सलिमा
थारु फिल्ममा समर्पित सुपरस्टार
मदन चौधरी- अढाइ दशकअघि रेकर्डिस्टका रूपमा फिल्म लाइन छिरेका परशुराम चौधरी आज आफैं अभिनय गर्छन्, पटकथा लेख्छन्, निर्देशन गर्छन्। छायांकन, सम्पादक, ध्वनि र पार्श्व संगीतमा समेत उनको अनुभव छ। सुनसरी झुम्कामा जन्मेका उनले २०४० सालमा पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट इलेक्ट्रोनिक्समा डिप्लोमा गरे।
थारूवानथारु भाषाको टेली कार्यक्रम ‘समाद’ हरेक मंगलबार ४:२५ बजे नेपाल टेलिभिजनबाट प्रसारण हुन्छ। नेपाल म्याक्सको प्रस्तुती तथा परशुराम चौधरीद्वारा निर्मित/निर्देशित यो कार्यक्रम अबदेखि थारुवान डटकममार्फत् पनि हेर्न सक्नुहुन्छ। थारु समुदायको महान् पर्व जितिया पर्वको अवसरमा नाचघरमा आयोजित कार्यकक्रममा विशेष छाँयाकन गरी निर्माण गरिएको कार्यक्रम हेर्नुस् :
थारूवानशेरबहादुर केसी, बुटवल- लुम्विनी अञ्चलस्तरीय नृत्य प्रतियोगिता नाचौं–२ को फाइनल प्रतिस्पर्धा यही असोज ३० गते हुने भएको छ। ४ सय ५३ जनाले पहिलो अडिसनमा भाग लिइ ६ चरणसम्म छनोट भएर आएका उत्कृष्ट १० जना फाइनलमा प्रतिस्पर्धा गर्दैछन्। फाइनलमा निर्णायकको ५० अंक र दर्शक भोटको ५० अंकको आधारमा प्रथम, द्वितीय...
थारूवानकपिलवस्तु, असोज २० (नागरिक)– दसैंको शुभउपलक्ष्यमा थारु समुदायको मौलिक पहिचान र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले कपिलवस्तु–१, बरकुलपुरमा जिल्ला स्तरीय थारु झुमडा गीत तथा नृत्य प्रतियोगिता हुने भएको छ। हरियाली समुदायिक वन उपभोक्ता समूह, चन्द्रमा युवा क्लब र बरकुलपुर युवा समूहको आयोजनामा कात्तिक ४ र ५ गते प्रतियोगिता सञ्चालन हुने...
थारूवानमदन चौधरी– २०५० को बेला थियो, फाटफुट बनेका थारु फिल्मले पनि राम्रो व्यापार गर्थ्यो। राम्रो व्यापार गरेकैले तराईका विभिन्न सिनेमा हलले थारु फिल्मलाई पहिलो रोजाइमा राख्थे। थारु भाषाकै फिल्मबाट करियर सुरु गरेका अभिनेता बिराज भट्ट नेपाली हुँदै हालः भोजपुरी फिल्ममा जमिरहेका छन्। तर थारु फिल्म भने जहीँको त्यहीँ छ।...
थारूवान‘सुन्दर से सुन्दर, सुन्दर धर्ती हमर देश.. उहिनसे सुन्दर अपन थारु भाषा और भेष’ अर्थात् ‘सुन्दरभन्दा पनि सुन्दर, सुन्दर माटो हाम्रो राष्ट्र..त्योभन्दा पनि सुन्दर आफ्नै थारु भाषा र भेष’, थारू भाषाको यो राष्ट्रिय गीतले तराईका विभिन्न क्षेत्रमाफैलिएर रहेका थारू समुदायलाई एकजुट हुन अनुरोध गरिएको छ।
थारूवानबुटवल- पाथिभरा फिल्मस् प्रालि ललितपुर र युनिक मुभी भइरहवाको संयुक्त ब्यानरमा बन्न लागेको भोजपुरी फिल्म ‘हमार बदला’को सुटिङ अन्तिम चरणमा पुगेको छ। तराईमा बढ्दै गएको वनजंगल भूमाफियाको कथामा आधारित यस फिल्ममा नेपालको वन विनासबारे कथा देखाइएको छ। एउटा इमानदार वनअधिकृतले वन जोगाउनका लागि तस्करहरुसँग लडाइँ गर्छ।
थारूवान
रेशम रन्जितालाई खुला पत्र