समाज

सिरहामा यौनकर्मी महिलाको सङ्ख्या बढ्दै

सिरहा- सिरहामा यौनकर्मी महिलाको सङ्ख्या बढ्दै गएको छ। आर्थिक अवस्था कमजोर भएका महिलाले यसलाई पेसाका रुपमा अपनाएको देखिएको छ। इन्द्रे नी सेवा समाज गोलबजारले गरेको अध्ययनअनुसार सिरहामा २०८ जना महिला यौनकर्मी सक्रिय यौन पेसामा लागेका छन्। समाजले आज लहानमा पत्रकार सम्मेलन गरी यौनकर्मी महिलाको तथ्याङ्क सार्वजनिक गरेको हो।

थारूवान

रत्ननगर- सेना समायोजन विशेष समितिअन्तर्गत सचिवालयको टोलीद्वारा पूर्वलडाकुहरु बसेको चितवनको पदमपुरस्थित २०० बिघा क्षेत्रमा आज अनुगमन गरेको छ। पूर्वलडाकुहरु अहिले कसरी बसेका छन्, विगतमा अवकाशवापत् दिएको रकम केमा प्रयोग गरेका छन् र अब भावी योजना के छ भन्ने बारेमा उनीहरुको घरमै पुगेर जानकारी लिएको सचिवालयले जनाएको छ।

थारूवान

काठमाडौं, कात्तिक २४- राज्यले युवाहरुलाई रोजगारी दिनुपर्नेर नभए बेरोजगारी भत्ताको व्यवस्था गर्नुपर्नेमा सरोकारवालाले माग गरेका छन्। अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) र ट्रेड युनियनहरुद्वारा आज यहाँ आयोजित ‘ट्रडे युनियन, युवा र आइएलओ मापदण्ड’ विषयक गोष्ठीमा सरोकारवाला युवाहरुले सरकारले युवाहरुलाई क्षमताअनुसारको रोजगारी दिन नसकेकाले नेपालका शिक्षित युवाहरु विदेश पलायन हुन परेको...

थारूवान

काठमाडौं- नेपाल संयुक्त राष्ट्र सङ्घको आर्थिक तथा सामाजिक परिषद् (इकोसोक)को सदस्यमा निर्वाचित भएको छ। राष्ट्रसङ्घको ६७ औं महासभाले नेपालसमेत १८ देशलाई उक्त परिषद्को चयन गरेको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ। तीन वर्षका लागि परिषद् सदस्यमा निर्वाचित नेपालले आगामी पुस १७ गतेदेखि कार्यभार सम्हाल्ने छ।

थारूवान

बनेपा- काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा सुरेशराज शर्माले राजीनामा दिएका छन्। विश्वविद्यालयको ६१औँ सिनेट बैठकमा आज उनले आफू लामो समयदेखि विश्वविद्यालयमा रहेको कारण देखाउँदै राजीनामा दिएका हुन्।

थारूवान

जनकपुरधाम- धनुषा जिल्लाका अधिकांश सरकारी कार्यालयमा सूचना अधिकारी नहुँदा सेवाग्राहीले अनावश्यक समस्या व्यहोर्नु परिरहेको छ। सूचना अधिकारीविहीन रहेका कार्यालयमा अन्यौलपूर्ण स्थितिका कारण सेवाग्राहीले कर्मचारीको स्वेच्छाचारी प्रवृत्तिको सामना गर्नुपरिरहेको छ। स्थानीय सञ्चारकर्मी धु्रवकुमार झा आफूले आवश्यक परेको सूचना लिन एक महिनाअघि जिल्ला प्रशासन कार्यालयमा दर्ता गराएको निवेदनको कुनै प्रतिक्रिया नआएको बताए।

थारूवान

इटहरी- सुनसरी जिल्लाको झुम्कामा रहेको क्षेत्रीय कारागारबाट गएराति १२ जना कैदी फरार भएका छन्। फरार हुने कैदीहरुमा सात भारतीय, चार नेपाली र एक बङ्गलादेशी नागरिक रहेका छन्। उनीहरु डकैती, ज्यान मुद्दा, अपहरण, खोटा नोट चलन र नक्कली नागरिकतालगायतका आपराधिक कार्यमा संलग्न भएको अभियोगमा लामो समयदेखि कारागार जीवन बिताउँदै आएका...

थारूवान

विश्वकुमार शर्मा- नेपालीको दोस्रो ठूलो चाड तिहार (यमपञ्चक) यही कात्तिक २६ गतेदेखि सुरु हुँदैछ। कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहारको पहिलो दिन कात्तिक २६ गते बिहान १० बजेर १८ मिनेटबाट त्रयोदशी तिथि आरम्भ हुन्छ। त्यसकारण यो साँझ दैलोमा यमराजलाई स्मरण गरी आह्वान स्वरुप दीपदान गरिन्छ।

थारूवान

रसुवा- पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले नेता माधवकुमार नेपालले धुन्चे र गोसाइँकुण्ड जोड्ने केबुलकार निर्माण गराउन आफ्नो दलले प्रयास गरिरहेको बताएका छन्। रसुवा जिल्लाको वस्तुस्थिति अध्ययन गर्न रसुवा यहाँ आएका नेता नेपालले केबुलकार निर्माण गरी रसुवाको गरिमा उच्च पार्न सिङ्गो पार्टी पङ्क्तिले पहल सुरु गरिसकेको बताए।

थारूवान

काठमाडौं- वैदेशिक रोजगारीका लागि सरकारबाट स्वीकृति प्राप्त एभर ग्रीन इम्प्लाइमेन्ट सर्भिस प्रालिले नक्कली कागजात बनाई एक महिला कामदारलाई दुबई पठाउन लागेको अवस्थामा वैदेशिक रोजगार विभागको विमानस्थलस्थित लेबर डेस्कले आज पक्राउ गरेको छ। विभाग स्रोतका अनुसार ओमानका लागि तीन नेपाली पुरुष कामदारको संस्थागत अन्तिम श्रम स्वीकृति निकाली कागजात हेरफेर गरेर एक...

थारूवान
1 90 91 92 93 94 98