देश

लुम्बिनी प्रदेशमा शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त

नेकपा एमालेका नेता शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका छन्। आफूविरुद्ध परेको अविस्वास प्रस्तावमा माधव नेपाल पक्षीय सांसदहरुले फ्लोर क्रस गर्न चाल पाएपछि उनले आजै राजीनामा दिएका थिए।

थारूवान

पछिल्लो २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो संख्या नेपालमा अहिलेसम्मकै धेरै हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा

थारूवान

काठमाडौँ उपत्यकामा आजदेखि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द हुने गरी निषेधको आदेश (निषेधाज्ञा) लागू गरिएको छ। काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको यही १३ गतेको निर्णयानुसार आज बिहान ६ बजेदेखि नै उक्त आदेश कार्यान्वयनमा आएको हो।

थारूवान

सरकारले काठमाडौं उपत्यकासहित कोरोना संक्रमण बढेका जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।

थारूवान

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले भोलिदेखि सञ्चालन हुने सबै परीक्षा स्थागित गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

थारूवान

त्रिदेशीय टी-२० क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले नेदरल्याण्डसलाई १४२ रनले हराउँदै उपाधि जितेको हो। नेपालले ११ वर्षपछि घरेलु मैदानमा सिरिजको उपाधि जितेको हो।

थारूवान

काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाललाई ३९ वटा एम्बुलेन्स र ६ वटा स्कुल बस हस्तान्तरण गरेको छ। स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका नेपालका विभिन्न सरकारी तथा गैरनाफामूलक संघ संस्थाहरुलाई बिहीबार दूतावासले ३९ वटा एम्बुलेन्स तथा ६ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेको हो।

थारूवान

नेपालले पहिलो त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्सलाई ९ विकेटले हराउँदै सानदार जित निकालेको छ । जितको लागि १ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालको जितमा दुई ओपनर आसिफ सेख र कुशल भुर्तेलले अर्धसतक बनाए । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको...

थारूवान

गृहमन्‍त्री रामबहादुर थापा रेशम चौधरीको मुद्दा खारेजका लागि माइतीघर मण्डलामा आयोजित विरोध कार्यक्रममा सहभागी भएका छन्। टीकापुर घटनामा जेल जीवन बिताइरहेका रेशमको मुद्दा खारेजका लागि माइतीघर मण्डलामा आयोजित विरोध कार्यक्रममा गृहमन्त्री थापा पनि सहभागी भएको गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिए।

थारूवान

थारु राष्ट्रिय साहित्य सम्मेलन २०७७ सुर्खेतमा हुने भएको छ। थारू लेखक संघको आयोजना, थारु पत्रकार संघ नेपाल, जंग्रार साहित्यक बखेरी, थारु कल्याणकारिणी सभा सुर्खेतलगायतको सहआयोजनामा सम्मेलन गर्न लागिएको हो।

सन्तोष दहित/दाङ