समाज

स्रोत र साधनको दुरूपयोग नगर्न कार्यालय प्रमुखलाई निर्देशन

विराटनगर- पूर्वाञ्चल क्षेत्रीय प्रशासक जनार्दन नेपालले नेपाल सरकारबाट प्राप्त स्रोत र साधनको दुरूपयोग नगर्न कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन्। क्षेत्रीय प्रशासन कार्यालयद्वारा आज जिल्ला प्रशासन कार्यालयमा गरिएको क्षेत्रीय कार्यालय प्रमुखहरूसँगको छलफल कार्यक्रममा उनले यस्तो निर्देशन दिएका हुन्। 

थारूवान

श्रीनिबास चौधरी, बुटवल- कपिलबस्तृमा थारु समाज उत्थान सामाजिक संस्था गठन भएको छ। श्रीनिबास चौधरीको अध्यक्षतामा ११ सदसीय नयाँ समिति गठन भएको हो। समितिको उपाध्यक्षतामा जगतवीर चौधरी, सचिवमा पवन चौधरी, सहसचिवमा राजेश चौधरी, कोषाध्यक्षमा सरिता चौधरी चुनिएका हुन्। त्यस्तै सदस्यमा रोशन चौधरी, प्रदीप थारु, चन्द्रावती थारु, रञ्जित थारु, दीपक चौधरी...

थारूवान

दाङ- महटवा, बरघर भल्मन्सा महटावासंका केन्द्रीय अध्यक्ष डिल्लीबहादुर चौधरीले सबैको भाषा र संस्कृतिलाई एक आपसमा साटासाट गर्नसके थारु समुदायको भाषा, संस्कृतिको पनि विकास गर्न सकिने बताएका छन्। थारु पत्रकार संघ दाङले तुलसीपुरमा ‘थारु समुदायको भाषा, संस्कृतिको विकासका लागि सरोकारवालाको भूमिका’ विषयक अन्तरिक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्।

थारूवान

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च माध्यमिक विद्यालयहरूमा स्नातकोत्तर नगरेका व्यक्तिलाई पनि प्राचार्य (प्रधानाध्यापक) मा नियुक्ति दिने कार्य रोक्न आज उच्च माध्यमिक शिक्षा परिषद्लाई निर्देशन दिएको छ। आयोगले उच्च माध्यमिक परिषद्को विद्यमान कानुनी व्यवस्थाविपरीत कतिपय उच्च माविमा स्नातकोत्तर नगरेका शिक्षकहरूलाई प्रधानाध्यापक बनाइएको उजुरीका आधारमा त्यस्तो निर्देशन दिएको हो।

थारूवान

काठमाडौं- सर्वोच्च अदालतले आफ्नो अन्तरनिहित अधिकार प्रयोग गरी हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने तयारी गरेको छ। उक्त विषयमा प्रतिवेदन पेस गर्न सर्वोच्च अदालतका रजिस्ट्रार लोहितचन्द शाहका अध्यक्षतामा गठित तीन सदस्यीय समितिले अध्ययन प्रतिवेदन तयार पारी बुझाउने तयारीमा छ।

थारूवान

काठमाडौं- राजधानी काठमाडौँ लगायत देशभर अहिले साँझ भूकम्पको धक्का महसूस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख सोमनाथ सापकोटाका अनुसार भूकम्पको तीव्रता ५.७ मापन गरिएको छ। उनका अनुसार सिन्धुपाल्चोकनजिकै चीनसँग जोडिएको सिमानामा केन्द्रबिन्दू बनाई साँझ ६ बजेर ५२ मिनेटमा भूकम्प गएको हो।  

थारूवान

सिरहा- सिरहाको सीमावर्ती गाविस इनर्वाबाट १७ दिन अगाडि अपहरणमा परेका दुईजना अपहरणकारीको कब्जाबाट भाग्न सफल भएका छन्। इनर्वा गाविस–२ का २० वर्षीय दिनेश महतो र उहाँको बहिनी ज्वाइँ सप्तरीको राजविराज घर भएका सुशील महतो कात्तिक २ गते राति अज्ञात समूहको अपहरणमा परेका थिए। उनीहरू अपहरणकारीको कब्जाबाट भागेर भारतको बिहारमा...

थारूवान

लहान- सिरहाको लहानस्थित सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका एक विद्यार्थीले रोवोट बनाएका छन्। लहानस्थित पशुपति आदर्श उच्च माविमा कक्षा १० मा अध्ययनरत लहान–४ का श्रीकान्त पण्डितले उपयोग सकिएर फालिएका सामान जोडेर रोवोट बनाएका हुन्। ‘मसी सकिएका डटपेन, भाँच्चिएका प्लास्टिक कुर्सीका खुट्टा, खेलौनाको विद्युतीय मोटर र पेनियन चक्का, मोबाइलको पुरानो ब्याट्री,...

थारूवान

विराटनगर- जिल्ला प्रहरी कार्यालय मोरङले उर्मिला राजवंशीको बलात्कारपछि हत्या गरेको आरोपमा व्यापारी किरणसिंह बस्नेतविरुद्ध मुद्दा दर्ता गराएको छ। विराटनगर–४ निवासी व्यापारी बस्नेतको घरमा गत असोज २२ गते मृत फेला परेकी राजवंशीको बलात्कारपछि हत्या भएको भन्दै जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गराएको प्रहरीले जनाएको छ।

थारूवान

जनकपुरधाम- मधेस क्रान्ति फोरम नेपाल जिल्ला समितिद्वारा आज धनुषा जिल्ला बन्द गरिएको छ। जिल्ला विकास समिति धनुषाको भ्रष्टाचार प्रकरणमा निलम्बनमा परेका कर्मचारीलाई समितिका कर्मचारी सङ्घ र गाविस सचिव हकहित संरक्षण केन्द्रद्वारा पुनः समितिमा हाजिर हुने सन्दर्भमा उत्पन्न विवादपछि जिविस र गाविसको कामकाज अनिश्चितकालका लागि बन्द गरेको विरोधमा जिल्ला बन्द...

थारूवान
1 91 92 93 94 95 98