समाज
मृत भेटिएकी राजवंशीबारे सीआइबीले अनुसन्धान थाल्यो
विराटनगर- विराटनगरमा रहस्मय हत्या भएकी उर्मिला राजवंशीको घटनाको सत्यतथ्य छानबिन आजदेखि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सुरु गरको छ। प्रहरी नायब उपरीक्षक दिनेश आचार्यको नेतृत्वमा काठमाडौँ आएको दुई सदस्यीय टोलीले छानबिन थालेको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
थारूवानजनकपुरधाम- मिथिलाञ्चलमा पारिवारिक सुरक्षाको लोक अनुष्ठान झिझिया नृत्य आजदेखि सुरु भयो। महिलाहरूद्वारा नै सञ्चालन र संयोजन हुने यो नृत्य घटस्थापनाका दिनदेखि दशमीसम्म प्रदर्शन गरिन्छ। लोक विश्वास र व्यवहारबाट उत्प्रेरित भएर गाउँका ठूलाबडा र धामी–झाँक्रीहरूको विचार र मन्थनबाट बोक्सीको जादु–टुनाको प्रतिकार स्वरूप यो नृत्य विकसित गरिएको बताइन्छ।
थारूवानकाठमाडौं- नेपालीहरूको महान् चाड बडादसैं आजदेखि १५ दिनसम्म अर्थात् आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म परम्परानुसार दूर्गा भवानीको पूजा–आराधना गरी हर्षोल्लासका साथ मनाइँदैछ। बडादसैंको पहिलो दिन आज बिहान आ–आफ्ना घरको पूजाकोठा तथा दसैंघरमा विधिपूर्वक दियो, कलश र गणेशको पूजासहित माटोको पूर्ण घडामा गाईको गोबर टाँसी जौ र मकै रोपेर घटस्थापना गरिँदैछ।
थारूवान
रेशम रन्जितालाई खुला पत्र