समाज

कालिगण्डकीमा जिप खस्दा दस घाइते

गुल्मी- गुल्मीको रिडी नजिकै साँघुरेमा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। ठूलोलुम्पेकबाट बुटवलतर्फ जाँदै गरेको लु१ज १९५८ नम्बरको जिप साँघुरेबाट कालीगण्डकी नदीमा खसेर दुर्घटना भएको हो। रिडी–रुद्रबेनी सडकखण्डको साँघुरे भन्ने ठाउँमा ब्रेक फेल भएर जिप नदी किनारमा खसेको घाइते यात्रु सुनु श्रेष्ठले बताए।

थारूवान

सर्लाही- सर्लाहीको पश्चिमी क्षेत्रअन्तर्गत बलरा गाउँ विकास समितिका सचिव महेश्वर पाण्डेले गाविसको विकास निर्माणमा रु ४८ लाख भ्रष्टाचार गरेको स्थानीयवासीले आरोप लगाएका छन्। सचिव पाण्डेको उक्त ठूलो रकमको भ्रष्टाचारसम्बन्धी स्थानीय बासिन्दाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिन तथा कारबाहीको मागसमेत गरिएको छ।

थारूवान

चितवन- शान्ति प्रक्रियाको महत्वपूर्ण पाटो सेना समायोजनको अन्तिम कार्यक्रमअन्तर्गत स्वेच्छिक अवकाश रोजेका पूर्वलडाकुलाई दोस्रो किस्ताबापतको रकम दिन सेना समायोजन विशेष समितिको टोलीले आजबाट प्रक्रिया सुरु गरेको छ। 

थारूवान

बुटवल- विजयादशमीसँगै सुनसान बनेको बुटवल बजारमा विस्तारै चहलपहल सुरु भएको छ। विजयादशमीको टीका थाप्न सर्वसाधारण आआफ्ना घर लागेपछि बुटवल बजार सुनसान बनेको थियो। सर्वसाधारण आफ्ना दैनिक कार्यमा फर्किएपछि झण्डै एक साता बन्द रहेका बुटवलका पसलहरु पनि खुल्न थालेका छन्। यस क्षेत्रमा लाग्ने साप्ताहिक हाटबजारमा पनि सर्वसाधारणको भिड लाग्न थालेको...

थारूवान

सिरहा- सिरहाको सीमावर्ती गाविस इटाटार–९ कमलपुरस्थित खेतमा आइतवार बिहान बालिकालाई बलात्कार गर्ने एक भारतीय युवकलाई सशस्त्र प्रहरीले रङ्गेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारका महौलिया ग्रामपञ्चायत–५ बस्ने १९ वर्षीय रामपुजन मण्डल छन् । भारत बिहारका महौलिया ग्रामपञ्चायतकै साह थर भएकी ११ वर्षीया बालिकालाई बलात्कार गरिरहेको अवस्थामा मण्डल...

थारूवान

गोरखा- जिल्ला पशुसेवा कार्यालय गोरखाले जिल्लाका विभिन्न स्थानमा रहेका एक हजारभन्दा बढी गाईभैँसीमा कृत्रिम गर्भाधान गराएको छ। जिल्ला पशुसेवा कार्यालय गोरखाका पशु चिकित्सक कपिल कट्टेलका अनुसार जिल्लाको मिरकोट, धुँवाकोट, गाईखुर, पालुङटार, देउराली, च्याङ्लीलगायतका गाउँ विकास समितिमा रहेका गाई र भैँसीमा कृत्रिम गर्भाधान गराइएको हो।

थारूवान

सन्तोष दहित, दाङ- घोराही नगरपालिका ११ थारु गल्लीमा बस्ने थारु समुदायको परम्परागतदेखि पूजा अर्चना गर्दै आएको थारुहरुको भुइह्यारको भवन नहुँदा संकटमा पर्दै गएको छ। परम्परादेखि सहिद उमेरश मार्गमा रहेको कित्ता नं. ६२ को जग्गामा थारु गल्ली हाल (भगवती टोल) का थारु समुदायले भुइह्यारका पूजाअर्चना गर्दै आएका छन्।

थारूवान

काठमाडौ- बडादसैँअन्तर्गत आज एकादशीको दिन राजधानीमा आफ्ना मान्यजन र आफन्तबाट टीका लगाउन र आशीर्वाद लिन हिँडिरहेका सर्वसाधारणको चहलपहल केही बढेको छ। सवारीसाधन पनि अन्य दिनको तुलनामा बढी चलेको देखिन्छ। कोजाग्रत पूर्णिमाको दिनसम्म टीका लगाउने प्रचलन रहेको छ। लामो समयसम्म भेटघाट नभएका आफन्तसम्म भेटघाटको ठूलो अवसर दसैँ भएको छ।

थारूवान

काठमाडौं- विजयादशमीका अवसरमा प्रधानमन्त्री बाबुराम भट्टराईले आज आफ्ना ८२ वर्षीय पिता भोजप्रसाद भट्टराईको हातबाट टीका लगाए। प्रधानमन्त्री भट्टराई पत्नी हिसिला यमी र छोरी मानुषी भट्टराईका साथमा आफ्ना भाइ शिवप्रसाद भट्टराईको कोटेश्वरस्थित निवासमा पुगी टीका लगाएका हुन्।

थारूवान

काठमाडौं- बडादसैँको दसौँ दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी मनाइँदैछ। विजयादशमीका दिन आज बिहान १०:३५ बजे देवी विसर्जन र बिहान ११:२९ बजे टीका लगाउनका लागि शुभसाइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा. माधव भट्टराई बताउँछन्।

थारूवान