समाज

हात्तीको आक्राणबाट चितवनमा एक दम्पत्ति ठहरै

रत्ननगर- दक्षिण चितवनको माडीमा जङ्गली हात्तीको आक्रमणबाट गएराति एक दम्पतीको ज्यान गएको छ। आफ्नै घरमा सुतिरहेका बेला माडीको गर्दी गाविस ९ द्रोपदी नगरका ६५ वर्षीय वुद्धिराम बोट र उनकी ५५ वर्षीया श्रीमती जरिया बोटको हात्तीको आक्रमणबाट ज्यान गएको माडी प्रहरीले जानकारी दिएको छ। 

थारूवान

भक्तपुर- भक्तपुरको दुवाकोट गाविस-१ तल्लो हाइटमा बोल्न नसक्ने एक बहिरा दम्पत्तीले आज आत्महत्या गरेका छन्। दुवाकोटकी सरिता कार्कीको घरमा भाडामा बस्दै आएका दोलखा लाँकुरीडाँडा-४ का २६ वर्षीय सुवास केसी र उनकी स्वास्नी काभ्रे देवभूमि बालुवा-२ की २६ वर्षीया रमा केसीको आज अपराह्‍न कोठामा शव भटिएको हो।

थारूवान

कञ्चनपुर- सशस्त्र प्रहरीको गस्ती टोलीले आज कञ्चनपुरको त्रिभुवनबस्तीमा रहेको आइबिआरडी बजार क्षेत्रबाट भन्सार छली ल्याइएको रु १२ लाख मूल्य बराबरका सामान बरामद गरेको छ। सुराकीका आधारमा पुगेको प्रहरी टोलीले तीनवटा ट्र्याक्टरमा ल्याउँदै गरेको २९२ बोरा सिमेन्ट, ४५० बोरा युरिया मल र हार्डवेयरको सामान हिजो बरामद गरेको हो।

थारूवान

पाँचथर- बालविवाह गरेको अभियोगमा शुक्रबार पाँचथरमा विवाहमण्डवबाटै बेहुलाबेहुली र पुरेतसहित विवाहमा सहभागी सातजनालाई प्रहरीले नियन्त्रणमा लिई धरौटीमा रिहा गरेको छ। पाँचथर लुम्फाबुङ ५ का नरेन्द्र घिमिरेकी १५ वर्षीया छोरी सुमित्रा घिमिरे र फिदिम– २ निवासी धनकुमार धमलाका १७ वर्षीय छोरा राजन धमलाको विवाहका लागि बेहुला पक्षले बेहुलीको अभिभावको सहमतिबिना...

थारूवान

जनकपुरधाम- धनुषा जिल्लाको नकटाझिंझमा गएराति भएको सवारी दुर्घटनामा चारजना सुरक्षाकर्मीको मृत्यु भएको छ। सशस्त्र प्रहरी बर्दिवासको बा.१झ ५९८७ नं को भ्यान र ना.२ख ५९४० नंको श्रीराम उच्च मावि जनकपुरको शैक्षिक भ्रमणमाको बस एक अपासमा जुद्धा सो दुर्घटना भएको हो। 

थारूवान

वीरगन्ज- गृहसचिव नवीनकुमार घिमिरेले कानुनी राज्य र विधिको शासन स्थापना गर्नका लागि मुलुकबाट दण्डहीनता र अराजकताको अन्त्य हुनुपर्ने बताएका छन्। गृह मन्त्रालयद्वारा यहाँ आयोजित “सुरक्षासम्बन्धी क्षेत्रीय सम्मेलन” को समापनका अवसरमा बोल्दै उनले भने, ‘ राजनीतिक आवरणमा गैरराजनीतिक र आपराधिक क्रियाकलापले प्रश्रय पाइरहेको हु”दा त्यसलाई नियन्त्रण गर्नु नै अहिलेको प्रमुख...

थारूवान

कालीकोट- महिला हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा कालीकोटको रुप्सास्थित एक गाउँमा छोरीलाई छोरा सरह अंश दिइएको छ। अंशबण्डा पाउनेमा रुप्सा गाविस- ३ निवासी अबिसरा सहकारी रहेकी छिन्। एकै आमाबाबुको सन्तान छोरीको पनि बाबुको सम्पत्तिमा बराबर हक लाग्ने भएकाले चार भाइ बहिनीलाई बराबर अंश दिएको बताइएको छ।

थारूवान

सप्तरी- सप्तरीको जण्डौल गाविसमा एक महिलाले झुन्डिएर आत्महत्या गरेकी छिन्। जिल्लाको खोक्सर प्रवाहा गाविस–६ निवासी सुरेश चौधरीकी २२ वर्षीया श्रीमती मनिषा चौधरीले भुन्डिएर आत्महत्या गरेकी हुन्। जण्डौल गाविस–८ घोघिदाहास्थित माइतीमा बस्दै आएकी मनिषाले माइतीमै आत्महत्या गरेको प्रहरीले जनाएको छ। उनका श्रीमान् सुरेश विगत एक वर्षदेखि वैदेशिक रोजगारका सिलसिलामा विदेशमा...

थारूवान

कञ्चनपुर- कञ्चनपुरको निङ्गलाशैनी स्रोत केन्द्रले कक्षा १० को नेपाली विषयको प्रश्नपत्रमा अखण्ड सुदूरपश्चिमको विषय समावेश गरेकोमा आदिवासी जनजाति समुदायले असन्तुष्टि जनाएको छ। गत मङ्सिर दोस्रो साता सञ्चालन गरिएको अर्ध वार्षिक परीक्षामा नेपाली विषयको प्रश्नपत्रमा अखण्ड सुदूरपश्चिसम्बन्धी निबन्ध लेख्न विद्यार्थीलाई सोधिएको थियो।

थारूवान

बर्दिवास- जनतासँगको सम्बन्ध विकासका लागि महोत्तरी जिल्लाको सीतापुरस्थित प्रहरी चौकीले ‘जनतासँग प्रहरी अभियान’ चलाएको छ। आरूपनो कार्यक्षेत्रका भङ्गाहा, हतिसर्बा, सिङ्ग्याही, हरिहरपुरहरिनमरी र धर्मपुर गाविस बस्तीमा प्रहरी चौकी सीतापुरले सञ्चालन गरेको गाउँ सरसफाइ, वृक्षरोपण र घरदैलो अभियान अहिले जिल्लाका सबै क्षेत्रका लागि उदाहरण बनेको छ। 

थारूवान
1 84 85 86 87 88 98