुई जनाको ज्यान गएको छ। मधुवन नगरपालिका–३ मा पर्ने पुरानो भन्सार कार्यालय नजिक पाटे बाघको आक्रमणबाट दुई जनाको ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेले जानकारी दिए।

भुवन योगी/बर्दिया

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् संविधान सभाका पूर्वसदस्य मानपुर चौधरीको मङ्गलबार निधन भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका-४ जगतपुर निवासी कोरोना संक्रमित ६० वर्षीय चौधरीको उपचारका क्रममा धरानमा मृत्यु भएको कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त मिश्रले जानकारी दिए ।

थारूवान

सखिया नाचले चैनार (उल्लासमय) रहने तराईका थारु वस्ती चालु वर्षमा भने उराठ लाग्दा छन् । कोरोना कहरले मानव समुदाय नै प्रभावित भएपछि सखियाको रौनक छाउन पाएन । उसैपनि सामूहिक रुपमा नाचिने सखिया नाच कोरोना कहरले प्रभावित हुने नै भयो ।

लखन चौधरी/धनगढी

(यो वर्षको दसैं कोरोनामय छ । त्यसैले, उल्लासमय दसैंको मुडमा कोही पनि छैनन् । गत वर्ष दसैंको छेकोमा हामी सपरिवारलाई डेंगुले संक्रमण गर्दा अहिले कोरोनाकै झैं लक्षण देखिएको थियो । पोहोरको डेंगुमय दसैंको सम्झना ।)

कृष्णराज सर्वहारी

सरकारले राजस्व न्यायाधिकरण विराटनगरको कानुन सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत विराटनगरका न्यायाधीश सत्यमोहन जोशी थारुलाई  तोकेको छ।

थारुवान/काठमाडौं

जनता समाजवादी पार्टी (जसपा)ले तीन जना केन्द्रीय कार्यकारिणी सदस्यसहित ३५ जना थारुलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ। कात्तिक ३-४ गते बालकुमारी बसेको बैठकले १०औं वरियतामा गोविन्द चौधरी, १५औं वरियतामा राजकुमार लेखी र १७औं वरियतामा रेशम चौधरीलाई मनोनित गरेको छ।

थारुवान/काठमाडौ‍

बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ। नगरपालिकाले शोभाताल क्षेत्रको विकास लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको कार्य पूरा भएको छ।

थारुवान/कञ्चनपुर

सुनसरीका रामसागर चौधरीजीले कृष्णराज सर्वहारीलाई सम्बोधन गरेर हालै फेसबुकमा लामो स्ट्याटस लेखेका छन् । थारू भाषामा त थ द ध को बहिष्कारबादसंग म सहमत छैन भन्ने प्रसंगमा उनको भनाइ केन्द्रित छ ।

अनिलदत्त चौधरी