राजनीति

संविधान संसोधन विधेयक अमान्य भन्दै थरुहट-थारुवानको विरोध

थरुहट-थारुवान संयुकक्त संघर्ष समितिले संसोधन विधेयक प्रस्तावको विरोध गरेको छ। आन्दोलनरत असन्तुष्ट पक्षको माग यसले पूरा नगर्ने भन्दै समतिले सो विधेयकको विरोध जनाएको हो। ‘मंसीर १४ गते मंगलवार राति नेपाल सरकारद्धारा संसद सचिवालयमा दर्ता गरिएको संविधान संशोधन बिधेयक सकारात्मक भएतापनि लोकतन्त्र, थरुहट(थारुवानको शान्तिपूर्ण आन्दोलनको मर्म र भावना विपरती छ।...

थारूवान

मधेसी मोर्चालाई सहमतिमा ल्याउन सरकारले ल्याएकमो संविधान संशोधन प्रस्तावले अर्को आन्दोलनरत समूह ‘थरुहट’ लाई भने थप असन्तुष्ट बनाएको छ। संविधान संशोधनमार्फत माग पूरा हुने आशामा मौन बनेको ‘थरुहट’ पछिल्लो संशोधन प्रस्तावले फेरि आन्दोलनमा लाग्ने रणनीतिमा छ।

थारूवान

कृष्णराज सर्वहारी/काठमाडौं प्रदेश संरचनाको सवालमा असन्टुष्ट रहेका थारुहरुलाई थुम्थुम्याउन संविधानमा थारु आयोगको व्यवस्था गरिएको छ। तर थारु आयोग नाम मात्रको भएकाले आँखामा छारो हाल्न मात्र ल्याइएकोले थारु नेता तथा अधिकारकर्मीहरुले आयोगको संरचनाको बिरोधमा आवाज उठाएका छन्।

थारूवान

मधेसी जनाधिकार फोरम(लोकतान्त्रिक) का केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री दान बहादुर चौधरीले पार्टीबाट राजिनामा दिएका छन्। आईतबार गृह जिल्ला कपिलवस्तुमा पत्रकार सम्मेलन गर्दै उनले पद तथा पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजिनामा दिएको घोषणा गरे।

थारूवान

थारु बाहुल्यता भएको क्षेत्रलाई प्रदेश नम्बर ४ मा राखिएको भन्दै नवलपरासीको डण्डामा थारु कल्याणकारिणी सभाले शनिबार बिरोध प्रदर्शन गरेको छ । नवलपरासी जिल्लाको परासी क्षेत्र र नवलपुर क्षेत्रलाई प्रदेश नम्बर ४ र ५ मा विभाजन गरिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

थारूवान

राजकुमार लेखी नेतृत्वको नागरिक समाजवादी पार्टी (नासपा)ले सरकारले दर्ता गराएको संविधान संसोधन प्रस्तावको बिरोध गरेको छ । आज (शनिबार) मोरङको मोरङको बिराटनगरमा पत्रकार सम्मेलन गरि संविधान संशोधनको विरोध जनाएको हो ।

थारूवान

मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले संविधान संशोधन विधेयकलाई परिमार्जन गरेर सबैको चित बुझ्ने गरी निकास निकाल्नुपर्नेमा बताएका छन्। विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले प्रमुख दललाई सहमतिमा ल्याएर यसलाई पारित गर्नुपर्ने विषय महत्वपूर्ण भएको बताए।

थारूवान

प्रादेशिक सीमाङ्कन र नयाँ संविधानप्रति असन्तुष्ट थरुहट/थारुवान संयुक्त संघर्ष समिति कैलालीले संविधान संशोधन विधेयकप्रति विरोध जनाउँदै आन्दोलनको घोषणा गरेको छ। संविधान संशोधन विधेयक भ्रम छर्नका लागि मात्रै आएको भन्दै थरुहटले शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेको हो।

थारूवान

थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीले मंसिर २४ गते कैलाली कञ्चनपुर बन्द गर्ने निर्णय गरेको छ। सरकारले संसोधन प्रस्तावमा कैलाली, कञ्चनपुरबारे केही उल्लेख नगरेको भन्दै बन्द गर्ने निर्णय भएको समितिका प्रवक्ता माधव थारुले जानकारी दिए। उनका अनुसार समितिले आज ३ बजे पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दैछ।

थारूवान

मधेसी र थारु समुदायको आन्दोलनमा भएका हिंसात्मक घटना छानबिन गर्न गठित उच्चस्तरीय आयोगले बिजुलीबजारमा कार्यालय स्थापना गरी काम सुरु गरेको छ। आयोगले पीडितहरुलाई उजुरी दिन आह्वान पनि गरेको छ। 

थारूवान
1 91 92 93 94 95 203