समाज

शरणार्थी शिविरमा आगलागी, ५० लाखभन्दा बढीको क्षति

भ्रद्रपुर- बेलडाँगी–२ स्थित भुटानी शरणार्थी शिविरमा आज दिउँसो भएको आगलागीमा १०० भन्दा बढी छाप्रो जल्नुका साथै लाखौँको सम्पति जलेर नष्ट भएको छ। सेक्टर–४बाट दिउँसो १ बजेर ३५ मिनेटमा सुरु भएको आगलागीमा परी १२५ वटा छाप्रो जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

थारूवान

रोल्पा- एक किशोरीले बिहे गर्न नमानेपछि केटा पक्षले क्षतिपूर्तिको माग गरेको छ। तालाबाङ– ७ भसमाखोरका १७ वर्षीया दिलमाया पुन मगरले झन्डै दोब्बर उमेर भएका गाउँकै ३० वर्षीय स्थानीयवासीसँग बिहे गर्न नमानेपछि केटा पक्षले बिहे खर्च मागेको हो। केही वर्षदेखि दाङमा सिलाइकटाइ सिकिरहेकी मगरले बिहे गर्ने इच्छा नभएको बताएको भए...

थारूवान

सिरहा- कुटपिट गरी श्रीमतीको हत्या गर्ने श्रीमानसँगै सहयोगी एक चिकित्सकलाई पनि पक्राउ गरेर वडा प्रहरी कार्यालय (वप्रका) लहानले कर्तव्य ज्यान मुद्दा चलाएको छ। श्रीमतीको हत्या गर्ने तरेगना गोविन्दपुर– ७ का सहमद मियाँ र हत्या गर्न सहयोग गरेका सोही ठाउँका चिकित्सक गणेश साहलाई सोमबार पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाइएको...

थारूवान

सन्तोष सिंह, सर्लाही- सर्लाहीको सुन्दरपुर चोहर्वाका एक स्थानीयलाई अज्ञात समूहले गोली हानी हत्या गरेको छ। सुन्दरपुर चोहर्वा-७ हिरापुर थारु टोलका २० वर्षीय दीपेन्द्र महतोलाई सोमबार अबेर राति गोली प्रहर गरी हत्या गरिएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक भुवनेश्वर साहले बताए। महतोको पछाडिबाट ढाडमा गोली प्रहर गरी हत्या गरिएको...

थारूवान

(झापा- झापामा एड्स लागेर पाँच वर्षयता मर्नेको सङ्ख्या १७ पुगेको छ। झापामा एड्सबाट सङ्क्रमित अहिले ४८ जना छन् भने एचआइभी सङ्क्रमित ३७० जना पुगेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। गत चार पाँच वर्षयता परामर्श तथा जाँचका लागि जिल्लामा आउनेको सङ्ख्या १६ हजार ६०१ पुगेको छ। त्यसमध्ये ३७० जना सङ्क्रमित पाइएका...

थारूवान

परासी- नवलपरासीका विभिन्न तीन खोलामा निर्माण हुने पुलको भौतिक योजना तथा निर्माण मन्त्री हृदयेश त्रिपाठीले शिलान्यास गरेका छन्। मन्त्री त्रिपाठीले पक्लिहवा गुठीप्रसौनी जोड्ने टुटहवा खोलामा रु दुई करोड ८२ लाखको लगानीमा ३१ मिटर लम्बाइ र ६ मिटर चौडाइ भएको पुलको शिलान्यास गरेका हुन्। 

थारूवान

कञ्चनपुर- कञ्चनपुर जिल्लाका १९ वटै गाविस कम्प्युटरकृत गरिएका छन्। सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सहयोगमा मानव विकास तथा सामाजिक सुरक्षा नमुना परियोजनाअन्तर्गत सञ्चालन भइरहेको कार्यक्रमअन्तर्गत यहाँका १९ वटै गाविसलाई कम्प्युटर प्रणालीमा लगिएको हो। 

थारूवान

कलैया- बारा जिल्ला सपही गाउँ विकास समितिमा जङ्गली हात्तीको कुल्चाइबाट दुई जनाको मृत्यु भएको छ। बारा जिल्ला सपही गाउँमा बिहीबार राति करिब ९ :३० बजे जङ्गली हात्तीको बथानले स्थानीय जनताको घर भत्काउन लाग्दा ज्यान जोगाउन घरबाट निस्केका सपही–८ बस्ने वर्ष २७ को सुदर्शन चौधरी र गाविस– ७ बस्ने ७०...

थारूवान

काठमाडौं- सररकारले नेपाल प्रहरीका पाँच प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गरेको छ। बढुवा हुनेमा दिनकर शमशेर जवरा, गङ्गाप्रसाद पाण्डे, रमेशविक्रम शाह, विनोद सिंह र पुष्करनाथ रेग्मी छन्। मन्त्रिपरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको शान्ति तथा पुनःनिर्माण मन्त्री टोपबहादुर रायमाझीले बताए। 

थारूवान

दाङ- थारु पत्रकार संघ दाङको बैठक आज उरहरी ९ सुकौराकोतको ऐतिहासिक थारु दङगीशरण दरबारको स्थलमा सम्पन्न भएको छ। थारु पत्रकार संघ दाङका अध्यक्ष सन्तोष दहितको अध्यक्षता भएको बैठकले यहि आउँदो मंसिर १६ गते शनिवारका दिन ऐतिहासिक दङगिशरण दरबारमा बृहत अन्तक्रिया कार्यक्रम गर्ने भएको छ।

थारूवान
1 88 89 90 91 92 98