समाज

गंगा चाैधरी सभापति रहेको विद्यायन समितिद्वारा जन्मकैद ३० वर्ष प्रस्ताव

व्यवस्थापिका संसदको विधायन समितिले देवानी तथा फौजदारी संहिता विधेयक २०७१ माथि देशव्यापी सुझाव संकलन सुरु गरेको छ। पाँचवटा उपसमिति बनाएर देवानी तथा फौजदारी कानुनमा वृहत परिमार्जन गर्ने प्रस्तावमाथि छलफल र सुझाव संकलन सुरु गरेको समिति सचिव ध्रुवप्रसाद घिमिरेले जनाए।

थारूवान

गत फागुन ८ गतेबाट हराइरहेहकी र फागुन ११ गते भक्तपुरको नगरकोट नगरपालिका ११ मनपोखरीस्थित बाँसघारीमा लाश फेला परेकी धनकुटाकी भेनिशा लिम्बुको सामुहिक यौन सम्बन्ध राख्न नमान्दा हत्या भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। घनकुटा राजारानी–३ घर भई काठमाडौं–६ कपन बस्ने ती २० वर्षीया युवतीको हत्यामा संलग्न अभियोगमा प्रहरीले काठमाडौं–६ बौद्धका...

थारूवान

थारू विद्यार्थी समाजले त्रिचन्द्र कलेजमा इकाई समिति गठन गरेकाे छ । समाजका महासचिव चन्द्रप्रसाद चाैधरीकाे प्रमुख अातिथ्यमा भएकाे भेलाले अशोक चौधरीकाे अध्यक्षतामा ज्ञज्ञ सदस्यीय समिति गठन गरेकाे हाे।

थारूवान

थरूहट थारूवान संयुक्त संघर्ष समिति कैलालीले टीकापुर घटनाका पीडित परिवारलाई राहत वितरण गरेकाे छ। संघर्ष समितिका कार्यबाहक संयाेजक कृष्णकुमार चाैधरी र प्रवक्ता माधव चाैधरीले २२ पीडित परिवारलाई जनही ४ हजारका दरले अार्थिक राहत हस्तान्तरण गरेका थिए।

थारूवान

धनगढी उपमहानगरपालिकाको भन्सार रोडमा भारतीय टि एन ५२ ए६९७९ नंको मालवाहक ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार अत्तरिया नगरपालिका-१२ का दीपक चौधरीको मृत्यु भएको छ। कैलाली भन्सार नाकाबाट नेपालतर्फ आउँदै गरेको म१ प ९६५४ नंको स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार कैलालीका चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

थारूवान

थारु विद्यार्थीहरुलाई कृयाशिल तथा एकजुट बनाउने उद्देश्यले नारायणपुर उच्च माबिमा थारु विद्यार्थी समाज इकाई कमिटी गठन गरिएको छ। समाजले पुष्पमान चौधरीको अध्यक्षतामा १५ सदस्यीय इकाई कमि६ी गठन गरेको छ।

थारूवान

नेपाल भ्रमणमा रहेका बेलायतका राजकुमार ह्यारी बर्दिया पुगेका छन्। उनी चढेको एनए ०५७ कलसाइनको हेलिकोप्टर सोमबार बिहान ९:१९ बजे बर्दिया राष्ट्रिय निकुन्जको गैंडा मचानको हेलिप्याडमा अवतरण गरेका छन्। अवतरण गरेलगत्तै निकुन्जका संरक्षक रमेश थापाको नेतृत्वमा राजकुमार ह्यारी र्याफ्टिङ गरेका छन्। ह्यारी कर्णालीबाट छुट्टिएको गेरुवा नदीको शाखा ‘खौराहा’ मा करिब...

थारूवान

भर्खरै सरुवा भई आएका कैलालीका प्रमुख जिल्ला अधिकारी अब्दुलकलाम खाँले टीकापुर घटनाका पीडितलाई क्षतिपुर्ति दिलाउन पहल गर्ने बताएका छन् । रेडियो धनगढीके विषेश प्रस्तृतीमा शनिबारको बहसमा कुराकानी गर्दै प्रमुख जिल्ला अधिकारी खाँले घटनाका पीडितलाई क्षतीपुर्ति दिलाउन पहल गर्ने बताएका हुन् ।

थारूवान

कलैया–६ का सन्तोष साहको हत्या भएको खुलेको छ। उनले प्रेमिका निभा कुमारीसँग जबरजस्ती बिहे गर्न खोज्दा हत्या भएको प्रहरीले शनिबार पत्रकार सम्मेलन गरेर विवरण सार्बजनिक गरेको छ। मृतक साहले बिहीबार बेलुका कलैया–४ की प्रेमिका निभालाई फोन गरेको र निभाकै आग्रहमा घरमा भेट्न गएको खुलेको छ।

थारूवान

विभिन्न प्रकासनद्वारा प्रकाशित आउँदो नयाँ वर्ष २०७३ सालको भित्तेपात्रोहरुमा थारू समुदायको चाड पर्वहरुलाई गलत मितिमा प्रकाशित गरेको पाइएको छ । भर्खरै बजारमा आएको दत्तात्रेय प्रकाशनद्वारा प्रकाशित जयश्रीराम र दुर्गा साहित्य भण्डार वाराणसीद्वारा प्रकाशित दुर्गा सजिलो पात्रोमा फरक मितिमा प्रकाशित भएको पाइएको हो ।

थारूवान
1 6 7 8 9 10 98