विश्व

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

एजेन्सी- जापानको उत्तरपूर्वी भेगमा ७.३ म्यागनिच्यूडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण सुनामी आउने चेतावनी दिइएको एजेन्सीहरुले बताएको छ। राजधानी टोकियोबाट ४ सय ९२ किलोमिटर उत्तरपूर्वमा रहेको कामिआशीमा केन्द्र बिन्दु बनाइ भूकम्प गएको अमेरिकी भूगर्भ मापन विभागले जनाएको छ। 

थारूवान

लन्डन,  एएफपी– बेलायतका राजकुमार प्रिन्स विलियमकी पत्नी राजकुमारी क्याथरिन गर्भवती भएकी छिन्। बेलायतको औपचारिक राजप्रासाद सेन्ट जेम्स प्यालेसले सोमबार राजपरिवारको उत्तराधिकारीका पाउने समाचार दिएको हो। बेलायतकी महारानी एलिजाबेथ दोस्रोपछि प्रिन्स चार्ल्सका जेठा छोरा राजकुमार विलियम र ह्यारीपछि राजगद्दीको उत्तराधिकार चौथो पुस्तामा जानेछ।

थारूवान

एएफपी– छ महिना मुनिका शिशुलाई एन्टिबायोटिक औषधी सेवन गराउँदा पछि ती शिशु धेरै मोटा हुनसक्ने एक अध्ययनले देखाएको छ। अमेरिकाको न्युयोर्क विश्वविद्यालयको स्कुल अफ मेडिसिनका लियोनार्डो ट्रासन्डका अनुसार अत्यधिक मोटाउनुको कारण अस्वस्थ खानेकुरा र शारीरिक व्यायाम नगर्नुलाई मान्ने गरिन्छ। उनको भनाइमा अहिले भइरहेका अनुसन्धानले भने अत्यधिक मोटाउनुका कारण निकै...

थारूवान

एजेन्सी- उत्तरी म्यानमारमा गएको भूकम्पमा परी १२ जनाको निधन भएको छ। स्थानीय मिडियाले भूकम्पका कारण पुलहरु भत्केको तथा पुराना घरहरु ध्वस्त भएको जनाएका छन्। भूकम्पको केन्द्र नजिक रहेको दोस्रो ठूलो सहर मण्डल्यमा भने ठूलो क्षति भएको छैन। सीवीएसन्युजका अनुसार भूकम्पमा परी १२ जनाको मृत्यु भएको छ।

थारूवान

वासिङ्टन (एजेन्सी)- हिजो भएको चुनावबाट बाराक ओबामा दोस्रो कार्यकालका लागि राष्ट्रपति हुने निश्चित भएको छ। नेटवर्क प्रोजेक्सनले गरेको प्रक्षेपणअनुसार रिपब्लिकन उम्मेदवार मिट रोम्नीलाई पन्छाउँदै बाराक ओबामा दोस्रो कार्यकालका लागि चयन हुने निश्चित भएको हो। फ्लोरिडा, ओहायो र भर्जिनियाको मत घोषणा हुन बाँकी रहँदै ओबामा जित्ने निश्चित भएको हो।

थारूवान

एजेन्सी- चार वर्षअघिको निर्वाचनमा ओबामालाई समर्थन गरेका कतिपय मुलुक अहिले पछि सरेका छन्। यसको अर्थ विश्वका विभिन्न देशले आफ्नो हितअनुसार राष्ट्रपतिका उम्मेदवार ओबामा र रोम्नीमध्ये एकलाई समर्थन गरेका छन्। विश्वमा कुन मुलुक अमेरिकी राष्ट्रपतिको कुर्सिमा कसलाई बसेको हेर्न चाहन्छन् त?

थारूवान

वासिङटन, एजेन्सी– अहिले विश्वको ध्यान अमेरिकामा २१ गते मंगलबार हुने राष्ट्रपतिको निर्वाचनमा तानिएको छ। यसपालीको राष्ट्रपति चुनावमा राष्ट्रपति बाराक ओबामा दोस्रो कार्यकालका लागि डेमोक्रेटिक पार्टीका उम्मेदवार छन् भने रिपब्लिकन पार्टीका तर्फबाट मिट रोम्नी राष्ट्रपतिका उम्मेदवार छन्। प्रस्तुत छ, अमेरिकाको राष्ट्रपति निर्वाचनबारे केही अनौठा र रोचक तथ्य।

थारूवान

न्युयोर्क, रोयटर्स– न्युयोर्क र न्युजर्सीलगायत अमेरिकाको उत्तरपूर्वी क्षेत्रका करोडौं बासिन्दा मंगलबार सवेरै बिउँझिँदा जलमग्न घर, लडिरहेका रुख र विद्युत आपूर्ति ठप्प भएको थियो। क्यारेबियन क्षेत्रबाट अमेरिका पसेको समुद्रीआँधी स्यान्डीले सोमबार न्युयोर्कका भूमिगत र सुरुङ मार्गसमेत जलमग्न बनाएको छ। स्यान्डीको प्रकोपमा ४० जनाको ज्यान गइसकेको छ।

थारूवान

नयाँ दिल्ली, रोयटर्स– भ्रष्टाचारको दलदलमा भासिएको सरकारको छवि सुधार्ने प्रयासस्वरुप भारतीय प्रधानमन्त्री मनमोहन सिंहले आइतबार मन्त्रिमण्डलमा हेरफेर गरेका छन्। हेरफेरमा प्रधानमन्त्रि सिंहले सात जनालाई क्याबिनेट मन्त्री बनाएका छन् भने भ्रष्टाचार विवादमा मुछिएका कानुन मन्त्री सलमान खुर्सिदलाई विदेश मन्त्रालयको जिम्मा दिएका छन्।

थारूवान

लन्डन, एजेन्सी– महिलाको चरमोत्कर्षबारे वषौंदेखि अनगिन्ति अनुमान मात्र गरिएका छैनन्, धेरै अध्ययन समेत गरिएका छन्। कोही महिलाको चरमोत्कर्षका लागि जि–स्पट महत्वपूर्ण रहेको र त्यसलाई उत्तेजित पार्नुपर्ने बताउँछन् भने कोही महिलामा जि–स्पटजस्तो कुनै स्पट नहुने धारणा राख्छन्। 

थारूवान