समाचार

झापा विद्रोह र जनयुद्धका नायकहरूको राजमा थारूविद्रोह अपराध ठहरियो : बाबुराम भट्टराई

कैलालीको टीकापुर घटनामा उच्च अदालत दिपायलले सांसद रेशमलाल चौधरी र लक्ष्मण थारूसहित ८ जनालाई जन्मकैद सुनाएको भन्दै पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले असन्तुष्टि जनाएका छन्।

थारूवान

थारु युवा सभाका केन्द्रीय कोषाध्यक्षमाथि सांघातिक आक्रमण भएको छ। युवा अगुवा मुक्ति थनेतका अनुसार सभाका कोषाध्यक्ष पिताम्बर महतोमाथि सांघातिक आक्रमण भएको हो।

थारूवान

टीकापुर घटनामा ३ वर्ष जेल सजाय काटेर रिहा भएका लक्ष्मण थारुलाई जन्मकैदको फैसला सुनाइएको छ। उच्च अदालत दिपायलले जिल्ला अदालत कैलालीको फैसला उल्ट्याउँदै ३ वर्ष कैद सजाय भुक्तान गरेका लक्ष्मण थारुलाई जन्मकैदको फैसला सुनाएको हो।

थारूवान

थारु भाषाको कथानक चलचित्र सङ्हातिको आज एक कार्यक्रम बीच शुभमुहुर्त सम्पन्न भएको छ । खैरहनीमा रहेको डिज्नी पार्क रिसोर्टमा वडा नं. ७ का वडाध्यक्ष मनेजर चौधरीको प्रमुख आतिथ्यमा शुभमुहुर्त सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि मनेजर चौधरी लगायत अतिथिहरु वडा नं. ९ का वडाध्यक्ष होम कुमार पुन, वडा...

कारी महतो, चितवन

थारु समुदायको परम्परागत ज्ञान, सीप तथा प्रविधिहरु संरक्षण गर्ने उद्देश्यले आज थारु आयोगले चितवनको सौराहामा थारु गुरौहरु र स्थानीय जनप्रतिनिधिसँग अन्तरक्रिया सम्पन्न गरेको छ। थारु आयोगका अध्यक्ष विष्ण प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा चितवन लगायत पूर्वी नवलपुर र मकवानपुर जिल्लाका थारु गुरौहरुको सहभागिता रहेको थियो। सदियौंदेखि विभिन्न महामारी,...

कारी महतो/चितवन

वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको दुर्व्यवहारको विरोधमा कांग्रेसले साेमबार गर्ने विरोध प्रदर्शनमा शीर्ष नेतालाई जिल्लामा पठाइने भएको छ । देशका मुख्य स्थानमा हुने कार्यक्रममा शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

थारूवान

नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई सरकारले अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ।

थारुवान/काठमाडौं

थारू समुदायमा रात्रिकालीन विवाह कार्यक्रम गर्दा विकृति बढेपछि अहिले दिवाकालीन विवाह गर्ने क्रम बढेको छ। पर्सा जीराभवानी गाउँपालिका–७ शङ्करसरैया निवासी देवराज राउतले राति हुने विवाहमा मदिरासेवन गरेर होहल्ला हुने गरेकाले आफ्नो छोराको बिहे दिउँसो गरेको बताए।

ओमप्रकाश चौधरी/पर्सा

प्रदेश २ को लोकसेवा आयोगले पहिलो पटक प्राविधिकतर्फको रिक्त दरबन्दीका लागि दरखास्त आह्वान गरेको छ । आयोगले राजपत्रांकित तृतीय श्रेणी/सातौं तह (प्राविधिक) मा दरखास्त आह्वान गरेको हो ।

थारूवान

थारु कल्याणकारिणी सभा (थाकस) युएईले माघी अगावै आफ्नो वार्षिक साधारणसभा गर्ने भएको छ। युएई सरकारले कोरोना महामारीका कारण सार्वजनिकरुपमा कार्यक्रम गर्न बन्देज लगाएपछि माघी अगावै अधिवेशन गर्न लागेको थाकस युएईले जानकारी दिएको छ।

थारुवान/काठमाडौं