सलिमा

बदनाम गीत, संगीत र म्युजिक भिडियो

केही समयअघि विन्दास मिडियाले समाजिक सञ्जालमा अर्धनग्न तस्बिरसहित ‘फूलकुमारी ३’ अर्थात् राज र अञ्जु कुश्मीले गाएको फूलकुमारी शीर्षक गीतको कभर भिडियो आउँदैगरेको जानकारी दिएको थियो। उक्त तस्बिर फेसबुकमा पोस्ट हुनेवितिकै गायक राज कुश्मीले आपत्ति जनाएका थिए। उनले अर्धनग्न भिडियो भएको कभर गीत मान्य नहुने यदि त्यस्तो भए कारबाही गर्ने...

थारूवान

थारु भाषाको फिल्म इतिहासमा सबैभन्दा धेरै लगानीमा बनिरहेको फिल्म ‘भुरभुरा रहर’को पोस्टप्रोडक्सनको काम आजदेखि सुरु भएको छ। थारु फिल्मस् प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुने फिल्मको कम्पनीले आफ्नै ल्याबमा  सम्पादनको काम सुरु गरेको छ।

थारूवान

थारु भाषाको गीत ‘खन खन चुरिया खन्काके’ मा बनेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सीएस फिल्म्स् प्रालि धनगढीले गुरु पूर्णिमाको अवसर पारेर शुक्रवार युट्युब मार्फत उक्त म्युजिक भिडियो सार्वजनिक गरेको हो ।

थारूवान

बर्दियाकी सुनिता चौधरी युवा प्रतिभा पुरस्कारबाट सम्मानित भएकी छन्। उनलाई जिल्ला युवा समितिको कार्यालयले सम्मान गरेको हो। उनी विगत लामो समयदेखि सडक नाटक खेल्दै आएकी छन्।

थारूवान

‘आउ नाचौं’को दोस्रो भागको म्युजिक भिडियोमा नेपाली फिल्मकी अभिनेत्री सिल्पा पोखरेल र थारु मोडल वीर चौधरीले अभिनय गरेका छन्। आइतबार दरवारमार्गमा  भएको छायाँकनमा यी दुईले रोमान्स गरेका छन्। ‘आउ नाचौँ’ले सफलता पाएको उपलक्ष्यमा दोस्रो भाग ल्याउन लागिएको गीतकार तथा संगीतकार विनय वैद्यले जानकारी दिए।

थारूवान

आदसवासी  जनजाति चलचित्र महोत्सवमा थारु वृत्तचित्र मन्दरा प्रदर्शन हुँदैछ। थारु लोकनृत्यमा आधारित वृत्तचित्र भोलि (शुक्रबार) प्रदर्शन हुने आयोजकले जनाएको छ। थारु फिल्मस् प्रोडक्सन प्रालि र समाजसेवी रामलाल चौधरीले यो वृत्तचित्र निर्माण गरेका हुन्।

थारूवान

राजधानीमा शुक्रबारदेखि दोस्रो आदिवासी जनजाति फिल्म फेस्टिभल हुने भएको छ । आदिवासी जनजाति चलचित्र महासंघले नेपाल पर्यटन बोर्डमा आइतबार पत्रकार सम्मेलनमा जनाए अनुसार, तीनदिने फेस्टिभलमा विभिन्न भाषाका १४ फिल्म छानिएका छन् ।

थारूवान

थारु फिल्म निर्माता तथा गीतकार रामलाल चौधरी जुरी अवार्डबाट सम्मानित भएका छन्। उनीद्वारा रचित थारु राष्ट्रिय गीत ‘हमर देश’ले नेशनल पावर न्युज म्युजिक अवार्ड २०१८ अन्तर्गत जुरी अवार्ड पाएको हो।

थारूवान

थारु कलाकारहरुले राष्ट्रिय थारु कलाकार मञ्च गठन गरेका छन् । यसअघि नै काठमाडमौंमा भेला बोलाइ तदर्थ समिति गठन गरेको मञ्चले काठमाडौं जिल्ला प्रशासनमा विधिवतरुपमा दर्ता गरेको छ । ७८७/०७५/०७६ दर्ता रहेको मञ्चको अध्यक्ष विनय वैद्य हुन् ।

थारूवान

आरएन चौधरी/मलेसिया मलेसियामा हुने सांगीतिक कार्यक्रममा थारु मोडेल सुनिता दहित सहभागी हुने भएकी छन् । मलेसियाका मलायुबासीको पर्व हरिरायाको अवसरमा हुने कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा हुँदैछ ।

थारूवान
1 12 13 14 15 16 46