समाज
५ बजेसम्म शितल निवासमा टीका
काठमाडौं- राष्ट्रपति डा. रामवरण यादवले विजयादशमीका दिन अपराह्न १२:३० बजेदेखि सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम छ। राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपतिको हातबाट टीका ग्रहण गर्न इच्छुक महानुभावका लागि अपराह्न ५ बजेसम्म शीतल निवासको ढोका खुल्ला रहने छ।
थारूवानकाठमाडौं- दशैँको नवौँ दिन आज शक्तिस्वरूपा दूर्गा भवानीको पूजाअर्चना गरी महानवमी पर्व मुलुकभर मनाइँदैछ। घटस्थापनाका दिन आ-आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाइने चलन रहेको छ। यस उपलक्ष्यमा आज दसैँघर र कोतलगायत देशका विभिन्न देवीका मन्दिर र शक्तिपीठहरूमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित विशेष पूजाअर्चना र...
थारूवानमहोत्तरी- महोत्तरी जिल्लाको सोनामाई शक्तिपीठमा आजदेखि भूतमेला सुरु भएको छ। सोनामाई गाविस– ४ मा अवस्थित सोनामाई मन्दिर परापूर्वकालदेखि नै भूतमेलाका लागि प्रख्यात छ। हरेक वर्ष बडादसैँको सप्तमीदेखि सोनामाईमा भूतमेला लाग्छ। सप्तमीदेखि विजयादशमीको दिनसम्म चल्ने भूतमेलामा हजारौँ दर्शनार्थीको भिड लाग्ने गर्छ।
थारूवानकाठमाडौं, कात्तिक ४- प्रधानमन्त्री बाबुराम भट्टराईले भ्रष्टाचारको अभियोग लागेका श्रममन्त्री कुमार बेल्वासेलाई पदबाट राजीनामा दिन निर्देशन दिएका छन्। म्यानपावर दर्ताको विषयमा खुलमखुल्ला घुस मागेको देखिएकाले बेल्वासेलाई तत्काल पद त्याग्न आफूले निर्देशन दिइसकेको प्रधानमन्त्री डा बाबुराम भट्टराईले बताए। उनले भने- भ्रष्टाचारको अभियोग लागेपछि नैतिकताको हिसाबले पनि राजीनामा दिनुपर्दछ, मैले...
थारूवानकलेन्द्र सेजुवाल, सुर्खेत- लोडरको काम गर्ने एक थारु युवाले विमानस्थलमा भेटाएको चार लाख रुपैयाँको चेक बैंकमा बुझाएका छन्। बैंकले इमान्दारिताको कदर गर्दै बिहीबार उनलाई दोसल्ला ओढाएर सम्मान गरेको छ। सुर्खेत विमानस्थलमा कार्यरत लाटीकोइली, नयाँगाउँका कृष्ण थारुले बुधबार दिउँसो चार लाख रुपैयाँको चेक भेटाएका थिए।
थारूवान
रेशम रन्जितालाई खुला पत्र