समाचार

दक्षिणी समुन्द्रमा चिनियाँ हस्तक्षेपप्रति फिलिपिन्सको कडा जवाफ

डा. महिप राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरको नेतृत्वमा फिलिपिन्सले विवादित दक्षिण चीन सागरमा आफ्नो सामुद्रिक प्रतिरक्षालाई बलियो बनाउने लक्ष्य राख्दै पहिलो पनडुब्बी सहितको ठूलो सैन्य स्तरवृद्धिलाई अनुमोदन गरेको छ, फेब्रुअरी ०१ मा साउथ चाइना मर्निङ पोस्टमा प्रकाशित रिपोर्ट अनुसार।

थारूवान

टेक्सास थारु समाजले थप दुई उपाध्यक्षसहित कार्यकारिणी सदस्य बिस्तार गरेको छ। ह्यास्टेलमा भएको एक भेलाले उपाध्यक्षद्व्य गोपि महतो, योग चौधरी, सचीवमा दीपक दिप चौधरी त्यसैगरी कार्यकारिणी सदस्यमा शान्ती चौधरी, इन्द्रेणी चौधरी, बिक्रम चौधरी, सन्दीप चौधरी, जीवन चौधरी र सबिन चौधरी मनोनीत गरेको हो।

थारूवान

पश्चिम नवलपरासीमा सरावल गाउँपालिकाले थारु र मधेस सांस्कृतिक पार्क बनाउने भएको छ। सरावलमा पालिकामा थारु र मधेसी सामुदायको बाहुल्यता छ। उनीहरु सांस्कृतिक र पहिचानलाई जगेर्ना हुने गरी पार्क निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले बताए।

थारूवान

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र ग्यासको मूल्य वृद्धि गरेको हो। भारतबाट वृद्धि भएर मूल्यसूची आएपछि निगमले पेट्रोलमा ४, डिजेल र मट्टितेलमा २ र ग्यासमा १५ रुपैयाँ मूल्य वृद्धि गरेको हो।

थारूवान

डा. महिप चीनको महत्वाकांक्षी पूर्वाधार परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत विकासोन्मुख देशहरूमा १.३ ट्रिलियन डलर पम्प गरेपछि, पुल र सडक निर्माणबाट यो ठूलो ऋणको बोझ व्यवस्थापनमा ध्यान केन्द्रित भएको छ।

थारूवान

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल थारू संघमा ९८ जना केन्द्रीय सदस्य मनोनीत गरेका छन्। थारू संघको केन्द्रीय तदर्थ समितिमा सभापति देउवाले आइतबार ९८ जनालाई मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

थारूवान

रोमाञ्चक खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल यु-१९ विश्वकपको सुपर सिक्समा प्रवेश गरेको छ। दक्षिण अफ्रिकामा शुक्रबार भएको खेलमा अफगानिस्तानले दिएको लक्ष्य ४४.४ ओभरमा पूरा गर्दै नेपाल सुपर सिक्समा प्रवेश गरेको हो।

थारूवान

नेपालस्थित भारतीय राजदूतावासले भारतको ७५औं गणतन्त्र दिवस मनाएको छ। काठमाडौंस्थित भारतीय दूतावासामा आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी कार्यक्रमको शुभारम्भ गरे।

थारूवान

राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मधेस प्रदेशबाट दुई पदका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनतर्फका दुवै उम्मेदवार विजयी भएका छन्। मतपरिणामअनुसार अन्य (खुला) समूहबाट नेपाली कांग्रेसका उम्मेदवार आनन्दप्रसाद ढुंगाना र महिला समूहबाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार पूजा चौधरी निर्वाचित भए। ढुंगानाले ७ हजार तीन ७० मतभार प्राप्त गरे भने चौधरीले७...

थारूवान

चीनको जनसांख्यिकीय संकटको नकारात्मक प्रभाव छिमेकी देशहरूमा परेको छ किनभने दक्षिण एसिया र दक्षिण पूर्व एसियाका गरिब युवतीहरूलाई चिनियाँ पुरुषसँग विवाह गर्न तस्करी गरिन्छ। अहिले खारेज गरिएको एक सन्तान नीतिका कारण हुने लैङ्गिक असन्तुलनका कारण चीनमा दुलहीको अभावले पाकिस्तान, म्यानमार, नेपाल, कम्बोडिया, इन्डोनेसिया, लाओस, उत्तर कोरिया र भियतनाम जस्ता...

थारूवान
1 14 15 16 17 18 212