था.क.स.
थाकसले गर्यो तीन महत्वपूर्ण निर्णय, उपमहामन्त्रीलाई जिम्मेवारीबाट हटाइयो
थारु कल्याणकारिणी सभा केन्द्रीय कार्यसमितिको बैठकले उपमहामन्त्रीलाई पदमुक्त गरेको छ। महामन्त्री अमिरी चौधरी दुर्घटनामा परी सिकिस्त अवस्थामा रहेकाले दिइएको उक्त जिम्मेवारी बहन नगरेको भन्दै उपमहान्त्री इन्दिरा चौधरीलाई पदमुक्त गरेको सभाले विज्ञप्ती जारी गर्दै उल्लेख गरको छ। उनको सट्टामा बाँकेबाट प्रतिनिधित्व गर्ने नेमनारायण सिंह थारुलाई मनोनयन गरिएको विज्ञप्तीमा उल्लेख छ।
थारूवानसुनिल चौधरी/सुनसरी। थारु कल्याणकारीणी सभा इटहरी नगर अधिवेशन मंसिर २५ गते हुने भनिए पनि विभिन्न कारणले स्थगित भएको छ। इटहरीका सबै वडा इकाईहरु समयमा अधिवेशन हुन नसक्दा स्थगित गर्नुपरेको आयोजक अधिवेशन समितिका संयोजक दुखिलाल चौधरीले बताए। संयोजक चौधरीका अनुसार अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको छ।
थारूवानथारु कल्याणकारीणी सभाले दुई जनालाई केन्द्रीय सल्लाहकारमा मनोनयन गरेको छ। बिहीबार बसेको केन्द्रीय सचिवालयको लामो समयदेखि सभामा योगदान गर्दै आएका सुनसरी झुम्का निवासी अधिवक्ता रामराज चौधरी र प्रवासी थारु समाज युएईमा लामो समयदेखि सामाजिक योगदान गर्दै आएका सप्तरी लटियाही निवासी रामभुवन चौधरीलाई केन्द्रीय सल्लाहकारमा मनोनयन गरेको हो।
थारूवानधनगढी- गतवर्ष टीकापुरमा भएको हिंसात्मक घटनापछि सुस्ताएको थारु आन्दोलन संविधान संशोधन प्रस्ताव दर्ता भएसँगै कैलालीमा फेरि सुरु भएको छ। सरकारले कैलाली, कञ्चनपुरलाई नसमेटी संशोधन प्रस्ताव ल्याएको विरोधमा कैलालीका थारु सडकमा उत्रेका छन्। थारु समुदायलाई फेरि पनि उत्पीडनमा पारिराख्ने नियतका साथ सरकारले संशोधन प्रस्ताव ल्याएको भन्दै विरोध जनाएका छन्। संशोधन...
थारूवानथारु कल्याणकारिणी सभा (थाकस)ले सप्तरीको जण्डौलमा तीन दिने केन्द्रीय प्रशिक्षण भेला आयोजना गर्ने भएको छ। भेलामा वरिष्ठ अधिकारकर्मीहरुले प्रशिक्षण दिने बताइको छ। सभाका केन्द्रीय उपाध्यक्ष प्रेमीलाल चौधरीका अनुसार सप्तरीस्थित जण्डौलको एक धर्मशाला हलमा कात्तिक १८, १९ र २० गते कार्यक्रम अायाेजना हुनेछ।
थारूवान
रेशम रन्जितालाई खुला पत्र