समाचार

लेखक एवं पत्रकार मनोज चौधरीलाई पितृशोक

लेखक एवं थारु पत्रकार संघ चितवनका उपाध्यक्ष मनाेज चाैधरीलाई पितृशोक परेको छ। `टुकी´ उपन्यासका लेखकसमेत रहेका चौधरीका बुबा शिखाराम महताेको ६७ वर्षकाे उमेरमा आइतबार विहान भरतपुर-२५ शुक्रनगरस्थित आफ्नै निवास निधन भएको हो।

थारुवान/चितवन

बर्दियामा बाघको आक्रमणमा परी फेरि एक जना पुरुषको मृत्यु भएको छ। बर्दिया राष्ट्रिय निकुञ्जको बाघ निकुञ्ज बाहिर आएर गेरुवा गाउँपालिका वडा नं. ४ राजिपुरका ५८ वर्षीय लहानु थारुलाई आक्रमण गरी मृत्यु भएको प्रहरी उपरीक्षक केदार रजौरेले जानकारी गराए।

थारूवान

तुलसीपर उपमहानगरपालिका ११ नवलपुर निवासी ४५ वर्षीय कुमार विकमाथि आक्रमण गर्ने २ जना युवक पक्राउ परेका छन्। घटना घटेको २ दिनभित्र आक्रमणकारी २ जना पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय तुलसीपुरमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेका २ जना युवक, उनीहरूले आक्रमण गर्दा प्रयोग गरेको हतियारसमेत सार्वजनिक गरिएको...

थारुवान/दाङ

बर्दियामा २३ वर्षीया युवतीमाथि बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका ४ का ३२ वर्षीय गौना थारु छन्। गौनाले ती युवतीलाई सोही नगरपालिका ४, पदनाहामा बलात्कार गरेको खुलेको छ।

थारुवान/बर्दिया

बर्दियाको तत्कालीन संघीय समाजवादी पार्टी र राजपाबीच संयुक्त बैठक शुक्रबार सम्पन्न भएको छ। बैठकले पार्टी एकीकरणका लागि चिरञ्जीबी राम थारुको नेतृत्वमा पाँच सदस्सीय कार्यदल गठन गरेको छ।

थारुवान/बर्दिया

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एव‌ं बागमती प्रदेशका सांसद रामलाल महतोलाई कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको थियो।

थारुवान/चितवन

नेकपा नेतृ भगवती चौधरी कोरोना मुक्त भएकी छन्। दुई साताअघि सामान्य लक्षणसहित कोरोना पोजेटिभ भएकी उनी आज कोरोनामुक्त भएकी हुन्। सुरुमा सामान्य खोकी तथा घाँटी दुख्ने समस्या देखिएकोमा एक साताअघि चौधरीलाई सामान्य ज्वरो पनि आएको थियो।

थारुवान/सुनसरी

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको चौमाला कुचैनी सडकखण्डमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ।

थारुवान/कैलाली

जनता समाजवादी पार्टीका केन्द्रीयकारिणी सदस्य राजकुमार लेखीले जसपाका सांसदहरुले सदनमा आवाज उठाउन नसकेको बताएका छन्। सप्तरीको कञ्चनरुपस्थित बलुवा चोकमा आयोजित शुभकामना कार्यक्रममा  बोल्दै उनले यस्तो बताएका हुन्।

थारुवान/सप्तरी

२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका-४ बसन्तागाँउ बस्ने २१ वर्षीय प्रेमलाल थारु पक्राउ परेका छन्। उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो। प्रेमलालले ती महिलालाई आफ्नै घरमा बसिरहेको अवस्थामा घर पछाडि लगेर जबरजस्ती करणी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो।

थारूवान