समाचार

टीकापुर घटनाबारे बोलेन जसपा, संसद् विघटनविरुद्ध भने राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाउने

जनता समाजवादी पार्टीले संसद विघटनविरुद्ध आन्दोलन घोषणा गरेको छ। मंगलबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पुस ८ देखि १२ गतेसम्मको आन्दोलन कार्यक्रम घोषणा गरेको हो।

थारूवान

जंग्रार साहित्यिक बखेरीको दशवा वर्षगाँठको अवसरमा बर्दियाको पर्यटकीय केन्द्र ठाकुरद्धारामा थारु साहित्यिक बखेरी भव्य रुपमा सम्पन्न भएको छ।

थारूवान

संवैधानिक परिषद्ले रिक्त विभिन्न संवैधानिक पदमा नियुक्तिका लागि सिफारिस गरेको छ। परिषद्ले नियुक्तिका लागि सिफारिस गरेको पत्र आइतबार संसद सचिवालयमा पुगेको छ।

थारूवान

नेपाल आदिवासी जनजाति महासंघले टीकापुर घटनाको सम्बन्धमा उच्च अदालत दिपायलले गरेको फैसलाले मुलुकमा द्वन्द्व बढ्ने निश्चित भएको जनाएको छ।

थारूवान

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । साथै, आमनिर्वाचनको मितिसमेत तोकिएको छ ।

थारूवान

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले यो सिफारिस गरेका हुन् । प्रधानमन्त्री ओलीले विहान ९ : ४५ बजे मन्त्रीहरुलाई आकस्मिक बैठकमा उपस्थित हुन भनेका थिए । सो बैठकमा उनले ताजा जनादेशका लागि भन्दै संसद विघटनको प्रस्ताव ल्याए...

थारूवान

थारु कल्याणकारिणी सभा (थाकस)ले टीकापुर घटनामा उच्च अदालत दिपायलले गरेको फैसला अमान्य रहेको भन्दै आपत्ति जनाएको छ। उच्च अदालतले बिहीबार राति जिल्ला अदालत कैलालीको फैसला उल्टाउँदै रिहा भइसकेका लक्ष्मण थारुलाई जन्मकैद फैसला सुनाएको छ।

थारुवान/काठमाडौं

थरुहट थारुवान राष्ट्रिय मोर्चाले टीकापुर घटनामा उच्च अदालत दिपायलले गरेको फैसला जलाउने भएको छ। राजनीतिक घटनालाई सम्बाद र छलफलको माध्यमबाट समाधान गर्नुको थारुहरु जन्मकैद फैसला सुनाउनु दुर्भाग्य रहेको भन्दै आपत्ति जनएको छ।

थारूवान

टीकापुर घटनामा कैद सजाय भुक्तान गरिरहेकामध्ये कैद सजाय भुक्तान गरिरहेका ४ जना प्रतिवादी रिहा भएका छन् । उच्च अदालत दिपायलको फैसलापछि राजेश चौधरी, बृजमोहन चौधरी, सुन्दरलाल कठरिया र राजकुमार कठरिया रिहा भएका हुन् ।

थारूवान

टीकापुर घटनामा जेलबन्दी रहेकाहरुको रिहाईका लागि निरन्तर संघर्ष गर्दै आएको थरुहट थारुवान राष्ट्रिय मोर्चाले आन्दोलनको तयारी गरेका छन्।

थारूवान