समाज

भोलिदेखि थप दस घन्टा लोडसेडिङ

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले भोलिदेखि लागू हुने गरी विद्युत् भार कटौती थप गरी हप्ताको १० घण्टाले बढाएको छ। यसअघि असोज २९ गतेदेखि हप्तामा ४६ घण्टा विद्युत् भार कटौती हुँदै आएकोमा भोलिदेखि हप्तामा ५६ घण्टा विद्युत् भार कटौती गरिने प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार परिवर्तित तालिकाअनुसार अब हप्तामा पाँच दिन...

थारूवान

जनकपुरधाम- यही पुस २ गते हुने सीता–राम विवाह महोत्सव (विवाह पञ्चमी) मा यसपटक भारतको अयोध्याबाट भगवान् रामको विशेष जन्ती आउने भएको छ। सीता–राम विवाह महोत्सव मूल समारोह समितिका अध्यक्ष एवम् जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवका अनुसार यसपटक अयोध्याबाट विशिष्ट साधुसन्त र महन्त भगवान् रामको जन्तीमा आउने छन्।

थारूवान

ललितपुर- राष्ट्रिय जनगणनाको अन्तिम तथ्याङ्कमा समलिङ्गी तथा तेस्रोलिङ्गीको सङ्ख्या उल्लेख नभएकोमा नीलहिरा समाजले आपत्ति जनाएको छ। समाजका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले आज विज्ञप्ति प्रकाशन गरी जनगणनामा समलिङ्गी तेस्रोलिङ्गीको सङ्ख्या उल्लेख नहुनु दुःखद भएको उल्लेख गरे। 

थारूवान

काठमाडौं- बाराको बसतपुर गाविस–८ को महमद मियाँको घरमा बस्दै आएका भारत विहारका सराजुल मेसुरी गएराति आफ्नै श्रीमती सुमुनेसा मेसुरीको हत्या गरी फरार भएका छन्। उनीहरू दुवैजना केही दिनदेखि काका नाता पर्ने महमद मियाँको घरमा बस्दै आएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ।

थारूवान

काठमाडौं- नेपालको जनसङ्ख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ पुगेको छ। केन्द्रीय तथ्यांक विभागले सोमबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०६८ अनुसार यसपटकको जनगणनामा १ दशमलव ३५ प्रतिशतले जनसङ्ख्या बढेको हो। २०५८ सालमा नेपालको जनसङ्ख्या २ करोड ३१ लाख ५१ हजार ४ सय २३ जना थियो।

थारूवान

काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले समावेशी नीति अङ्गालेको नेपालको विकासका लागि उचित र वस्तुनिष्ठ तथ्याङ्कले सहयोग पुर्‍याउने बताएका छन्। आज केन्द्रीय तथ्याङ्क विभागले आयोजना गरेको राष्ट्रिय जनगणना २०६८को नतिजा सार्वजनिक गर्दै प्रधानमन्त्रीले वस्तुनिष्ठ तथ्याङ्कले नै देश विकासका लागि सहयोग गर्ने बताएका हुन्।

थारूवान

काठमाडौं- एकीकृत मा‌ओवादीका नेता अग्निप्रसाद सापकोटा र सूर्यमान दोङलगायतको कर्तव्य ज्यान अभियोगको जाहेरी दरखास्त तामेलीमा राख्ने मन्त्रिपरिषद्को निर्णय बदर गर्न दायर रिटमा सर्वोच्च अदालतले आज अन्तरिम आदेश दिएको छ।

थारूवान

भद्रपुर- प्रत्येक वर्षझैं यस वर्ष पनि झापाको भद्रपुरस्थित मेची नदीको तटमा छठ पर्व मनाउनका लागि मैथिल समाज भद्रपुरले तयारी सुरु गरेको छ। छठ पर्व व्यवस्थित ढङ्गले सम्पन्न गर्नका लागि सो समाजले विभिन्न उपसमिति गठन गरेको छ। उक्त समाजका अध्यक्ष रमेशचन्द्र झाको अध्यक्षतामा बसेको बैठकले कन्हैया झाको संयोजकत्वमा आर्थिक सङ्कलन...

थारूवान

सिरहा- इलाका प्रहरी कार्यालय मिर्चैया अगाडि एकीकृत नेकपा (माओवादी)को भ्रातृ सङ्गठन वाइसिएल सिरहाका सहइन्चार्ज श्रवण यादवलाई लक्षित गरेर केहीबेर अगाडि गोली प्रहार भएको छ। यादवलाई लक्षित गरेर चार गोली प्रहार भएको हो।प्रहरीका अनुसार, गोली प्रहार भए पनि रामपुरविर्ता गाविस–२ घर भएका वाइसिएल सहइन्चार्ज यादव बाँच्न सफल भएका छन्। गोली...

थारूवान

नेपालगन्ज- बाँके जिल्लाका मुक्त कमहरीको आयआर्जन, साक्षरता र स्वरोजगार विकासका लागि सरकारले उनीहरूलाई विभिन्न सीप तथा व्यवसायमूलक तालिम उपलव्ध गराउँदै आएको छ। गत आवमा त्यस किसिमका तालिम उपलब्ध गराउन सरकारले जिल्ला शिक्षा कार्यालयमार्फत रु ११ लाख ९१ हजार बजेट विनियोजन गरेको थियो।

थारूवान
1 89 90 91 92 93 98